सत्यवतीका पहिरो पीडितलाई क्यानडाबाट सहयोग

0
745

तिलाचन पाण्डे
कात्तिक २२ , २०७६ गुल्मी ः गत साउन ७ गते सत्यवतीको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितका लागि वामी बिश्व सम्पर्क मञ्च क्यानडाले शाखाले आर्थिक सहयोग गरेको छ । क्यानडा शाखाको पहलमा १ लाख ६२ हजार ९५१ रुपैयाँ गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकाल मार्फत सहयोग गरेको अन्र्तराष्ट्रिय समन्वय समितिका माहासचिब एबम क्यानडा शाखाका सल्लाहाकार रोमकान्त सापकोटाले जानकारी दिए ।

सत्यवतीमा गएको पहिरोका कारण क्यानडामा रहेका नेपालीहरुको मनमा समेत दुःख लागेका कारण बिपदमा आफूहरु पनि साथमा रहेको शाखाका सचिब लक्ष्मण काफलेले जानकारी दिए । संस्थाले बिगत ६ बर्ष देखि बिभिन्न शिक्षा , स्वास्थ्य , पर्यटन , सांस्कृतिक क्षेत्र लगायत बिपदमा समेत सहयोग गर्दै आएको संस्थाले जनाएको छ । पहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए ।

SHARE