वडा कार्यलयको ताल्चा फोडी ३० हजार नगद चोरी

0
432

पुस ९ ,२०७६ गुल्मी ः गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ७ को वडा कार्यलयमा गएराती अज्ञात समुहले तोडफोड गरेको छ ।
मालिका गाउँपालिका वडा नं ७ घमिरका वडा अध्यक्ष बेदप्रसाद पन्थीका अनुसार आफू बस्ने कार्यकक्षमा चाबी फोडेको बताउँदै वडा सचिबको कार्यकक्षमा रहेको मंसिर महिनाको आन्तरिक आम्दामी तर्फको करिब ३० हजार नगद चोरी भएको पन्थीले बताए । अन्य कम्प्युटर लगायतका साम्रागी केही नभएको पन्थीले बताए ।

मंगलबार कार्यलय बन्द गरी गएको र बुधबार बिहान कार्यलय खोल्न आउँदा कार्यलयमा तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेको पन्थीले बताए । सिमलटारी प्रहरी चौकीका प्रहरी साहायक नीरिक्षक शेर बहादुर घर्तीका अनुसार वडा कार्यलयको ताल्चा फोडी ३० हजार चोरी भएको भन्दै घटनाको बारेमा अनुसन्धान भईरहेको भन्दै अन्य भौतिक क्षती भने नभएको जानकारी दिए ।

SHARE