गुल्मीमा २२ बर्षे युवा मृत फेला

0
394

तिलाचन पाण्डे
मंसिर २८ २०७६ गुल्मी ः गुल्मीमा २२ बर्षे युवा मृत फेला परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ जैसीथोकका २२ बर्षिय कमल खत्री घरनजिकै गोरेटो बाटोबाट करिब एक सय ५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
शुक्रबार साँझ कुलपुजाका पाहुनाहरुलाई सबै ब्यबस्था मिलाई घरबाट बाहिर निस्केका खत्री शनिवार बिहान मृत अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनाको अबस्था हेर्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको र घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

SHARE