घाइतेहरुको उपचार खर्च पुर्वमन्त्री बिष्टले गर्ने

0
648

तिलाचन पाण्डे
मंसिर २७ , २०७६ गुल्मी ःमंसिर १७ गते जिप दुर्घटनामा परि घाइते भएकाहरुको औषधी उपचारको ब्यबस्था आफूले जिम्मा लिने पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए ।
बिष्टले इश्मा गाउँपालिका वडा नं ४ पोयापाटामा शुक्रबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै बिष्टले इश्माका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षिय जीवन कार्कीको उपचारको सबै ब्यबस्था आफूले गर्ने बताए ।
१७ गते मंगलबार बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङ्गमा सवारी दुर्घटनामा परि ज्यान गुमाएका १६ जना मध्ये ११ जना इश्मा गाउँपालिकाका मात्रै भएको भन्दै बिष्टले दुःख ब्यक्त गर्दै शोक सन्तब्ध परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दै घाइतेहरुको स्रिघ स्वास्थ्य लाभको कामना गरे ।
यस्तै इश्मा गाउँपालिकाले मृतकका परिवारलाई प्रति ब्याक्ति रु २० हजारका दरले राहत दिने भएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले मृतकका परिवारलाई प्रतिब्याक्ति २० हजारका दरले राहत दिने जानकारी दिदै घटनामा उद्धार देखि दाहासंस्कार गर्दा सम्मको खर्च गाउँपालिकाले बेहोर्ने बताए ।
यस्तै श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले घटनाको बारेमा बास्तबिक छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन राज्यले नसकेको भन्दै घटनाको बारेमा बास्तबिक छानबिन गर्न आग्रह गरे ।
घाइतेहरुलाई बिष्टको पहलमा उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । घाइते भएका चार बर्षिय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका २ का १८ बर्षिय जीवन कार्कीको भने काठमाण्डौमा उपचार भइरहेको छ ।


गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंसिर १७ गते मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परेकाहरुमध्ये १० जनाको सोहि दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको थियो । भने ज्यान गुमाउने अधिकाशं इस्मा गाउँपालिकाका भएको भन्दै इस्मा गाउँपालिकाले बुधबार १८ गते सार्वजनिक बिदा दिएको थियो ।

SHARE