बाग्लुङ जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

0
387

हुमाकान्त पोखरेल
मंसिर २१ , २०७६ गुल्मी ः मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ बर्षिय निमा केसिको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेहरुको सङ्ख्या १६ पुगेको हो । निमालाई उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र शरिका विभिन्न भागमा गम्भिर चोट लागेकी उनको शनिबार काठमाडौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । उनीसँगै घाइते भएका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का २२ बर्षिय जीवन कार्कीको भने उपचार भइरहेको छ ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ बर्षिय धन बहादुर कार्कीको शव घटनास्थलभन्दा करिब दुई किलोमिटर तल नदिको किनारमा अर्को दिन भेटिएको थियो । दुर्घटनामा परेकाहरुमध्ये १० जनाको सोहि दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो ।

SHARE