Saturday, June 6, 2026

बाग्लुङ जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

0

हुमाकान्त पोखरेल
मंसिर २१ , २०७६ गुल्मी ः मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ बर्षिय निमा केसिको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको हो । निमालाई उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र शरिका विभिन्न भागमा गम्भिर चोट लागेकी उनको शनिबार काठमाडौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । उनीसँगै घाइते भएका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का २२ बर्षिय जीवन कार्कीको भने उपचार भइरहेको छ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ बर्षिय धन बहादुर कार्कीको शव घटनास्थलभन्दा करिब दुई किलोमिटर तल नदिको किनारमा अर्को दिन भेटिएको थियो । दुर्घटनामा परेकाहरुमध्ये १० जनाको सोहि दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो ।

तम्घास अस्पताललाई लायन्स क्लबको सहयोग

0

तिलाचन पाण्डे
मंसिर २१ , २०७६ गुल्मी ः
लायन्स क्लब अफ गुल्मी तम्घासले तम्घास अस्पताललाई सात लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ ।
चिसोको समयमा अस्पतालमा नबजात शिशुहरुको जन्म हुँदा बच्चाहरु चिसोबाट बचाउनका लागि पयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेको लाइन्स क्लब अफ तम्घास गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुहरुको लागि सहयोग पुग्ने भन्दै सामाग्री हस्तान्तरण गरेको बताए । क्लबले दुखी , गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको बताएको छ । क्लबले गत साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको थियो ।
सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद ब्यक्त गरेका थिए । पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

कार्यकारी अधिकारले बढायो प्रचण्डको सक्रियता

0
फाइल फोटो

मंसिर २१, २०७६ काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले एकतापछि जिम्मेवारी बाँडफाँट गरिसकेको छ। दुई अध्यक्ष राखेको नेकपाले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइसकेको छ। अर्का अध्यक्ष केपी शर्मा ओलीले पुरै कार्यकाल सरकार सम्हाल्ने सहमतिको आधारमा प्रचण्डलाई अधिकारसहितको कार्यकारी अध्यक्षको दिइएको हो । प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टीभित्र उनको सक्रियता दोब्बर भएको छ। प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमा रहेका बेलामा अध्यक्ष प्रचण्डले पार्टीमा सक्रियता बढाएका हुन्। त्यही अनुसार उनको देशदौडाहा पनि बढेको छ। प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाईबाट बिहीबार मात्रै सरकारी निवास बालुबाटर फर्केका छन्। ओली अस्पतालमा रहँदा नेकपाभित्रका नेताहरुसँग विभिन्‍न चरणमा प्रचण्डले भेटघाट गरेका छन्। अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा ओलीसँग रुष्ट भएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेका थिए। प्रचण्डको अध्यक्षतमा गत बुधबार नेकपाको सचिवालय बैठकसमेत बसिसकेको छ। यसबीचमा उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमै पुगेर भेटेका छन्। अध्यक्ष प्रचण्डले पूर्वएमालेका नेताहरुसँगको भेटलाई पनि बाक्लो पारेका छन्। यसलाई उनीहरुलाई आफ्नो पक्षमा ल्याउने सक्रियाताका रुपमा बुझिएको छ। प्रचण्डले झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका छन्। उनीहरुसँग मात्रै नभइ पूर्व एमालेका अन्य केही नेतालाई समेत आफ्नो पकडमा ल्याउने कसरतसहित प्रचण्डको सक्रियता बढेको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थालाई देखाउँदै अध्यक्ष प्रचण्डले चीन भ्रमण स्थगन गरेको जनाएका थिए। चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणमा प्रचण्डको चीन भ्रमण तय भएको थियो। भ्रमण स्थगित भएपछि उनी नेकपाभित्रै राजनीतिक छलफलमा केन्द्रित भएका छन्। पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी बैठकको अध्यक्षता गर्ने, पार्टीलाई वैचारिक नेतृत्व दिने, संगठनात्मक रूपमा नेतृत्व गर्नेलगायतका अधिकार उनीसँग छ। प्रचण्डलाई कार्यकारी अधिकार दिए पनि ओलीले पार्टीमा आफ्नो अधिकार घटाएका छैनन् पार्टी र सरकारको अधिकार छुट्टाए पनि पार्टी बैठकको अध्यक्षता भने दुवै जनाले गर्ने नेकपाले निर्णय गरेको थियो। ओलीले पनि दुवैजना अध्यक्ष रहेको जनाउँदै बैठकको अध्यक्षता दुवैले गर्ने बताएका थिए। नेकपाको मंसिर ४ गतेको बैठकले ओलीलाई सरकार र प्रचण्डलाई पार्टीको जिम्मेवारी दिएको थियो। सचिवालयको बैठकपछि दुवै नेता पार्टीभित्र शक्तिशाली बनेका छन्। कार्यकारी अधिकार प्रचण्डले पाए पनि वरीयतामा उनी दोस्रो स्थानमै छन्। प्रचण्डले आफ्नो राजनितिक इतिहासमा आफूलाई सधैँ कार्यकारी अधिकारमै राखेका छन्। तत्कालीन नेकपा ९मशाल० को महामन्त्रीबाट सुरु भएको उनको कार्यकारी अधिकारमा पार्टी एकतापछि पूर्णविराम लागेको थियो । तत्कालीन एमालेसँग पार्टी एकता भएपछि प्रचण्डले आफ्नो कार्यकारी अधिकार गुमाएका थिए। उनीमाथि ओली हाबी भएका थिए। तर, मंसिर ४ गतेको बैठकले पुनः कार्यकारी अध्यक्षको भूमिका पाएका छन्। कार्यकारी अधिकार पाएपछि प्रचण्डले आफुलाई बल्ल अध्यक्षको ुफिलु भएको प्रतिक्रिया दिएका छन्। नेकपाको विधानले ओली(प्रचण्ड दुवैलाई कार्यकारी अध्यक्ष तोकेको छ। प्रचण्डले अर्को सचिवालय बैठक २३ गते बोलाएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेकपाको आगामी सचिवालयको बैठक पनि अध्यक्ष प्रचण्डको अध्यक्षतमा बस्‍ने छ। नेकपाको आगामी बैठकमा उपनिर्वाचनको बिषयमा समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए। बैठकमा पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामको बिषयमा छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय लिनेसक्ने उनको भनाई छ। अब बस्‍ने स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका ओली र दाहाल दुवैले अध्यक्षता गर्ने बताइएको छ। स्थायी कमिटीको बैठक नबोलाएको भन्दै भीम रावललगायतका नेताहरुले पटक पटक दबाब दिइरहेका छन्। थाहाबाट

नातिनी बलात्कार गर्ने वृद्ध समातिए

0

मंसिर २१, २०७६ ओखलढुंगा ः ओखलढुंगामा नातिनीलाई बलात्कार गर्ने ५८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले नातामा नातिनी पर्ने १५ वर्षीय बालिकालाई २३ हप्ताअघि बलात्कार गरेको खुलेको छ। बालिकाको पेट फुल्दै गएपछि हजुरबुबाबाट बलात्कृत भएको रहस्य बाहिरिएको र बालिकाका आफन्तले जाहेरी दिए पछि बृद्धलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाले जनाएको छ। बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेसँगै घटना सार्वजानिक भएको हो। सुस्त मनस्थितिकी ती बालिकाको पेटमा २३ हप्ताकी गर्भवती रहेको र कम उमेरकी भएकाले गर्भपतनका लागि प्रसुती गृह थापाथलीमा पठाईएको जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले जनाएको छ। घरमा कोही नभएको मौका छोपी ती वृद्धले गत साउनमा बालिका बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय ओेखलढुंगाले जनाएको छ। बालिकालाई जिल्लास्थित एक सुरक्षित आवासगृहको संरक्षणमा राखिएको छ।

मृत्युदाबी बापतको रकम हस्तान्तरण

0

तिलाचन पाण्डे
मंसिर २० , २०७६ गुल्मी ः सुर्यलाइफ इन्सुरेन्स कम्पनी गुल्मी शाखाले मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मालिका गाउँपालिका वडा नं ५ छापहिले निवासी स्व ः चुरा बहादुर घर्तिकी श्रीमती इश्वरा घर्तिलाई मृत्युदाबी बापतको १ लाख १६ हजार पाँचसय रुपैयाँको चेक हस्तान्तरण गरिएको शाखाका प्रमुख घनश्याम खरेलले जानकारी दिए ।

 

लैङ्गिक हिंसा बिरुद्धको अभियान वडा वडामा

0

तिलाचन पाण्डे
मंसिर २० , २०७६ गुल्मी ः समानताको पुस्ता , बलत्कार बिरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ कालीगण्डकी गाउँपालिका गुल्मीले वडा वडामा सचेतनाका कार्यक्रमहरु संचालन गरेको छ ।
लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत महिलाहरुलाई सचेत बनाउने गरि अभियान कै रुपमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडा वडामा गई अभियान नै संचालन गरेको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिईन । थापाका अनुसार महिलाहरु अब लैगिक आधारमा हिंसा खेप्नु पर्ने , र यसकै आधारमा बिभेद हुने दिनको अन्त्यका लागि सबै महिलाहरु एकजुट हुनुपर्ने र कानुनी आधारहरु पनि जान्नु पर्ने भएकाले सचेतना र कानुन संंबन्धी जानकारी गराइएको दाबी गरिन् । महिलाहरु अब चुलो , चौकोमा मात्र सीमित नभई आय आर्जन संगै अन्य क्षेत्रमा पनि कार्य गर्न सक्षम रहेको कालीगण्डकी गाउँपालिकाका महिलाहरुले बताउदै आएका छन् । अभियान अन्र्तगत हर्मिचौर र अर्बेनीमा सचेतना कार्यक्रम सम्पन्न भएको र आज जयखानीमा कार्यक्रम आयोजना गरिएको थापाले जानकारी दिइन्् । यस्तै अन्य वडाहरुमा पनि कार्यक्रम गर्दै जाने थापाको दाबी छ ।

विचौलीय रोक्न यातायात विभागमा निवेदन

0

मंसिर १९, २०७६ काठमाडौं ः यातायातकर्मी राम बहादुर थापाले विचौलीयविरुद्ध यातायात व्यवस्था विभाग कार्यालयमा निवेदन हालेका छन्। यातायात विभागमा विचौलीयको बिगबिगी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी कारबाही गर्न माग गर्दै उनले बिहीबार विभागमा निवेदन हालेका हुन्। यातायात कार्यालयमा विचौलीयले सेवाग्राहीलाई मनलागी पैसा असुल्ने गरेकाले छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग राख्दै निवेदन दिएको थापाले बताए। ‘यातायात कार्यालयमा विचौलीय छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘अध्ययन गरेर यो तथ्या फेला पारेको हुँ। विचौलीयलाई पैसा दिए आधा घण्टाको कम एकैछिनमा गरिदिन्छ।’ उनका अनुसार लाइसेन्सका लागि सेवाग्राही दुई घण्टासम्म लाइनमा बस्नुपर्छ। ३० देखि ३५ हजार विचौलीयलाई दिए लाइसेन्स बनाइदिन्छ। लाइनमा बस्नु पनि पर्देन। उनले भने, ‘यातायातका कर्मचारी र विचौलीयसगँ बुझ्दा पुलिस प्रशासन, सिडियो सबैलाई पैसा दिने गरेको पाइएको छ। कानुनी कारबाही गर्नुको सट्टा सरकारी निकायका पदाधिकारीले नै जनतालाई लुट्ने गर्छन।’ थाहाबाट

कृषि जैविक विविधताको संरक्षणमा जोड

0

पाल्पा । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गरी कृषिको समुचित विकास गर्ने नीति लिएको छ ।

कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा आयोजित कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले सो नीति लिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताईन् ।

“हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो, माछा माथ्र्यौँ, अहिले त्यस्तो स्थिति छैन”, उनले भने, “रैथाने अन्नबालीको संरक्षण र उत्पादनमा सम्बन्धीत सबैको सक्रियता आवश्यक छ ।”

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गर्ने नीति मन्त्रालयले लिएको बताउँदै कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताईन् ।

कृषिविज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि कृषिको दिगो विकास हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था र वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरीबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुटाछुटै कार्यपत्र प्रस्ततु भएको थियो ।

पाल्पा पुगेर पूर्वराजाले भने , राक्षसी शक्तिले मुलुक अप्ठ्यारो अवस्थामा

0

मंसिर १९, २०७६ पाल्पा ः पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मुलुकको अहित चाहनेहरूले विभिन्‍न चलखेल गरिरहेको उनले दाबी गरेका छन्। धार्मिक भ्रमणमा तानसेन आएका पूर्वराजा शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो बताएका हुन्। ुपछिल्लो समयमा आसुरी अर्थात् राक्षसी शक्तिको बाहुल्यता बढेको छु उनले भने ुसबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ। आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ। यद्यपि सबै जागरुक हुनुपर्नेमा उनले जोड दिए। ुहामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ। सबै नेपालीको सम्बन्ध भाइचाराको बन्‍नुपर्छु उनले थपे ुजहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु।ु अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको आफूलाई महसुस भएको उनले बताए। त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको उनी बताउछन्। ुत्यसको रक्षा हमी सबै मिलेर गर्नुपर्छु पूर्वराजा शाहले भने। जबसम्म देशमा शान्ति हुँदैन तबसम्म सबै नेपाली ढुक्क भएर बाँच्‍न नपाइने उनले बताए। मुलुकमा सबै बाँच्‍न पाउने गरी शान्ति स्थापना गर्न जस्तोसुकै परिस्थिति भए पनि नेपाली एक ढिक्का भएर लाग्‍नुपर्ने पूर्वराजा शाहको भनाइ छ। थाहाबाट

महिलाको मृत्युपछि बिर्ता सिटी अस्पताल तनाव

0

मंसिर १९, २०७६ भद्रपुर ः झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालका चिकित्सकको लापरबाहीले पाँच महिने शिशुको मृत्यु भएको घटना सेलाउन नपाउँदै बिर्तामोडकै बिर्ता सिटी अस्पतालमा बिहीबार एक महिलाको मृत्यु भएको छ। चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित पक्षले नाराबाजी गर्दै आन्दोलित बनेपछि अस्पताल परिसर तनाव ग्रस्त बनेको हो। बेलुका ४ बजेदेखि नाराबाजीसहित पीडित पक्ष आन्दोलित बनेपछि अस्पतालमा धनजनको क्षति हुन नदिन इलाका प्रहरी कार्यालय अनारमनिले कडा सुरक्षा प्रदान गरी घटनालाई साम्य बनाउन पहल गरिरहेको छ। घटना विवरण अनुसार कनकाई नगरपालिका ७ स्थित कालिमुडाकी ४९ वर्षीया फुलमाया तामाङको उपचारको क्रममा बिहीबार दिउँसो अस्पतालमा मृत्यु भएको थियो। मिर्गौलामा समस्या भएर उपचारका लागि बिर्ता सिटी गएकी तामाङको इन्डोस्कपी गर्ने क्रममा दिउँसो १ बजे मृत्यु भएको पीडित पक्षको दाबी छ। बिरामी महिला तामाङ डराइरहेको अवस्थामा जबरजस्ती चिकित्सकले इन्डोस्कपी गर्दा उनको मृत्यु भएको भन्दै पीडित पक्षले अस्पताल प्रशासनको लापरवाहीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। अस्पताल परिसरमा अहिले व्यापक प्रहरी परिचालन गरी भीड नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। अहिले घटनाका सन्दर्भमा पीडित पक्ष, अस्पताल प्रशासन र सरोकारवाला पक्षबीच छलफल चलिरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। यता मंसिर ११ गते बिर्तामोड नगरपालिका ५ बस्ने विजय लिम्बूको ५ महिने शिशु विपिषा लिम्बूको गए राति उपचारको क्रममा मृत्यु भएको थियो। निमोनिया भएर अस्पताल भर्ना गरिएकी विपिषालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र त्यसपछि शिशुको मृत्यु भएको पीडित पक्षले अस्पतालमा तोडफोड गरेका थिए। यता घटनालाई मिलाउन अस्पताल प्रशासनले पीडित पक्षलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएका थिए। थाहाबाट