तम्घासमा हाटबजार संचालन

0
462

तिलाचन पाण्डे
कात्तिक २३, २०७६ गुल्मी ः कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको छ । बिगत ५ बर्षदेखि निर्माण कार्य थालिएको कृषि तथा पशुउपज संकलन केन्द्र तथा शित भण्डारण हाटबजार शनिबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उदघाटन गरे ।
उद्घाटन गर्दै पराजुललीले अब कृषकले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने बताए । पहिले कृषकहरुले उत्पादन गरे पनि बजार सम्म लैजादा बास्तबिक मुल्य नपाउने र बिचौलीया हाबी हुने गरेको भन्दै अब किसानले बास्तबिक मुल्य पाउने दाबी गरे ।
कुल एक करोण ३३ लाख ५० हजारको लागतको निर्माण भएको हाटबजार दैनिक रुपमा संचालनमा आउने रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । केही समयसम्मका लागि रेसुंगा नगरपालिकाले समिति निर्माण गरेर हाटबजार संचालनमा ल्याएको र पछि बिस्तारै कृषक बर्ग वा ब्याक्तिलाई हस्तान्तरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।


दैनिक रुपमा ताजा तरकारी हाटबजारबाटै पाइने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् भने उनीहरुले निरन्तर रुपमा संचालन गर्न आग्रह गरेका छन् । कार्यक्रममा नगरपालिका भित्रका कृषकहरु र निर्माण कार्यमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्म्मान गरिएको थियो ।

SHARE