मृतकका आफन्त जनहरूलाई भेट्न सभासद बिस्ट गुल्मीमा

0
693

मंसिर२६ रामकृस्ण कंडेल,वामीटक्सार

नेपाल सरकारका पूर्ब श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि, गुल्मी क्षेत्रनं२का सभासद गोकर्णराज बिस्ट यतिखेर गृह जिल्ला गुल्मी आईपुग्नु भएको छ।केहि दिन अगाडि कुल पुजाको लागि बाग्लुड०को बुर्तिबाड०तर्फ गईरहेका गुल्मी,दोहलीका कार्की परिवारका सदस्य हरूको जीप दुर्घटनामा परि मृत्यु भएका आफन्त परिवार हरू लाई समवेदना ब्यक्त गर्न सभासद बिस्ट मंसिर २७गते दिऊस१२ बजे गुल्मीको दोहली पुग्ने कार्यक्रम छ।

कुल पुजाको लागि गुल्मी बाट बुर्तिबाड०जाने क्रममा मध्य पहाडि लोक मार्गमा भएको जिप दुर्घटनामा परी १६जना गुल्मेली हरूको दुखद निधन भएको थियो।उक्त घटनाका घाईते हरूको उध्दारको लागि सभासद बिस्टको पहलमा सैनिक हेलिकप्टर जिप दुर्घटनास्थलमै आएको थियो।सभासद बिस्ट स्वयं आफै घटनास्थलमा उपस्थित भई घाईते हरू लाई उपचारको लागि काठमान्डौ लगेको समाचारले त्यतिखेर निकै चर्चा पाएको थियो। आज सभासद बिस्ट गुल्मीको सदरमुकाम तम्घासको रेसुंड०गा नगरपालिका भित्रका बिभिन्न स्थानमा आयोजित कार्यक्रममा ब्यस्त रहनु भयो।नेकपा का वडा सचिव गोपाल पुन साथै नुमबहादुर, यमु तथा विकास पुन एवं कुमारी पुन, मन्जु पुनलगायतको आमा धनकला पुनलाई श्रद्धान्जली दिन आयोजित कार्यक्रममा पुग्नु भयो।यसैगरी आजै सभासद बिस्ट तम्घास स्थित जिल्ला पार्टि कार्यलयमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागि हुनु भएको थियो।आजै सभासद बिस्ट रेसुड०गा नगरपालिका वार्ड नं५,६,७मा निर्माण गरिएको ट्री हाउसको अवलोकन गर्नु भएको छ।

यसै गरी सभासद बिस्ट मंसिर २८गते मुसिकोट नगरपालिका वार्डनं७स्थित महेन्द्र आदर्श नमुना मा बि,वामीटक्सारको अभिभाबक भेला तथा वार्षिकोत्सव समारोहको समापन कार्यक्रममा सहभागि हुनुहुनेछ।सभासद बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएका मंसिर २८पछाडिका कार्यक्रम हरूमा सभासद बिस्ट यतिखेर पुग्न नसक्ने अबस्था आएको बताईएको छ।सत्तारूढ दल नेपाल कम्यूनिस्ट पार्टि(नेकपा)स्थायी कमिटीको बैठक भएकोले मंसिर २८गते काठमान्डौ फर्किने बताईएको छ।

SHARE