एकादशीका दिन रेसुंगा पोखरीमा स्नान गर्न जानेको भिड

0
1218

तिलाचन पाण्डे
कात्तिक २२ ,२०७६ गुल्मी ः आज हरिबोधनी एकादशी धार्मिक एबंम पर्यटकीय स्थल रेसुंगा पोखरीमा स्नान गर्न जानेको भिड लागेको छ । हरिबोधनी एकादशीमा रेसुंगा पोखरीमा गएर स्नान गर्नाले अनजानमा गरिएका पापहरु नष्ट हुने र मनले चिताएका इच्छाहरु पुरा हुने धार्मिक बिश्वास रहदै आएको छ । यस संगै रेसुंगाको शिरमा रहेको मन्दिरमा पनि पुजा आजा गर्न जानेको भिड लागेको छ । धार्मिक एंव पर्यटकीय स्थल रेसुंगामा हरिबोधनी एकादशीको दिनमा भैलो प्रतियोगिता पनि आयोजना गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेशचन्द्र भुसालले जानकारी दिए । पर्यटकीय स्थल रेसुंगालाई प्रचार प्रसार गरि पर्यटकीय रुपमा बिकास गर्न भन्दै रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजानिक बिदा समेत दिएका छन् ।

यस्तै गुल्मी , स्यांङजा र पर्बतको संगम स्थल सेतिबेनी र पाल्पा र गुल्मीको संगम स्थल रुरुक्षेत्र धाममा पनि कालगिण्डकी नदी स्नान गर्नेहरुको भिड लागेको छ ।

SHARE