हुमाकान्त पोखरेल
पुस १० , २०७६ गुल्मी ः नेपाल कम्युनिष्ट पाटीको एकीकरण पश्चात भातृ संगठन अनेरास्वबियूको एकताको सन्देश गुल्मीबाट भएको छ । साविकको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी) र साविकको नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको आपसि समझदारीमा एकता प्रक्रिया टुंगो लागेको हो ।
२०७५ जेठ ३ मा तत्कालिन माओवादी र एमालेबीच एकता भएपनि विद्यार्थीहरुको एकता प्रक्रिया भने टुंगो लाग्न सकेको थिएन । लामो समयसम्म पनि एकता प्रक्रिया सुरु नगर्दा संगठनलाई असर गर्ने भन्दै दुवै संगठनको आपसि समझदारिमा जिल्लाको एकता प्रक्रिया टुंगो लागेको हो । जसअनुसार दुवै संगठनका अध्यक्ष राजेन्द्र विक्रम कुँवर र भरत चन्द संयोजक रहने गरी ३३ सदस्यिय जिल्ला कमिटीको गठन गरिएको छ । जसमा अहिले २५ जना रहेका छन् भने बाँकी आठजना पछि मनोनित हुने संगठनले जनाएको छ ।
एकीकृत भएसँगै अनेरास्ववियूले संगठन विस्तार अभियानलाई पनि तिब्रता दिने जनाएको छ । बुधबार मदन आश्रित स्मृति भवनमा सम्पन्न जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आगामी माघ १५ गतेसम्म जिल्लाका सबै माध्यमिक विद्यालय तथा क्याम्पसमा इकाई कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका साथै तोकिएको समयमा सम्भव भए स्थानीय तहमा अधिवेसन गरी नेतृत्व चयन गर्ने र सम्भव नभए माघ १५ पछि जिल्ला कमिटी सचिवालयको बैठकले स्थानीय तह र जिल्ला अधिवेशनको मिति टुगां लगाउने निर्णय गरेको छ । हरेक स्थानीय तहमा इकाई कमिटी गठन र अधिवेसन गर्न जिम्मेवारी समेत तोकिएको अनेरास्ववियूका संयोजक चन्दले जानकारी दिए ।
वैठकले प्रत्येक जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यले मासिक रुपमा लेबी संकलन गर्ने, २०७७ सालको भित्तेपात्रो प्रकाशन गर्ने तथा संगठन विस्तारको अभिलेख पठाउने र अध्यावधिक गर्ने पनि निर्णय गरेको छ । त्यस्तै बैठकले यसभन्दा अगाडी सचिवालयले गरेका निर्णहरुको अनुमोदन गरेको अर्का संयोजक कुँवरले बताए । सचिवालयले संगठन विस्तार संचालन प्रक्रियामा सहजताको लागि विभिन्न विभाग गठन गरेको थियो । जसअन्तरगत प्रशिक्षण विभागमा राजेन्द्र विक्रम कुँवर, आर्थिक विभागमा भरत चन्द, संगठन विभागमा श्रीराम महत, प्रकाशन विभागमा उदय अर्याल, खेलकुद विभागमा नविन अर्याललाई जिम्मेवारी दिइएको छ । प्रचार–प्रसार विभागमा हुमाकान्त पोखरेल, महिला विभागमा लक्ष्मी अर्याल, जनजाति विभागमा बल बहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा गुल्मीका इन्चार्ज दिनेश पन्थीले एकतावद्ध ढगंले संगठन विस्तार अभियानमा सहभागि हुन निर्देशन दिए । कार्यक्रममा नेकपाका जिल्ला सचिव विर बहादुर कार्की, विद्यार्थी इन्जार्च भुपाल पोखरेल, नेकपाका नेता हिरा एसी, विद्यार्थी सह इन्चार्ज ओम कार्की लगायतको उपस्थिति रहेको थियो ।








मंगलबार कार्यलय बन्द गरी गएको र बुधबार बिहान कार्यलय खोल्न आउँदा कार्यलयमा तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेको पन्थीले बताए । सिमलटारी प्रहरी चौकीका प्रहरी साहायक नीरिक्षक शेर बहादुर घर्तीका अनुसार वडा कार्यलयको ताल्चा फोडी ३० हजार चोरी भएको भन्दै घटनाको बारेमा अनुसन्धान भईरहेको भन्दै अन्य भौतिक क्षती भने नभएको जानकारी दिए ।







