पुस १२ मा गुल्मी काँग्रेसको बैठ्क

0
675

रमेश विश्वकर्मा
गुल्मी, पुस ९ गुल्मी ः नेपाली काँग्रेस गुल्मीको बैठक यहि पुष १२ गते हुने भएको छ । बैठ्क पार्टी कार्यालय वी।पी। स्मृति भवन क्याम्पस रोड तम्घासमा हुने भएको सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

बैठ्कमा राष्ट्रिय मेलमिलाप दिबसको बारेमा विशेष छलफल, पार्टीको स्थानीय संगठनको समायोजन र गठन सम्बन्धी विशेष छलफल तथा पार्टीको भावि रणनीतिको बारेमा पनि विशेष छलफल गरिने सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

बैठ्कमा नेपाली काँग्रेस गुल्मीका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु, जिल्लाका केन्द्रीय सदस्यहरु, क्षेत्रीय सभापतिहरु, पूर्व जिल्ला सभापतिहरु, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको समेत सहभागिता रहने छ ।

SHARE