सूर्यग्रहण सकियो

0
530

पुस १०, २०७६ काठमाडौं ः बिहानदेखि लागेको खण्डग्रास सूर्यग्रहण समाप्त भएको छ। काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देखा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। बिहान १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ। यो ग्रहणमा करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेको र यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन्। आजको खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका धेरै ठाउँबाट देखिएको छ। कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको थियो। सुर्यमा ग्रहण लागेपछि त्यसले प्रभावित क्षेत्रको तापक्रममा असर गरेको जानकारहरुले बताएका छन्।

SHARE