शिक्षाको जग बलियो नभई देश समृद्ध बन्दैन

0
616

मंसिर २७, २०७६ बर्दिया ः शिक्षा विद डा। विद्यानाथ कोइरालाले शिक्षाको जग बलियो बनाउन सुझाब दिएका छन्। गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापन तथा पढाइस्तरमा सुधार गर्नुपर्ने उनले बताएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको विद्यालय शिक्षा सबलीकरणका लागि शैक्षिक गन्‍तव्‍य निर्धारण कार्यक्रममा बोल्दै डा। कोइरालाले शिक्षक व्‍यवस्थापन तथा पढाइस्तर सुधार गरी शैक्षिक सुधार गर्न नगरपालिकालाई आग्रह गरे। डा। कोईरालाले शिक्षाको गुणस्तर सुधारको जिम्मा अब स्थानिय तह, बिद्यालय, शिक्षक तथा अभिभाबक र बिद्यार्थि सबैको चासोको बिषय भएको बताएका छन्। यस्तै उनले हरेक विद्यालयमा अध्यानरत विद्यार्थिले सिकेको सिपलाई पहिचान गरेर आर्थिक क्षेत्रसँग जोड्नुपर्ने आबश्यकता देखिएको समेत औंल्याएका छन्। सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पछ्याउन आर्थिक हिसाबबाट मात्रै सबल भएर हुँदैन उनले भने, यसका लागि सन्तुष्टि अनिवार्य छ। त्यसका लागि शिक्षाको जग बलियो हुनुपर्छ अनि मात्रै देश समृद्ध बन्न सक्छ। गुणस्तरीय र सीपमूलक शिक्षाको सुरुवात अब ठाकुरबाबाले गर्नुपर्छु शिक्षाविद् कोइरालाले भने, ुयसका लागि हरेक बालबालिकाको क्षमता पहिचान गर्नु जरुरी छ।ु ठाकुरबाबा नगरपालिका स्थापनादेखि नै नगरपालिकाले शिक्षामा विशेष जोड दिँदै आएको छ। नगरका हरेक बालबालिकाले शान्त वातावरणमा पढ्न पाउने अवस्था सिर्जना गर्नतर्फ नगरको ध्यान केन्द्रित भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।
थाहाबाट

SHARE