मापदण्ड अनुसार घर बनाउँ नभए रकम फिर्ता गर भन्दै प्राधिकरण धुर्कोटमा

0
1001

तिलाचन पाण्डे
कात्तिक १५ ,२०७६ गुल्मी . राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीले पुननिर्माण अन्र्तगतको निजि आवास निर्माण लाभग्राही सूचिमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीहरुलाई मापदण्ड अनुसार घर बनाउँ नभए रकम फिर्ता गर भन्दै पुन निर्माण प्राधिकरण शुक्रबार गुल्मी को धुर्कोट गाउँपालिकामा पुगेको छ । धुर्कोटमा पहिचान भएका लाभग्राहीको संख्या ४७५ , सम्झौता गरेका ४५१ , पहिलो किस्ता लिएका ४३० , दोस्रो किस्ता लिएका ३२३ र घर निर्माण गरेको संख्या अर्थात अन्तिम किस्ता लिने भने जम्मा १४९ रहेको छ ।
जिल्लाका स्थानीय तहमध्ये सबै भन्दा कम प्रगती भएको धुर्कोट गाउँपालिकामा शुक्रबार प्राधिकरणले जनप्रतिनिधिहरु संग अन्र्तक्रिया गरी प्रत्येक लाभग्राहीहरुको घरमा गई घर बनाउने या रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिनका लागि समय तालिका नै सार्बजानिक गरेका छन् ।


जस अनुसार जनप्रतिनिधि , कर्मचारी , स्थानीय तहमा खटिएका प्राबिधिकहरु १९ र २० गते धुर्कोट गाउँपालिकाको वडा नं २ पिपलधारा , २१ गते वडा नं १ नयाँगाउँ , २३ गते वडा नं ३ हाडहाडे , वडा नं ४ जैसीथोक र वडा नं ५ बस्तुमा २४ गते वडा नं ६ रजस्थल र ७ नं वाग्लामा २५ गते जाने निर्णय गरेका छन् । उनीहरुले सोही समय तालिकामा लाभग्राहीहरुको घरमा गई घर बनाउने या रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिने प्रतिबद्धता जनाएका छन् ।
२०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण पुर्ण रुपमा घरमा क्षती भएका लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम ५० हजार रुपैयाँ लिएका तर घर निर्माणको कार्यपनि सुचारु नगरेका लाभग्राहीहरुलाई घर निर्माण गर्न आग्रह गर्दै र यदि घर निर्माण नगरे अबिलम्ब पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न गाउँगाउँमा पुगेर आग्रह गरेको छ ।


जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीका अनुसार लाभग्राहीहरुले सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीहरुले अबिलम्ब गर्ने र यदि निर्माण नगरेमा रकम फिर्ता गर्न यसरी स्थानीय तहका वडा वडामा अभियानकै रुपमा गएको दाबी गरे ।
गुल्मी जिल्लाका कूल लाभग्राहीको सूचिमा रहेका चार हजार १४४ लाभ्रग्राहीहरु मध्ये तीन हजार ९६१ लाभग्राहीहरुले सम्झौता गरेको , पहिलो किस्ता लिनेको संख्या तीन हजार ८४३ रहेको पन्थीले बताउनुभयो । यस्तै दोस्रो किस्ता लिनेको संख्या दूई हजार ७८३ जना रहेको र अन्तिम किस्ता लिने वा घर निर्माण सम्पन्न गरेकाको संख्या भने एक हजार ९०८ जना रहेको कार्यलयले जनाएको छ ।
जिल्लाको गोष्ठीमा जाँदा गाउँपालिकाको प्रगति कम हुँदा एक्लै निन्याउरो हुनुपर्दथ्यो ः अध्यक्ष पोखरेल


धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जिल्लामा पुन ः निर्माणको गोष्ठीमा जाँदा गाउँपालिकाको प्रगति कम हुँदा निन्याउरो हुनुपर्दथ्यो तर अहिले यसरी पालिकामा आएर वडा वडाको प्रगती सार्वजनिक हुँदा वडा अध्यक्षहरु र सदस्यहरुलाई पनि त्यस्तो लागेको बताए । त्यसैले तोकिएको समयमा मापदण्ड अनुसार घर निर्माण गर्न र घर निर्माण नगर्ने हरुको रेकर्ड राखी रकम फिर्ता गर्नेमा जान सबै जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । यस्तै गाउँपालिकाका उपाध्यक्ष शिब बहादुर खत्रीले तोकीएको समयमै र सार्बजनिक गरिएको समय तालिका भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यस्तै अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयका इन्जिनियर पारस पन्थीले गाउँपालिकाको हाल सम्मको प्रगति र अन्य गाउँपालिकाको प्रगतिको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

SHARE