Friday, June 5, 2026

जहाज चढ्ने गुल्मेलीको चाहना पूरा

0

तिलाचन पाण्डे
बैशाख २९,२०८०गुल्मी : जिल्लाबाट नियमित जहाज चढ्ने गुल्मीलेको चाहना पूरा भएको छ। शुक्रबार बिहान नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो।

काठमाडौंबाट जहाजमा गुल्मी आएका रेसुंगा नगरपालिका १ का अखिलेश्वर पाण्डेले वर्षौँदेखिको सपना पूरा भएको र यात्रा सहज भएको बताए। जहाजमा गुल्मी आएका ७२ वर्षीय भोजबहादुर भुजेलले काठमाडौंबाट ५० मिनेटमा जिल्ला आउन पाउनु राम्रो भएको प्रतिक्रिया दिए।

यस्तै गुल्मीबाट काठमाडौं जान लागेका तम्घासका मोहनप्रसाद पाण्डेले गुल्मीबाट एक घण्टामै काठमाडौं पुग्न सकिने भएकाले गुल्मेलीको वर्षौदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे।

काठमाडौंबाट रेसुंगा विमानस्थलमा यात्रा गर्ने यात्रुलाई नगरप्रमुख खिलध्वज पन्थीले विमानस्थलमा टीका र खादा लगाएर स्वागत गरे।

रेसुंगा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुंगा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३०० रुपैयाँ लाग्नेछ।

साताको दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने स्वीकृत भए पनि अहिलेका लागि शुक्रबार मात्रै उडान भर्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट रेसुंगा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका छ। काठमाडौंबाट रेसुंगा विमानस्थल सम्मको दूरी ५० मिनेटको छ। जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पनि विमानस्थल पुग्न सकिन्छ।

रेसुंगा विमानस्थल रेसुंगा नगरपालिकाको वडा नम्बर–१० को सिमीचौरमा पर्छ। ०६३ सालमा रेसुंगा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए। तर निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो।

विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो। त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रदर्शन उडान गरेको थियो। विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो।

यो विमानस्थल धावनमार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर छ। १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो। विमानस्थलमा हालसम्म निर्माणमा करिब ३५ करोड खर्च भइसकेको छ।

विमानस्थल नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाका नागरिकलाई सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने अपेक्षा गरिएको छ। विमानस्थलबाट गुल्मी जिल्लासँगै जोडिएका जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङ्जाका नागरिकले सेवा लिन सक्नेछन्।

मालिका गाउँपालिकाबाटै श्रम स्विकृति

0

बैशाख २९,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेको छ ।

आज शुक्रबार मालिका गाउँपालिका (३ ह्वाङ्दिका लिल बहादुर बुढा मगरले पहिलो पटक रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति प्राप्त गरेको रोजगार शाखाका प्रमुख खेमराज गैरेले बताए ।

आवश्यक कागजात पूरा गरि पेस गरेको २४ घण्टा भित्र श्रम स्वीकृति उपलब्ध हुने गैरेले उल्लेख गरे ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाउँदा खुसी भएका छन् ।
साथै अब श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन बुटवल ,काठमाडौ जानु पर्ने बाध्यता हटेको छ ।

नागरिकको पैसा,समयको बचत हुनुका साथै राज्यको माथिल्लो तहले प्रदान गर्दै आएको सेवा सुविधा स्थानीय तहमा आउनु सकारात्मक पक्ष रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर , रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित गाउँपालिकाको रोजगार शाखामा निःशुल्क अनलाइन आवेदन दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले उल्लेख गरे ।

आगलागीका घटना रोक्न सशस्त्र प्रहरी द्वारा सचेतना कार्यक्रम

0

वैशाख२८,२०८० गुल्मीःपछिल्लो समय आगलागीका घटना बढे संगै सशस्त्र प्रहरी बल गुल्मीले त्यस तर्फ चासो दिएको छ ।

सशस्त्र प्रहरी बल ,नेपाल नम्बर ३७ हेडक्वाटर गुल्मीले आगलागी नियन्त्रण तथा रोकथामको लागि विद्यार्थी बिच सचेतना कार्यक्रम गरेको सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख निभन खड्काले बताए ।

 

खड्काका अनुसार बैशाख १९ गते सिद्धबाबा मावि र बैशाख २७ गते महेन्द्र माविका विद्यार्थी बिच सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

सशस्त्र प्रहरी बल निरीक्षक विवेक लामिछाने नेतृत्वको टोलीले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई आगोको तत्व,आगोको वर्गीकरण ,आगलागी हुनुको कारण ,आगलागी नियन्त्रणको लागि पुर्व तयारी,आगलागी भएमा के गर्ने ,आगलागी नियन्त्रण गर्दा ध्यान दिनु पर्ने विषयवस्तु सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको हो ।


साथै आगलागीको उच्च जोखिम रहेका जिल्लाका अन्य स्थानमा पनि आगलागी सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने सशस्त्र प्रहरी बल गुल्मीले जनाएको छ ।

पाल्पामा ४० वर्षीय पुरुष मृत फेला

0

वैशाख २८,२०८० पाल्पा : पाल्पाको तानसेन नगरपालिका–५ का ४० वर्षीय कलिम खाँ मृत अवस्थामा फेला परेका छन्।

फर्म भन्दा केही टाढा तानसेन–रानीमहल सडकखण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनी तानसेन–१३ गाइघाट नजिकै राजा एकीकृत कृषि तथा कालिज फर्म सञ्चालन गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गुल्मी वितरण केन्द्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचन

0

वैशाख २८,२०८० गुल्मी :नेपाल बिद्धुत प्राधिकरण वितरण केन्द्र गुल्मीमा आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको छ।

 

पेशागत रुपमा रहेका संघ संगठनमा आबद्ध  २४ जना कर्मचारीहरु जिल्लामा मतदाता रहेको निर्बाचन अधिकृत तथा वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

 

बिहान ८ बजेबाट सुरु भएको मतदान साझ ४ बजेसम्म हुने र मत गन्न सुरु गरिनेछ।

मतदान गर्दै गर्दाको तस्बिरहरु:

आगोमा जलेर ४ जनाको मृत्यु

0

माधब पौडेल
बैशाख २७ ,२०८० अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ।

 

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

 

घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको उनले बताए।

 

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा विहान ७ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ।

 

अस्मिता बेल्बासेको मिसन अस्पतालमा उपचार भइरहको छ ।

गुल्मीको रेसुङ्गा विमास्थलबाट हप्ताको २ दिन उडान हुने

0

अनिल खत्री
वैशाख २७,२०८० गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न पाउने अनुमति दिएको हो । रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार लाग्नेछ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको पन्थीले बताए ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो हुदै विमानस्थल पुग्न सकिन्छ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो ।

त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रर्दशन उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

 

०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ ।

विमानस्थल नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ । विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुंग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्नेछन् ।

डढेलोका घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

0
फाइल तस्विर

वैशाख २७,२०८०दैलेख : आठविस नगरपालिका(६ को माल्या जङ्गलमा बुधबार भएको डढेलोमा जलेर घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

डढेलोमा घाइते भएकामध्ये ४ जनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कोहलपुर पठाइएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। घाइते भएका अर्का एक जनाको उद्धार गरी कोहलपुर पठाउने तयारी गरिएको लम्सालले बताए।

डढेलोमा सिकिस्त हुनेहरूमा आठविस नगरपालिका(६ का भैरे विक, प्रज विक, नवीन विक र नैना विकलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुर पठाइएको र अन्य एक जना वसुन्धरा विकलाईसमेत हेलिकप्टरबाट उद्धारको तयारी गरिएको प्रहरी प्रमुख लम्सालले बताए।

अन्य घाइतेमध्ये छत्रा बिक, जौकला बिक, मौती र मीन विकको स्थानीय राकम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माण गर्न गएका स्थानीय वनको डढेलोमा घाइते भएका प्रारम्भिक अध्ययनबाट देखिएको र घटनाको थप विवरण सङ्कलन भइरहेको दैलेख प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी काण्डका सबैलाई कार्बाहीको दायरामा ल्याउन माओवादी गुल्मीको माग

0

वैशाख २६,२०८० गुल्मीः नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कार्बार्ही गर्ने कुरामा प्रचण्डलाई पछि नहट्न माओवादी केन्द्र गुल्मीले माग गरेको छ ।

पार्टीले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै सो पार्टीले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका सहित विभिन्न चर्चित काण्डमा संलग्नहरु सबैलाई कानुनी दायरमा ल्याउन आफ्ना पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री मन्त्री प्रचण्डसंग माग गरेको हो ।

माओवादी केन्द्र गुल्मीका इन्चार्ज बीरबहादुर कार्की र सचिव अशोक थापा मुक्तीले उक्त ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई प्रधानमन्त्री कार्यालयमा पठाउनका लागि बुझाएका छन ।

विज्ञप्तीमा भनिएको छ–‘ नेपाल र नेपालीको विकासको मुख्य बाधक तत्व भ्रष्ट्रचार र भ्रष्टचारी हुन । सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारले भ्रष्टचार र भ्रष्टचारीका विरुद्ध चालेको कदमले आगामी दिनमा भ्रष्टचार न्युनिकरण हुने बिश्वास आम नागरिकमा जागेको छ ।

राजनीति दलको आडमा नक्कली भुटानी शरणार्थीहरु खडा गरी नेपालीलाई पशु सरह बेच्ने गिरोहका केहि नाईकेहरुलाई हालै प्रहरीले पक्राउ गरेको छ भने केहि फरार छन । सांसद भित्र र बाहिर उच्च ओहदामा रहेका ब्यक्तिहरु र संस्थाले समेत भ्रष्ट्रचारी र तिनका नाईकेहरुलाई कानुनी दायरमा ल्याउन सहयोग गर्नुको साटे ‘ जो चोर उसैको ठुलो स्वर ’भन्ने चरितार्थ हुन्छ ।

राजनैतिक दलको जिम्मेवार पदमा रहेकाहरुले ग्रैह–रारजनैतिक शब्द प्रयोग गरी धाकधम्की देखाउने , घुमाउरो परामा उक्त काण्डमा मुछिएका भ्रष्टहरुलाई लुकाउने र संरक्षण गर्ने दुस्साहस गरिरहेको ब्योरा सम्माननिय प्रधानमन्त्रीज्युलाई अवगत गराउन चाहन्छौं । तपाईको नेतृत्वमा स्थापित वर्तमान सरकारले भ्रष्टचारी र तिनलाई संरक्षण गर्ने महा–भ्रष्टचारी बिरुद्ध भईरहेको कार्यहरुले नागरिक स्तरमा ठुलो आशा र भरोसा जागेको छ ।


नक्कली भुटानी शरणर्थी खडा गरेर राष्ट्रलाई लज्जित पार्ने देशद्रोही भ्रष्ट गिरोह र तिनलाई संंरक्षकहरुको बिरुद्ध कठोर कदम चाल्न हामी बिनम्र अनुरोध गर्दछौ । यस कार्यले आई पर्ने चुनौतीहरुको बिरुद्ध आम न्याय प्रेम गुल्मेली जनतासंगै सिङ्गो पाटी तपाईको साथमा छ । ’

जिल्ला ईन्चार्ज कार्की र सचिव थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सो पार्टीका ५ सुत्रिय मागहरु यस्ता छन –‘ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा असुल्ने सबै गिरोहहरुलाई सार्वाजानिक गरी कार्बाही गर । यस काण्डका आरोपितहरुलाई तुरुन्तै गिरफ्तार गर । भ्रष्टहरुले असुलेको रकम राज्यकरण गर ।

ओम्नी , यति काण्ड , वाईटबडी , बालुवाटार जग्गा , ३३ किलो सुन प्रिन्टिङ मेशिन खरिद , स्वास्थ्य सामाग्री खरिद प्रकरण लगायतका भ्रष्ट्रचार काण्डमा संलग्नहरुलाई यथासिंघ्र सार्वाजानिक गरी कार्बाही गर ।
सो पार्टीले आफ्नै अध्यक्ष बिरुद्ध लगाईएको आरोपको क्यान्टेनमेन्ट प्रकरणको समेत सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । त्यस अघि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो पार्टीले भ्रष्टहरुलाई कार्बाही गर्ने प्रधानमन्त्री प्रचण्डलाई खुट्टा नकमाउने जोड गरेको थियो ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु

0

वैशाख २६,२०८० काठमाडौं : कक्षा १२ को परीक्षा मंगलबार शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पहिलो दिन मंगलबार नयाँ पाठ्यक्रमतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू भाषा तथा साहित्यको परीक्षा हुनेछ। यस्तै पुरानो पाठ्यक्रमतर्फ अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा हुनेछ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे। यो वर्ष देशभर चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जानकारी दिएको छ। यसका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो, त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेसँगै अब ‘नन ग्रेडेड’ ल्याएका विषयको मात्रै परीक्षा दिए हुने भएको हो।

पहिलेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसले गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ‘ड्रप आउट’ हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हो।

परीक्षा जेठ ५ गते सम्म चल्नेछ ।