सुनकोशी बस दुर्घटना . मृतक सबैको सनाखत

0
399
d]nDrL, !& sflQs -/f;;_Mb'3{6gfu|:t a; / ofq'sf] 8'ªufaf6 p4f/ ul/Fb}bf]nvfsf] dfu]b]p/fnLaf6 cfOtaf/ sf7df8f}Ftkm{ cfpFb} ubf{ ;'s'6]l:yt ;'gsf]zLdf v;]/ b'3{6gfu|:t ePsf] a; / ofq'sf] 8'ªufaf6 p4f/ ul/Fb} . tl:a/M b]j/fh ;'j]bL

कात्तिक १८, २०७६ सिन्धुपाल्चोक . चौतारा साँगचोकगढी नगरपालिका ९ सुनकोशीमा बस दुर्घटना हुदा मृत्यु भएका सबैको सनाखत भएको छ। दुर्घटनामा परि १७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत छन्। यस्तै, शैलुङ गाउपालिका ३ की वर्षीया ३२ की निर्मला खड्का, ६ की ७० वर्षीया उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। दोलखा शैलुङ्गेश्वरी ५ कि ३८ बर्षिय सानू राउत आले, ३ का बर्षिय निकेश खड्का र चितवन पटीहानीकी ५६ बर्षी पुजा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको उपचार जारी रहेको उनले बताए। केही बिरामी अस्पतालबाट डिस्चार्ज भैसकेको समेत जनाए। खोलाले शव बगाएको अनुमानले अझै खोजिकार्य जारी राखेको उनको भनाइ छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ खा ७२४५ को बस आइतबार सुनकोशी नदिमा खसेको थियो। अत्याधिक भार र तिव्र गतिको कारणले दुर्घटना भएको प्रहरीले अनुमान छ।

SHARE