कात्तिक २५, २०७६ रुकुम . जिल्लाको रुकुम पश्चिमका एक कर्मचारी सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का रहेका छन्। आयोगलेका प्रवक्ता प्रदिपकुमार कोइरालाले निकालेको प्रेस विज्ञप्ति अनुसार अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक(पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए। घुस रकम बार्गेनिंग गरी अन्तिममा १५ हजार नदिइकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुस्ख दिइरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार सेवाग्राहीबाट १५ हजार घुस वापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ।थाहाबाट
उम्मेदवारलाई चुनाव चिह्न प्रदान
कात्तिक २५, २०७६ काठमाडाैं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ ( क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ ९ख० मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ। कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ। यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ ( क) को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ। यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानुनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए। उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन्।
थाहाबाट
बिना भेदभाब जनताको सुरक्षामा लाग्न प्रदेश प्रहरी प्रमुखको निर्देशन
तिलाचन पाण्डे
कात्तिक २५ , २०७६ गुल्मी ः प्रदेश नं ५का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहाले कसैलाई पनि भेदभाब नगरी कानुनको पालना गरी जनताको जिउधनको सुरक्षामा लाग्न जिल्ला प्रहरी कार्यलय गुल्मीलाई निर्देशन दिएका छन् ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं ७ चारपालामा नबनिर्मित प्रहरी चौकीको उदघाटन गर्दै शाहाले जनताको जिउ धनको सुरक्षा गर्ने नेपाल प्रहरीको दायित्व भएको भन्दै बिना भेदभाब जनताको जिउ धनको सुरक्षा मा लाग्न जिल्ला प्रहरी कार्यलय गुल्मी लाई निर्देशन दिउका हुन् । जनतासंग नेपाल प्रहरीको नजिकको सम्बन्ध रहेकाले जनताको सुरक्षाको लागि बिना भेदभाब कानुनलाई पालना गरि अगाडी बढन निर्देशन दिएका हुन् ।
अर्को एक फरक प्रसंगमा शाहाले अन्र्तराष्ट्रिय स्तरमा एक जना प्रहरीले दुई सय जनाको सुरक्षा दिनुपर्ने प्राबधान रहेको र नेपालमा हाल एक जनाले सात सय जनाको सुरक्षा दिनुपर्ने ब्यबस्था रहेको बताउनुभयो । हाल पछिल्लो समयमा देश संघियतामा गएपश्चात नेपाल प्रहरीको पनि प्रदेश स्तरिय सांगठनीक ब्यबस्था छिट्टै गठन हुने जानकारी दिए । नेपाल प्रहरीको दरबन्दी अनुसार प्रहरी नरहेको भन्दै अबको केही समयमै त्यसको पनि पदपुर्ति हुने बताए ।
पछिल्लो अबस्थामा नेपाल प्रहरीको सुबिधा सम्पन्न भबनहरु बन्दै गएको भन्दै पहिले भन्दा अहिले सेवा प्रवाहमा पनि फरक हुने बताए । पहिले नेपाल प्रहरी बस्ने स्थान स सना टहराहरु हुने र प्रहरी बस्ने ठाँउनै सुरक्षित नभएको समयमा पानी चुहिने र सित पर्ने अबस्थाबाट पनि जनताको जिउ धनको सुरक्षा दिएको स्मरण गर्दै शाहाले अहिले सुबिधा सम्पन्न भबन बनेको अबस्थामा सेवा प्रवाह अझै प्रभाबकारी बन्ने दाबी गरे । चारपाला प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक सहित १० जनाको दरबन्दीमा ६ जना मात्र कार्यरत रहेको सन्र्दभमा दरबन्दी अनुसारको कर्मचारी परिपुर्ति गर्नका लागि प्रक्रिया अगाडी बढेको शाहाले बताए । यस्तै गाउँपालिकाका प्रमुख अशोक थापाले प्रहरी चौकी निर्माणमा सहयोग गर्ने सबैलाइृ धन्यबाद दिदै सेवालाई प्रभाबकारी बनाउन आग्रह गरे ।
तिन तले भबन रेसुंगा दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्सले १ करोण २१ लाख ६४ हजार ४७९ रुपैया ८३ पैसामा २०७५ साल जेठ ६ गते सम्झौता गरी सम्पन्न गरेको हो ।
कालिकापथ सडक बिस्तार गर्न सूरु
रिया बस्नेत
बुटवल कात्तिक २४ गते । सडक बिस्तारमा देखाएको उदाशिनताको आरोपलार्ई चिर्दै बुटवल उपमहानगरपालिकाले कालिकापथ सडक बिस्तार गर्न सूरु गरेको छ । उत्तर दक्षिण भएर जाने सिद्धार्थ राजमार्ग बिस्तारमा उदाशिनता देखाएको बुटवल उपमहानगरपालिकाले यसरी सडक भित्रि सडक ८२ फुट कायम गर्ला भन्ने धेरैलाई बिश्वास नै थिएन । तर बुटवलले सबैलाई चकित पारेर सडक बिस्तार अभियान नै सूरु गरेको छ जसले साघुरो र अव्यवस्थीत सडकको परिचय बनाएको कालिकापथको मुहारमा चमक देखिने छ । बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाउन नसक्दा उक्त आयोजना अहिलेपनि अलपत्र छ । तर बुटवलले हिम्मत गरेर आफ्नो भित्री वाईपास सडकलाई ८२ फुट चौडा बनाउने काममा लागेको छ । सडक बिस्तारको अगुवाई नेपाल कम्युनिष्ट पार्टि नेकपाका नगर अध्यक्ष बावुराम पन्थीले गरेका छन भने उनलाई नेपाली कांग्रेस सहित अन्य सर्वसाधारणले समेत साथ दिएका छन । तरपनि सडक किनारका केही घरधनीहरु सडक विस्तारको कामलाई पनि रोक्न भन्दै अदालतसम्मै पुगेका छन् ।सडक बिस्तारको क्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का सदस्य रहेका शिव अधिकारी समेतको घर भत्काउनु पर्ने अवस्था रहेको छ पन्थीले भने । पन्थी संगको कुराकानीकै क्रममा आई पुगेका वडा सदस्य अधिकारीले आफु केही दिनलाई बाहिर जान लागेकोले नआउन्जेल नभत्काई दिन आग्रह मात्र गरेनन फर्के पछि घरले मिचेको सडक खाली गरीदिने प्रतिवद्धता ब्यक्त गरे । बुटवल उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारको सहकार्यमा गत आर्थिक वर्षमा तीन करोड र चालु आर्थिक वर्षमा तीन करोड ५० लाख गरी ६ करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको जनाएको छ । सडक क्षेत्राधिकार कायम गर्दै नाली निर्माण र फुटपाथ बनाउने काम तीव्र भईरहेको छ । पहिलो चरणमा नाली र फुटपाथ निर्माण सक्ने र लगत्तै पिचको काम सुरु हुने बताईएको छ । बुटवलले यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै बनाएर नमुना सडक बनाउन थालेको हो ।

डीपीआरमा झण्डै एक अर्ब लागत र तीन वर्षको अनुमान गरिएपनि लागत र समय दुबै घट्न सक्ने बताइएको छ । गत आर्थिकवर्षको सुरुमै सडकको क्षेत्राधिकार छुट्टाएर काम सुरु गर्ने भनिएपनि केहीसमय रोकिएको थियो । तर, अहिले भने विस्तारको कामलाई तीव्रता दिइएको छ । कृषि उपज केन्द्र परिसरदेखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना मार्ग बनाउने उपमहानगरपालिकाको दावी छ । सडक छेवैमा प्रदेश सभा सचिवालय रहेका कारण पनि यो सडक बिस्तार गर्न बुटवल उपमहानगरपालिकालाई दवाव श्रृजना भएको हो । यस अघि ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी तत्कालीन बुटवल नगरपालिकाले तयारी गरेपनी केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सूरु हुन सकेन । उपमहानगरका प्रमुख शिवराज सुवेदीले नगरवासीहरुकै सहकार्यमा योजनाहरुको सफल कार्यान्वयन गरिने बताउँदै दीर्घकालीन योजना अनुरुप पूर्वाधार विकासका कामहरु भइरहेको बताए । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले वाइपास सडकहरुलाई बुटवलको चक्रपथसंग जोड्नेगरी काम भइरहेको छ । बुटवलले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटरको चक्रपथ निर्माण गरिरहेको उनले बताए ।
डा। केसीको स्वास्थ्य जटिल बन्दै,
कात्तिक २४, २०७६ डडेल्धुरा . चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा।डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ। अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा। केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए। डा। केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर, स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ। अस्पतालमा समेत अनशनलाई जारी राखेका केसीलाई डडेल्धुरा अस्पतालबाट रेफर गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन्। ‘डडेल्धुरा अस्पतालमा अब डा। केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष ९आईसीयु० र एबिजी छैन, यो सञ्चालन गर्ने डाक्टरहरु पनि छैनन्,’ डा। कँडेलले भने, ‘डडेल्धुरा अस्पतालमा ओपिडी, एक्सरे, भिडियो एक्सरे, समान्य अपरेसनलगायतका सेवा मात्र उपलब्ध छन्।’ डा। केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। उनको रक्तचाप घटबढ भइरहेको अस्पतालका डा। कँडेलले बताए। आकस्मिक कक्षमा रहेका केसीलाई अन्यत्र रेफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा। कँडेलले बताए। ‘अब उहाँको यो अस्पतालमा उपचार सम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो। त्यसबारे उहाँका भाइ किशोरसँग छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अबको केही दिनमै उनलाई अन्यत्र सार्नपर्छ होला।’ उनको स्वास्थ्य अवस्थाबारे डडेल्धुरा अस्पतालसँग स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको तर आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई अस्पतालमा भर्ना गरिएकोबारे जानकारी गराएको डा। कँडेलको बताए। यसअघि इलाममा १६औँ अनशन बस्दा डा। केसीले इलाम छोड्न मानेका थिएनन्। डडेल्धुरा छोड्न पनि उनले सजिलै नमान्ने आँकलन गरिएको छ। डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका डा। केसी सदरमुकामस्थित अस्पतालनजिकैको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका थिए। केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। केसीको समर्थनमा सरकारी सवारी साधनमा रोक प्रा।डा।गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकलमा रोक लगाइएको हो। साथै, डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म पसल बन्द गरिने नागरिक आन्दोलन संघर्ष समिति, डडेल्धुराले जनाएको छ। आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको छ। डडेल्धुरामा पछिल्लो समय अनसनरत डा। केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै विभिन्न कार्यक्रमहरू भइरहेका छन्। डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले डा। केसीलाई भेट्दै ऐक्यवद्धता जनाइरहेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासँगै काठमाडौंबाट पनि डडेल्धुरा पुगेर डा। केसीले राखेका मागमा ऐक्यवद्धता जनाइरहेका छन्। डा। केसीको अनशनको आइतबार सातौं दिन हो। सात बुँदे मागअघि सार्दै अस्पतालमै उनले आफ्नो अनशनलाई जारी राखेका छन्। थाहाबाट
गणेशमान सिंहको १०५ औं जन्मजयन्ती
कात्तिक २४, २०७६ काठमाडौं . नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ। दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ। साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम छ। राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन्। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए। थाहाबाट
तम्घासमा हाटबजार संचालन
तिलाचन पाण्डे
कात्तिक २३, २०७६ गुल्मी ः कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको छ । बिगत ५ बर्षदेखि निर्माण कार्य थालिएको कृषि तथा पशुउपज संकलन केन्द्र तथा शित भण्डारण हाटबजार शनिबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उदघाटन गरे ।
उद्घाटन गर्दै पराजुललीले अब कृषकले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने बताए । पहिले कृषकहरुले उत्पादन गरे पनि बजार सम्म लैजादा बास्तबिक मुल्य नपाउने र बिचौलीया हाबी हुने गरेको भन्दै अब किसानले बास्तबिक मुल्य पाउने दाबी गरे ।
कुल एक करोण ३३ लाख ५० हजारको लागतको निर्माण भएको हाटबजार दैनिक रुपमा संचालनमा आउने रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । केही समयसम्मका लागि रेसुंगा नगरपालिकाले समिति निर्माण गरेर हाटबजार संचालनमा ल्याएको र पछि बिस्तारै कृषक बर्ग वा ब्याक्तिलाई हस्तान्तरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

दैनिक रुपमा ताजा तरकारी हाटबजारबाटै पाइने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् भने उनीहरुले निरन्तर रुपमा संचालन गर्न आग्रह गरेका छन् । कार्यक्रममा नगरपालिका भित्रका कृषकहरु र निर्माण कार्यमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्म्मान गरिएको थियो ।
एकादशीका दिन रेसुंगा पोखरीमा स्नान गर्न जानेको भिड
तिलाचन पाण्डे
कात्तिक २२ ,२०७६ गुल्मी ः आज हरिबोधनी एकादशी धार्मिक एबंम पर्यटकीय स्थल रेसुंगा पोखरीमा स्नान गर्न जानेको भिड लागेको छ । हरिबोधनी एकादशीमा रेसुंगा पोखरीमा गएर स्नान गर्नाले अनजानमा गरिएका पापहरु नष्ट हुने र मनले चिताएका इच्छाहरु पुरा हुने धार्मिक बिश्वास रहदै आएको छ । यस संगै रेसुंगाको शिरमा रहेको मन्दिरमा पनि पुजा आजा गर्न जानेको भिड लागेको छ । धार्मिक एंव पर्यटकीय स्थल रेसुंगामा हरिबोधनी एकादशीको दिनमा भैलो प्रतियोगिता पनि आयोजना गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेशचन्द्र भुसालले जानकारी दिए । पर्यटकीय स्थल रेसुंगालाई प्रचार प्रसार गरि पर्यटकीय रुपमा बिकास गर्न भन्दै रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजानिक बिदा समेत दिएका छन् ।


यस्तै गुल्मी , स्यांङजा र पर्बतको संगम स्थल सेतिबेनी र पाल्पा र गुल्मीको संगम स्थल रुरुक्षेत्र धाममा पनि कालगिण्डकी नदी स्नान गर्नेहरुको भिड लागेको छ ।

सत्यवतीका पहिरो पीडितलाई क्यानडाबाट सहयोग
तिलाचन पाण्डे
कात्तिक २२ , २०७६ गुल्मी ः गत साउन ७ गते सत्यवतीको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितका लागि वामी बिश्व सम्पर्क मञ्च क्यानडाले शाखाले आर्थिक सहयोग गरेको छ । क्यानडा शाखाको पहलमा १ लाख ६२ हजार ९५१ रुपैयाँ गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकाल मार्फत सहयोग गरेको अन्र्तराष्ट्रिय समन्वय समितिका माहासचिब एबम क्यानडा शाखाका सल्लाहाकार रोमकान्त सापकोटाले जानकारी दिए ।
सत्यवतीमा गएको पहिरोका कारण क्यानडामा रहेका नेपालीहरुको मनमा समेत दुःख लागेका कारण बिपदमा आफूहरु पनि साथमा रहेको शाखाका सचिब लक्ष्मण काफलेले जानकारी दिए । संस्थाले बिगत ६ बर्ष देखि बिभिन्न शिक्षा , स्वास्थ्य , पर्यटन , सांस्कृतिक क्षेत्र लगायत बिपदमा समेत सहयोग गर्दै आएको संस्थाले जनाएको छ । पहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए ।
भारतिय हस्तक्षेपको अनेरास्ववियूद्वारा विरोध
गुल्मी, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी निकट विध्यार्थिहरूको संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीले प्रेस विज्ञप्ति जारी गरेको छ ।भारतले जारी गरेको नयाँ नक्सामा नेपालका विभिन्न भु(भागहरू मिचिएको भन्दै त्यसको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको हो । संगठनका संयोजकद्दय भरत चन्द र राजेन्द्र विक्रम कुवँरद्दारा हस्ताक्षरित विज्ञप्तिमा एकपक्षिय ढङ्गले भारतले जारी गरेको नक्सा सच्याउन माग गरेको छ ।भारतले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता तथा अखण्डतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध गरेको छ । नेपाल आफ्नो भुमिको रक्षा तथा राज्य संचालनमा सक्षम रहेको भन्दै अनेरास्ववियूले भारतले गरेको यो अन्याय सह्यय नहुने बताएको छ । त्यसका लागि सबै नागरिक आ(आफ्नो ठाँउबाट जागरुक हुन पनि अनेरास्ववियूले आग्रह गरेको छ।


















