शिक्षा लाई ब्यबहारिक र सर्ब सुलभ बनाऊन आबश्यक:प्रदेश सभासद खड्ग के सी

0
799

रामकृस्ण कंडेल,वामीटक्सार पुष ९ .

प्रदेश सभासद खड्ग के सी ले शिक्षा लाई ब्यबहारिक र सर्ब सुलभ बनाऊन आबश्यक रहेको बताऊनु भएको छ।मुसिकोट नगरपालिका ५ इन्द्रेगौंडा गुल्मीको ने रा मा वि को ५९औं वार्षिकोत्सवको समापन समारोह लाई प्रमुख अतिथीको रूपमा संबोधन गर्दै सभासद के सी ले सामुदायिक बिधालयमा राज्यको ठुलो लगानी हुदै आएकोले सोही अनुसारको प्रतिफल दिनु पर्ने कुरामा समेत जोड दिनु भयो।

संबोधनको क्रममा सभासद के सी ले आफु यसै क्षेत्र बाट बिजयी भएको प्रसंग दोहोराऊदै यस बिधालयको बिकासको लागि आफु आर्थिक,भौतिक,नैतिक जस्तो सुकै सहयोग गर्न तयार रहेको बताऊनु भएको थियो। कार्यक्रमका बिशेष अतिथी मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माले बार्षिकोत्सब कार्यक्रमको सफलताको कामना गर्दै बिधालय लाई हामी सबैको हो भन्ने भावना जगॉऊदै अगाडी बड्नु पर्ने कुरा बताऊनु भएको छ।संबोधनको क्रममा बिशेष अतिथी शर्माले बिधालयको आर्थिक पक्ष लाई मजबुत गरॉऊदै शैक्षिक गुणस्तर कायम गर्नु पर्ने कुरामा सुझाब ब्यक्त गर्नु भयो। कार्यक्रममा विशिष्ट अतिथि हरु नेकपाका नगर इन्चार्ज जीवन खरेल,सामाजिक संयोजक हरि छन्तेल, वार्डनं५वडा अध्यक्ष भागिरथ खरेल,मुसिकोट नगरपालिका शिक्षा शाखा प्रतिनिधि देबिराम शर्मा,त्रिभुवन मा बि कुर्घाका पूर्ब प्रधानाध्यापक रमेश खरेल लगायतको बिशेष उपस्थिति रहेको थियो। यहि पौष ७,८ र ९ गते बिद्यालयले बिबिध कार्यक्रम हरू आयोजना गरी बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ।५८औं बार्षिकोत्सब समारोहको अवसरमा बिधालयले अन्तरसदनात्मक बिबिध कार्यक्रम हरू आयोजना गरी बिधार्थी हरूको क्षमता प्रस्फुटन गराउने प्रयास गरिएको थियो।

बिधालयका प्रधानाध्यापक डिल बहादुर अधिकारीले हाल सम्मको बिधालयको समग्र आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। बिधालयले आजै लामो समय सम्म यस बिधालयमा अध्यापनरत शिक्षिका कमला भन्डारी लाई सम्मान गरेको बताईएको छ।

SHARE