तिलाचन पाण्डे
मंसिर २८ २०७६ गुल्मी ः गुल्मीमा २२ बर्षे युवा मृत फेला परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ जैसीथोकका २२ बर्षिय कमल खत्री घरनजिकै गोरेटो बाटोबाट करिब एक सय ५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
शुक्रबार साँझ कुलपुजाका पाहुनाहरुलाई सबै ब्यबस्था मिलाई घरबाट बाहिर निस्केका खत्री शनिवार बिहान मृत अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनाको अबस्था हेर्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको र घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।
गुल्मीमा २२ बर्षे युवा मृत फेला
यस आर्थिक बर्षमा गुल्मीलाई उज्यालो गुल्मी घोषण गरिने ः पुर्व उर्जामन्त्री बिष्ट
रामकृष्ण कंडेल वामी । खबर मार्केट ब्युरो
मंसिर २८ , २०७६ गुल्मी ः पुर्व उर्जामन्त्री तथा श्रमरोजगार सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले यस आर्थिक बर्ष भित्रमा गुल्मीलाई उज्यालो गुल्मी घोषण गर्ने दाबी गरेका छन् ।
गुल्मीको मुसिकोट उधोग बाणिज्य संघले आयोजना गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बिष्टले यस आर्थिक बर्ष भित्रैमा गुल्मीलाई उज्यालो गुल्मी घोषण गर्ने बताए । उनले अब गुल्मीमा कहि कतै बिधुत्त भएन र अध्यारोमा बस्न पर्ने बाध्यताको अन्त्य गर्न आफूले पहल गरेको दाबी गरे । पछिल्लो समयमा मुसिकोटको बिधुतीकरणका लागि तत्कालै टेन्डरको प्रक्रियामा रहेको दाबी गर्दै सबै स्थानमा केन्द्रिय प्रशारणको लाईन जोडने बताए । अहिले केही स्थानहरुमा लघु जलबिधुत मार्फत बत्ती बलिरहेको सन्र्दभमा अब सबै स्थानहरुमा केन्द्रिय प्रशारणको लाइन जोड्ने बिष्टले दाबी गरे ।
रिडी ,रुद्धबेनी वामीटक्सार सडक २० किलोमिटर पिच गरिने
यस आर्थिक बर्षमा गुल्मीको रिडी रुदबेनी वामीटक्सार सडक खण्डको सडकमा दरमखोलादेखी २० किलोमिटर सडक यस आर्थिक बर्षमा नै पिच गरिने भएको छ । मुसिकोट बासीहरुले पटक पटक यस सडकको समस्याको बारेमा कुराहरु उठाउदै आएकाले यस आर्थिक बर्षमा दरमखोलादेखी पिचको कामलाई तिब्रता दिने पुर्व मन्त्री बिष्टले बताए । यस आर्थिक बर्षमा करिब ३० करोण बराबरको कार्य गर्ने भन्दै बिष्टले केही प्राबिधिक समस्याहरु रहेकोमा यसलाई समाधान गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे । तर सडका निर्माणका लागि बिनीयोजन भएको रकम कुनै पनि बाहानमा खर्च गर्न सकिएन भन्ने छुट कसैलाई नभएको भन्दै सडक निर्माणमा कसैले पनि अबरोध नगरी सहयोग गर्न पनि स्थानीयलाई आग्रह गरे ।
यस सडकले तराइमा उत्पादन भएको समान पहाडमा र पहाडमा उत्पादन भएको सामान तराइसम्म लैजानका लागि ठुलो टेवा पुग्ने दाबी गरे । अब तराइबाट सामान बोकेर आएका ट्रकहरु गाउँबाट खाली पठाउन नपर्ने भन्दै स्थानीय उत्पादनमा जोड दिई गुल्मीका उत्पादित सामान तराईमा लैजान र आय आर्जनमा बृद्धि गर्न सहज पुग्ने बिष्टको दाबी छ ।
मुसिकोटको वामीटक्सारमा सुबिधा सम्पन्न अस्पताल निर्माण गर्छौ
कार्यक्रममा पुर्व मन्त्री बिष्टले बामीटक्सारमा यसै आर्थिक बर्ष भित्रमा सुबिधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण गरेरै छाडने प्रतिबद्धता ब्यक्त गरेका छन् । उपचारका लागि अब बुटवल पाल्पा धाउने समस्याको समाधान गर्न र दक्ष तालिम प्राप्त डाक्टरहरुको ब्यबस्था गरि गाउँमै गुणस्तरीय सेवा दिने गरि आफू लागेको दाबी गर्दै अस्पतालका लागि डिपीआर तयार भएको र अब टेन्डरको प्रक्रियामा रहेको जानकारी दिए ।
यस्तै पुर्व मन्त्री बिष्टले कृषकले उत्पादन गरेका कृषि उपजलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि हाट बजारको समेत ब्यबस्था गर्ने दाबी गरे ।
निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने दाबी
पुर्ब मन्त्री बिष्टले आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरु सबै पुरा गरेरै छाडने दाबी गरेका छन् । उनले आफूले निर्वाचनमा शिक्षा , स्वास्थ्य र खानेपानी लगायतका बिषयमा गरेका प्रतिबद्धताहरु पुरा हुदै गएको भन्दै बाँकी प्रतिबद्धताहरु पनि अक्षरसह पुरा गरेरै छाडने दाबी गरेका छन् । प्रत्येक घरमा एक घर एक धाराको अभियान संचालन भएको भन्दै बाँकी काम पनि पुरा गर्न आफू लागिरहेकाले बजेट अभाबका कारण बिकास निर्माणका कुनै काम नरोकिने र बजेटको ब्यबस्था आफूले गर्ने दाबी पनि गरे ।
कार्यक्रममा पुर्व मन्त्री बिष्टले मुसिकोटको वामी टक्सार एैतिहासिक क्षेत्र भएको चर्चा गर्दै आफनो बाल्यकाल देखिनै वामी टक्सारको बिकासमा लाग्ने रहर भएको भन्दै त्यो सपना पनि पुरा हुँदै गएको दाबी समेत गरे । मुसिकोट नगरपालिकाले राम्रो कामहरुको सुरुवात गरेको भन्दै नगरपालिकालाई बिष्टले धन्यबाट समेत दिँदै प्रशंसा समेत गरे । कार्यक्रममा पुर्व मन्त्री बिष्ट समक्ष स्थानीय बिकासका लागि बिभिन्न मागहरु समेत राखेका थिए । कार्यक्रममा मसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा , धुर्कोट गाउँपालिकाका प्मुख भुपाल पोखरेल , नेकपाका जिल्ला स्तरिय नेताहरु देबीराम अर्याल, हिरा एसी , निम बहादुर पाण्डे , बिष्टका स्वकीय सचिब गणेश श्रीपाली मुसिकोट उधोग बाािण्ज्य संघका अध्यक्ष सुर्दशन शाक्य लगायतको उपस्थिति रहेको थियो । सुर्दशन शाक्यको सभापतित्वमा कार्यक्रमको संचालन सचिब महेश्वर घिमिरेले गर्नुभएको थियो भने मोहोनलाल श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो ।

पुर्व मन्त्री बिष्टले बिष्टले आजै वामीटक्सारमा रहेको महेन्द्र आर्दश नमुना माध्यमिक बिधालयको ६१ औ बार्षिक उत्सबको उद्घाटन पनि गरेका हुन् । बिष्टले गुल्मीको रेसुंगा नगरपालिका वडा नं ७ उनायचौरमा निर्माण भएको ट्री हाउसको समेत अबलोकन गरेका थिए ।

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप
मंसिर २७, २०७६ सुनसरी ः जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ। आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले शुक्रबार जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो। आफूहरूले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताए। दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस शुरु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घाइतेहरुको उपचार खर्च पुर्वमन्त्री बिष्टले गर्ने
तिलाचन पाण्डे
मंसिर २७ , २०७६ गुल्मी ःमंसिर १७ गते जिप दुर्घटनामा परि घाइते भएकाहरुको औषधी उपचारको ब्यबस्था आफूले जिम्मा लिने पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए ।
बिष्टले इश्मा गाउँपालिका वडा नं ४ पोयापाटामा शुक्रबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै बिष्टले इश्माका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षिय जीवन कार्कीको उपचारको सबै ब्यबस्था आफूले गर्ने बताए ।
१७ गते मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका १६ जना मध्ये ११ जना इश्मा गाउँपालिकाका मात्रै भएको भन्दै बिष्टले दुःख ब्यक्त गर्दै शोक सन्तब्ध परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दै घाइतेहरुको स्रिघ स्वास्थ्य लाभको कामना गरे ।
यस्तै इश्मा गाउँपालिकाले मृतकका परिवारलाई प्रति ब्याक्ति रु २० हजारका दरले राहत दिने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले मृतकका परिवारलाई प्रतिब्याक्ति २० हजारका दरले राहत दिने जानकारी दिदै घटनामा उद्धार देखि दाहासंस्कार गर्दा सम्मको खर्च गाउँपालिकाले बेहोर्ने बताए ।
यस्तै श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले घटनाको बारेमा बास्तबिक छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन राज्यले नसकेको भन्दै घटनाको बारेमा बास्तबिक छानबिन गर्न आग्रह गरे ।
घाइतेहरुलाई बिष्टको पहलमा उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । घाइते भएका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षिय जीवन कार्कीको भने काठमाण्डौमा उपचार भइरहेको छ ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परेकाहरुमध्ये १० जनाको सोहि दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो । भने ज्यान गुमाउने अधिकाशं इस्मा गाउँपालिकाका भएको भन्दै इस्मा गाउँपालिकाले बुधबार १८ गते सार्वजनिक बिदा दिएको थियो ।
गुल्मीमा तीन वर्षमा सवारी दुर्घटनामा परि ४९ जनाको मृत्यु
गुल्मी , मंसिर २७ गते । गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सवारी दुर्घटना बढ्र्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा कुल ६७ सवारी साधन दुर्घटना हुँदा ४९ जनाको मृत्यु भयो । ८६ जना सक्त घाईते भएका छन् भने ६३ जना सामान्य घाइते भए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांक अनुसार आ.व २०७३÷०७४ मा कुल २१ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा ११ जनाले ज्यान गुमाए । २६ जना सक्त घाइते तथा १६ जना सामान्य घाइते भए । त्यस वर्ष ट्रक २, बस २, जिपकार ७, ट्याक्टर ७, मोटर साइकल ३ दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी पुरुष ७, महिला ३, बालबालिका १ जनाको मृत्यु भएको थियो । भने सक्त घाइतेतर्फ पुरुष १५, महिला ५ बालबालिका ६ जना परेका छन् ।सामान्य घाइते पुरुष १०, महिला २, बालबालिका ४ जना रहेका छन् ।
आ.व.०७४÷०७५ मा १७ सवारी साधन दुर्घटनामा परे । जसमा १९ जनाले ज्यान गुमाए । २८ जना सक्त घाइते तथा २२ सामान्य घाइते बने । त्यस वर्ष डोजर १, बस २, जिपकार ४, ट्क्याटर ५, मोटर साइकल ५ दुर्घटनामा परे । दुर्घटनामा परी पुरुष १४, महिला ५ जनाले ज्यान गुमाएका छन् । भने सक्त घाइतेतर्फ पुरुष १७, महिला ६, बालबालिका ५ जना परेका छन् । सामान्य घाइते पुरुष १७, महिला १, बालबालिका ४ जना रहेका छन् ।
आ.व.०७५÷७६ मा २९ सवारी साधन दुर्घटनामा परे । जसमा १९ जनाले ज्यान गुमाए । ३२ जना सक्त घाइते तथा २५ जना सामान्य घाइते भएका छन् । त्यस वर्ष बस १, जिप,कार १२, ट्क्याटर १०, मोटरसाइकल ६ दुर्घटनामा परे । दुर्घटना हुँदा पुरुष ११, महिला ४, बालबालिका ४ को मृत्यु भएको छ । सक्त घाइते तर्फ पुरुष १७, महिला १०, बालबालिका ५ रहेका छन् । भने सामान्य घाइते तर्फ पुरुष ११, महिला ७, बालबालिका ७ जना रहेका छन् ।
चालु आर्थिक वर्ष ०७६÷०७७ को कार्तिक मसान्तसम्म १० सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । जसमा सक्त घाइते १५, सामान्य घाइते २ , पशुचौपाय १ को समेत मृत्यु भयो ।
जसमा बस १, जिप ६, ट्क्याक्टर १, मोटरसाइकल २ दुर्घटनामा परे । दुर्घटनामा पुरुष ६, महिला १ जनाले ज्यान गुमाएका छन् । सक्त घाइते तर्फ पुरुष १० महिला २ तथा बालबालिका ३ जना रहेका छन् । समान्य घाइते २ जना रहेका छन् ।
पछिल्लो तीन वर्षमा १६ हजार ५ सय ४ सवारी साधन कारबाहीमा परे । जसबाट कुल १ करोड १ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भयो ।
तथ्याङ्कअनुसार आ.व २०७३÷०७४ मा ५ हजार ३ सय १३ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट ३२ लाख एक हजार रुपैँया राजस्व सङ्कलन भयो ।
आ.व.०७४÷०७५ मा ४ हजार ८ सय २ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट २८ लाख ९३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भयो ।
आ.व.०७५÷०७६ मा ६ हजार ३ सय ८९ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट ३९ लाख ७ हजार रुपैँया राजस्व सङ्कलन भएको छ । भने चालु आर्थिक वर्ष ०७६÷०७७ को कार्तिक मसान्त सम्म १३ लाख ८३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविण आचार्यले सवारी दुर्घटना हुने मुख्य कारण न्यूनिकरणका बिषयमा सरकारवाला निकायलाई जानकारी दिए ।
उनका अनुसार मानविय कारण, सडकको कारण, यान्त्रिक कारण, वातावरणीय कारण दुर्घटना हुने गरेको हो । त्यसमध्ये सवारी दुर्घटना हुने प्रमुख मानविय कारण हुने गरेको बताउनुभयो । उहाँले चालकको लापरर्वाही, पैदल यात्रीको गल्तिले बढी दुर्घटना बढेको बताए ।
जिल्लामा लापरवाही पूर्वक सवारी चलाउने, तिब्र गतिमा सवारी चलाउने, जभाभावि ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटना हुने गरेको आँैल्याए । पछिल्लो समय मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी चलाउने प्रमुख समस्या पाईएको बताए ।
एउटै चालकले लामो समय सम्म चलाउँने, क्षमताभन्दा बढी यात्रु तथा ओभर लोड बोक्ने, छतमा यात्रु तथा व्यापारीक सामाग्री राख्ने गरेका कारण पनि दुर्घटना बढेको उल्लेख गरे । उनले पुरानो सवारी साधनलाई मर्मत गरेर चलाउने परिपाटीका कारण पनि दुर्घटना हुने गरेको बताए ।
भूमि व्यवस्थामन्त्रीको दाबी ः लिम्पियाधुरा समेटिएको नक्सा निकाल्छौँ
मंसिर २७, २०७६ काठमाडौं ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नक्सा निकाल्ने बताएकी हुन्। सांसदहरुका कडा प्रश्न सामना गरेपछि उनले भारतले सीमा मिचेकोबारेमा भइरहेको पहल सकारात्मक दिशामा गइरहेको जानकारी दिइन्। ुहामी सकरात्मक दिशातर्फ काम गरिरहेका छौँ। अहिले मात्रै होइन, सन् १८१६ को सुगौली सन्धिअघिको समस्या हो। तर हाम्रो कालमा उठेको छु, उनले भनिन्, ुउचित समयमा यो विषय उठेको छ।ु मन्त्री अर्यालले सरकारको तर्फबाट लिखित रुपमा मिचिएको भूमि नेपालको हो भनेर पहिलो पटक पेश गरेको दाबी गरिन्। ुसरकारले सर्वदलीय बैठक राखेर सुझाव लिएको छ। ुप्रोटोकल नोटु भारतमा पठाउने काम भएको छु, उनले थपिन्, ुदुई देशको सीमा निरीक्षण गर्न परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट प्रतिनिधि खटाएर कुरा भइरहेको छ।ु सरकारको तर्फबाट काम भइरहेको बताउँदै उनले वार्ता प्रारम्भिक चरणमा रहेको उल्लेख गरिन्। ुसचिवस्तरमा प्रारम्भिक कुरा भएको हो। भएन भने मन्त्रीस्तरमा जान्छ नभए प्रधानमन्त्रीस्तरबाट हुन्छु, उनले अगाडि भनिन्, ुसरकारले चाल्ने कदम चालेको छ। नेपालको कुनै पनि नक्साले लिम्पुयाधुरा समेटेको छैन। सन् १८६५ मा कापानी पनि भारतले समेटेको हो।ु मन्त्री अर्यालले नेपालको नक्सामा कालापानी र लिपुलेक सधैँ समेटिएको दाबी उनले गरिन्। ुकालापानी र लिपुलेकसहितको नक्सा निकालेकै छौँ। लिम्पियाधुरासहितको प्रकाशित गर्ने क्रममा तथ्यप्रमाण जुटाउँदैछौुं, अर्यालले भनिन्, ुसन् १९९७ को तिरो तिरेका प्रमाण सरकारले राखेको छ। भारतले राखेको प्रमाणमा पनि यो कुरा छ।
थाहाबाट
भारतको काउन्टर मा सीमा सुरक्षा बल बढाउँछौं ः गृहमन्त्री
मंसिर २७, २०७६ काठमाडौं ः गृहमन्त्री रामबहादुर थापा बादल ले भारतबाट भइरहेको अतिक्रमण रोक्न सीमाक्षेत्रमा सुरक्षा बल बढाइने बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुका अनेक प्रश्नको सामना गरेपछि जवाफ दिँदै मन्त्री थापाले सबै सीमा बिन्दुसम्म सडक निर्माणलाई पनि अघि बढाइएको उल्लेख गरेका छन्। भारतको तर्फबाट सीमामा निरन्तर सुरक्षा पोस्ट विस्तार भइरहेको छ। एसएसपीले सीमा सुरक्षा गरिरहेकोमा सेना पनि राखेका छन्ु, उनले भने, ुभारतको ुकाउन्टरुमा हाम्रा सीमा रक्षा सुरक्षा बल बढाइने छ। तत्काल गर्नु पर्ने सडक निर्माण पनि तीव्र पार्दैछौं । अब तीव्र गतिमा सुरक्षा बल विस्तार गरिनेछ।ु गृहमन्त्री थापाले भारतसँगको सीमा १८०० किलोमिटर रहेको उल्लेख गर्दै तर नेपालबाट पर्याप्त सुरक्षाकर्मी राख्न नसकिएको स्वीकारे। ुसीमना सुरक्षामा सशस्त्र प्रहरी छ। सीमासुरक्षाका निम्ति ३७ हजार संख्यामा एपीएफ छु, उनले भने, ुतर यो संख्या प्रयाप्त होइन।ु गैृहमन्त्री थापाले दार्चुलाको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट विस्तारमा सरकार जुटेको उनले बताए। ुदार्चुलामा बिओपी विस्तार गरिँदैछु, उनले भने, ुसीमा नजिक सशस्त्र प्रही राख्न सकिएको छैन। अब विस्तार गरिने छ।ु भारतले हरेक किलोमिटरमा सीमा सुरक्षा बल रहेको उनले बताए । ुभारतले हरेक किलोमिटरमा सीमा सुरक्षा पोस्ट राखेको छ। हाम्रो २५ किलोमिटरको ग्यापमा छु, उनले भने, ुअबनयाँ ढंगले सुरक्षा पोस्ट राख्नु जरुरी छ। भारततर्फ नेपालका १०२ बोर्डर आउट पोस्ट छन्। हामी अब ७० वटा थप विस्तार गर्ने योजनामा छौँ। सुरक्षाकर्मीको संख्या अपर्याप्त भएकोले दरबन्दी बढाइएको छ।ु सीमा सुरक्षामा चुनौती रहेको उनले स्वीकारे। ुहामीले सक्दो प्रयत्न गरेका छौँ। भारतले अतिक्रमण गरेको ३७२ किमि क्षेत्र छ। कालापनीमा मात्रै ३२ किलोमिटर विवादस्पद छु, उनले भने, ुसन् १९६२ भन्दाअघि अतिक्रमण देखिँदैन। त्यसभन्दा अघिको नक्साले हाम्रो सिमाना प्रष्ट देखाएको छ। हामीसँग अकाट्य प्रमाण छ।ु भारत(चीन युद्धका क्रममा राखिएकामध्ये १७ वटा पोस्ट हटाए पनि कालापानीको नहटाएको उनले बताए। ुकालापानीमा राखिएको पोस्ट हटाएनन्। पहिले नेपालको मानेका थिएु, उनले भने, ुसन् १९६५ पछि आफ्नो नक्सामै पारे। यसबारे विगतका सरकार पनि लड्दै आएका छन्। ती भूभाग नेपालको पक्षामा ल्याउने आन्दोलनले सफलता पाइसकेको छैन।ु
थाहाबाट
मृतकका आफन्त जनहरूलाई भेट्न सभासद बिस्ट गुल्मीमा
मंसिर२६ रामकृस्ण कंडेल,वामीटक्सार
नेपाल सरकारका पूर्ब श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि, गुल्मी क्षेत्रनं२का सभासद गोकर्णराज बिस्ट यतिखेर गृह जिल्ला गुल्मी आईपुग्नु भएको छ।केहि दिन अगाडि कुल पुजाको लागि बाग्लुड०को बुर्तिबाड०तर्फ गईरहेका गुल्मी,दोहलीका कार्की परिवारका सदस्य हरूको जीप दुर्घटनामा परि मृत्यु भएका आफन्त परिवार हरू लाई समवेदना ब्यक्त गर्न सभासद बिस्ट मंसिर २७गते दिऊस१२ बजे गुल्मीको दोहली पुग्ने कार्यक्रम छ।

कुल पुजाको लागि गुल्मी बाट बुर्तिबाड०जाने क्रममा मध्य पहाडि लोक मार्गमा भएको जिप दुर्घटनामा परी १६जना गुल्मेली हरूको दुखद निधन भएको थियो।उक्त घटनाका घाईते हरूको उध्दारको लागि सभासद बिस्टको पहलमा सैनिक हेलिकप्टर जिप दुर्घटनास्थलमै आएको थियो।सभासद बिस्ट स्वयं आफै घटनास्थलमा उपस्थित भई घाईते हरू लाई उपचारको लागि काठमान्डौ लगेको समाचारले त्यतिखेर निकै चर्चा पाएको थियो। आज सभासद बिस्ट गुल्मीको सदरमुकाम तम्घासको रेसुंड०गा नगरपालिका भित्रका बिभिन्न स्थानमा आयोजित कार्यक्रममा ब्यस्त रहनु भयो।नेकपा का वडा सचिव गोपाल पुन साथै नुमबहादुर, यमु तथा विकास पुन एवं कुमारी पुन, मन्जु पुनलगायतको आमा धनकला पुनलाई श्रद्धान्जली दिन आयोजित कार्यक्रममा पुग्नु भयो।यसैगरी आजै सभासद बिस्ट तम्घास स्थित जिल्ला पार्टि कार्यलयमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागि हुनु भएको थियो।आजै सभासद बिस्ट रेसुड०गा नगरपालिका वार्ड नं५,६,७मा निर्माण गरिएको ट्री हाउसको अवलोकन गर्नु भएको छ।
यसै गरी सभासद बिस्ट मंसिर २८गते मुसिकोट नगरपालिका वार्डनं७स्थित महेन्द्र आदर्श नमुना मा बि,वामीटक्सारको अभिभाबक भेला तथा वार्षिकोत्सव समारोहको समापन कार्यक्रममा सहभागि हुनुहुनेछ।सभासद बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएका मंसिर २८पछाडिका कार्यक्रम हरूमा सभासद बिस्ट यतिखेर पुग्न नसक्ने अबस्था आएको बताईएको छ।सत्तारूढ दल नेपाल कम्यूनिस्ट पार्टि(नेकपा)स्थायी कमिटीको बैठक भएकोले मंसिर २८गते काठमान्डौ फर्किने बताईएको छ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् छलफलका विषय
मंसिर २६, २०७६ काठमाडौं ः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार ९आज० दिउँसो १ बजेबाट बस्दै छ। उक्त बैठकमा गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनबारे, भ्रातृ संघसंस्थाबारे, भारतले हालसालै जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको विषयबारे छलफल हुने कांग्रेसले जनाएको छ। ‘आज बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा हुन्छ। पार्टीका महत्वपूर्ण विभाग गठनबारे पनि छलफल हुनेछ,’ पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसका भ्रातृसंस्था नेविसंघ, तरुण दलको विवादको समाधानको विषयमा र अरू समसामयिक राष्ट्रिय विषयमा छलफल हुनेछ।’ उनका अनुसार पार्टीको क्रियाशील सदस्यता वितरणको विषयमा र कालापानीलगायत नेपाली भूभागको सिमा अतिक्रमणको विषमा पनि बैठकमा छलफल हुनेछ। भ्रातृ संघसंस्थाको विषयमा भएको विवाद समाधान गर्न सहमहामन्त्री डा। प्रकाशशरण महतले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले तयार गरेको प्रतिवेदन बैठकमा पेश गर्नेछन। बुधबार दिउँसो बसेको पदाधिकारीहरुको बैठकले बिहीबार बस्ने बैठकको एजेण्डाहरुको टुंगो लगाएको थियो।


















