
पुस ९, २०७६ काठमाडौं ः २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण करिब साढे चार खर्ब रुपैयाँ खर्च भइसकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले काठमाडौंमा गरेको छलफलका योजना आयोगका पूर्व सदस्य डा। गोविन्द नेपालले चालु आर्थिक वर्षमा समेत गरी पुनर्निमार्णमा साढे चार खर्ब खर्च भइसकेको जानकारी गराएका हुन्।
भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको विज्ञहरूको भनाई छ। पुनर्निर्माणले आर्थिक बृद्धि एवं रोजगारी सिर्जनामा पनि सहयोग पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीले बताए। उनले पुनर्निर्माणको क्रममा स्वदेशी कच्चा पदार्थको प्रयोग गरिएकाले पैसा बाहिर जान नपाएको र जनताको हात हातमा पैसा पुगेको बताए। उनले सेजनसँगको सहकार्यमा गरिएको भूकम्पपछिको पुनर्निर्माणको नेपाली अर्थतन्त्रमा प्रभाव अध्ययन निष्कर्ष पुर्याउने पनि बताए।
द्वितीय तथ्यांकका आधारमा तयार पारिएको प्रारम्भिक प्रतिवेदनले रोजगारी र आर्थिक बृद्धिमा पुनर्निर्माणको योगदान देखाएको छ। आर्थिक वर्ष २०७४र०७५ मा कुल रोजगारीको करिब ७ प्रतिशत भूकम्पले क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माण रोजगारी दिएको जनाइएको छ। यस्तै निर्माण क्षेत्रलाई मात्रै आधार मान्दा ५१ प्रतिशत रोजगारीमा योगदान दिएको डा। निर्मलकुमार राउतले बताए। प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।गोविन्दराज पोखरेलले आर्थिक बृद्धिमा पुनर्निर्माणको योगदानको अध्ययन गर्दा निजी क्षेत्रको लगानीको पनि अध्ययन गर्न सुझाव दिए। उनले पुनर्निर्माणमा सरकारी मात्र नभई निजी क्षेत्रको पनि ठूलो लगानी रहेकाले यसलाई पनि समेट्नु पर्ने बताए।
थाहाखबरबाट







