बिना भेदभाब जनताको सुरक्षामा लाग्न प्रदेश प्रहरी प्रमुखको निर्देशन

0
542

तिलाचन पाण्डे
कात्तिक २५ , २०७६ गुल्मी ः प्रदेश नं ५का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहाले कसैलाई पनि भेदभाब नगरी कानुनको पालना गरी जनताको जिउधनको सुरक्षामा लाग्न जिल्ला प्रहरी कार्यलय गुल्मीलाई निर्देशन दिएका छन् ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं ७ चारपालामा नबनिर्मित प्रहरी चौकीको उदघाटन गर्दै शाहाले जनताको जिउ धनको सुरक्षा गर्ने नेपाल प्रहरीको दायित्व भएको भन्दै बिना भेदभाब जनताको जिउ धनको सुरक्षा मा लाग्न जिल्ला प्रहरी कार्यलय गुल्मी लाई निर्देशन दिउका हुन् । जनतासंग नेपाल प्रहरीको नजिकको सम्बन्ध रहेकाले जनताको सुरक्षाको लागि बिना भेदभाब कानुनलाई पालना गरि अगाडी बढन निर्देशन दिएका हुन् ।
अर्को एक फरक प्रसंगमा शाहाले अन्र्तराष्ट्रिय स्तरमा एक जना प्रहरीले दुई सय जनाको सुरक्षा दिनुपर्ने प्राबधान रहेको र नेपालमा हाल एक जनाले सात सय जनाको सुरक्षा दिनुपर्ने ब्यबस्था रहेको बताउनुभयो । हाल पछिल्लो समयमा देश संघियतामा गएपश्चात नेपाल प्रहरीको पनि प्रदेश स्तरिय सांगठनीक ब्यबस्था छिट्टै गठन हुने जानकारी दिए । नेपाल प्रहरीको दरबन्दी अनुसार प्रहरी नरहेको भन्दै अबको केही समयमै त्यसको पनि पदपुर्ति हुने बताए ।
पछिल्लो अबस्थामा नेपाल प्रहरीको सुबिधा सम्पन्न भबनहरु बन्दै गएको भन्दै पहिले भन्दा अहिले सेवा प्रवाहमा पनि फरक हुने बताए । पहिले नेपाल प्रहरी बस्ने स्थान स सना टहराहरु हुने र प्रहरी बस्ने ठाँउनै सुरक्षित नभएको समयमा पानी चुहिने र सित पर्ने अबस्थाबाट पनि जनताको जिउ धनको सुरक्षा दिएको स्मरण गर्दै शाहाले अहिले सुबिधा सम्पन्न भबन बनेको अबस्थामा सेवा प्रवाह अझै प्रभाबकारी बन्ने दाबी गरे । चारपाला प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक सहित १० जनाको दरबन्दीमा ६ जना मात्र कार्यरत रहेको सन्र्दभमा दरबन्दी अनुसारको कर्मचारी परिपुर्ति गर्नका लागि प्रक्रिया अगाडी बढेको शाहाले बताए । यस्तै गाउँपालिकाका प्रमुख अशोक थापाले प्रहरी चौकी निर्माणमा सहयोग गर्ने सबैलाइृ धन्यबाद दिदै सेवालाई प्रभाबकारी बनाउन आग्रह गरे ।
तिन तले भबन रेसुंगा दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्सले १ करोण २१ लाख ६४ हजार ४७९ रुपैया ८३ पैसामा २०७५ साल जेठ ६ गते सम्झौता गरी सम्पन्न गरेको हो ।

SHARE