नक्कली भुटानी शरणार्थी काण्डका सबैलाई कार्बाहीको दायरामा ल्याउन माओवादी गुल्मीको माग

0
155

वैशाख २६,२०८० गुल्मीः नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कार्बार्ही गर्ने कुरामा प्रचण्डलाई पछि नहट्न माओवादी केन्द्र गुल्मीले माग गरेको छ ।

पार्टीले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै सो पार्टीले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका सहित विभिन्न चर्चित काण्डमा संलग्नहरु सबैलाई कानुनी दायरमा ल्याउन आफ्ना पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री मन्त्री प्रचण्डसंग माग गरेको हो ।

माओवादी केन्द्र गुल्मीका इन्चार्ज बीरबहादुर कार्की र सचिव अशोक थापा मुक्तीले उक्त ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई प्रधानमन्त्री कार्यालयमा पठाउनका लागि बुझाएका छन ।

विज्ञप्तीमा भनिएको छ–‘ नेपाल र नेपालीको विकासको मुख्य बाधक तत्व भ्रष्ट्रचार र भ्रष्टचारी हुन । सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारले भ्रष्टचार र भ्रष्टचारीका विरुद्ध चालेको कदमले आगामी दिनमा भ्रष्टचार न्युनिकरण हुने बिश्वास आम नागरिकमा जागेको छ ।

राजनीति दलको आडमा नक्कली भुटानी शरणार्थीहरु खडा गरी नेपालीलाई पशु सरह बेच्ने गिरोहका केहि नाईकेहरुलाई हालै प्रहरीले पक्राउ गरेको छ भने केहि फरार छन । सांसद भित्र र बाहिर उच्च ओहदामा रहेका ब्यक्तिहरु र संस्थाले समेत भ्रष्ट्रचारी र तिनका नाईकेहरुलाई कानुनी दायरमा ल्याउन सहयोग गर्नुको साटे ‘ जो चोर उसैको ठुलो स्वर ’भन्ने चरितार्थ हुन्छ ।

राजनैतिक दलको जिम्मेवार पदमा रहेकाहरुले ग्रैह–रारजनैतिक शब्द प्रयोग गरी धाकधम्की देखाउने , घुमाउरो परामा उक्त काण्डमा मुछिएका भ्रष्टहरुलाई लुकाउने र संरक्षण गर्ने दुस्साहस गरिरहेको ब्योरा सम्माननिय प्रधानमन्त्रीज्युलाई अवगत गराउन चाहन्छौं । तपाईको नेतृत्वमा स्थापित वर्तमान सरकारले भ्रष्टचारी र तिनलाई संरक्षण गर्ने महा–भ्रष्टचारी बिरुद्ध भईरहेको कार्यहरुले नागरिक स्तरमा ठुलो आशा र भरोसा जागेको छ ।


नक्कली भुटानी शरणर्थी खडा गरेर राष्ट्रलाई लज्जित पार्ने देशद्रोही भ्रष्ट गिरोह र तिनलाई संंरक्षकहरुको बिरुद्ध कठोर कदम चाल्न हामी बिनम्र अनुरोध गर्दछौ । यस कार्यले आई पर्ने चुनौतीहरुको बिरुद्ध आम न्याय प्रेम गुल्मेली जनतासंगै सिङ्गो पाटी तपाईको साथमा छ । ’

जिल्ला ईन्चार्ज कार्की र सचिव थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सो पार्टीका ५ सुत्रिय मागहरु यस्ता छन –‘ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा असुल्ने सबै गिरोहहरुलाई सार्वाजानिक गरी कार्बाही गर । यस काण्डका आरोपितहरुलाई तुरुन्तै गिरफ्तार गर । भ्रष्टहरुले असुलेको रकम राज्यकरण गर ।

ओम्नी , यति काण्ड , वाईटबडी , बालुवाटार जग्गा , ३३ किलो सुन प्रिन्टिङ मेशिन खरिद , स्वास्थ्य सामाग्री खरिद प्रकरण लगायतका भ्रष्ट्रचार काण्डमा संलग्नहरुलाई यथासिंघ्र सार्वाजानिक गरी कार्बाही गर ।
सो पार्टीले आफ्नै अध्यक्ष बिरुद्ध लगाईएको आरोपको क्यान्टेनमेन्ट प्रकरणको समेत सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । त्यस अघि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सो पार्टीले भ्रष्टहरुलाई कार्बाही गर्ने प्रधानमन्त्री प्रचण्डलाई खुट्टा नकमाउने जोड गरेको थियो ।

SHARE