तम्घास अस्पताललाई लायन्स क्लबको सहयोग

0
351

तिलाचन पाण्डे
मंसिर २१ , २०७६ गुल्मी ः
लायन्स क्लब अफ गुल्मी तम्घासले तम्घास अस्पताललाई सात लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ ।
चिसोको समयमा अस्पतालमा नबजात शिशुहरुको जन्म हुँदा बच्चाहरु चिसोबाट बचाउनका लागि पयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेको लाइन्स क्लब अफ तम्घास गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुहरुको लागि सहयोग पुग्ने भन्दै सामाग्री हस्तान्तरण गरेको बताए । क्लबले दुखी , गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको बताएको छ । क्लबले गत साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको थियो ।
सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद ब्यक्त गरेका थिए । पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

SHARE