भारतिय हस्तक्षेपको अनेरास्ववियूद्वारा विरोध

0
511

गुल्मी, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी निकट विध्यार्थिहरूको संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीले प्रेस विज्ञप्ति जारी गरेको छ ।भारतले जारी गरेको नयाँ नक्सामा नेपालका विभिन्न भु(भागहरू मिचिएको भन्दै त्यसको विरोधमा प्रेस विज्ञप्ति जारी गरेको हो । संगठनका संयोजकद्दय भरत चन्द र राजेन्द्र विक्रम कुवँरद्दारा हस्ताक्षरित विज्ञप्तिमा एकपक्षिय ढङ्गले भारतले जारी गरेको नक्सा सच्याउन माग गरेको छ ।भारतले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता तथा अखण्डतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध गरेको छ । नेपाल आफ्नो भुमिको रक्षा तथा राज्य संचालनमा सक्षम रहेको भन्दै अनेरास्ववियूले भारतले गरेको यो अन्याय सह्यय नहुने बताएको छ । त्यसका लागि सबै नागरिक आ(आफ्नो ठाँउबाट जागरुक हुन पनि अनेरास्ववियूले आग्रह गरेको छ।

SHARE