Friday, June 5, 2026

रेसुङामा एकवर्षको उपलब्धि सार्वजनिक

0
जेठ ८,२०८० गुल्मी :गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जनप्रतिनिधि पदबहाली भएपछि एक वर्षको मुख्य मुख्य कार्यहरुले संक्षिप्त जानकारी नगरप्रमुख खिलध्वज पन्थीले जानकारी गराए ।

 

 

रेसुङ्गा नगरपालिकाले एक वर्षमा गुल्मीबाट नियमित हवाई सेवा, गुल्मी अस्पतालमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टरको व्यवस्थान, जिल्ला सदरमुकाम तम्घासमा कालोपत्रे सुरु, गुल्मी अस्पतालमा मृगौला डायलाइसिस मेसिन हस्तान्तरण, मझेङ्ग खानेपानी निर्माणको अन्तिम चरणमा, सालझण्डी पटौटी तम्घास सडकको तिव्र निर्माण र सडक बालबालिकाको व्यवस्थापनमा पहल गरेको नगरप्रमुखले बताएका थिए ।

 

त्यसै गरि चिदिचौर व्यवस्थापन, लोकसेवा कक्षा संचालन, माध्यमिक शिक्षा परिक्षामा ए प्लस ल्याउनेलाई मासिक चार हजार व्यवस्था, रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड सहयोग, रेसुङ्गा क्षेत्रको प्रचारप्रसार लगायतका थुप्रै काम गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

 

एक वर्षको छोटो समय अवधिमा रेसुङ्गा नगरपालिकाले गरेका कामहरुको सम्बन्धमा पत्रकारहरुले नगरप्रमुखको प्रशंसा गरेका थिए । केही कुराहरुमा सल्लाह तथा सुझाव पनि पत्रकारहरुले पेश गरेका थिए ।

नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले एक वर्षको समयलाई फर्केर हेर्दा समुन्नत गुल्मीको यात्रामा तिव्रताका साथ अगाडि बढेको बताउनुभयो । पहिलो वर्षमा विकासका धेरै आयामहरु परिवर्तन गर्न सकेकोमा आगामी चार वर्षमा नगरपालिकालाई समुन्नत बनाउन आफुहरु प्रतिबद्ध रहेको पनि बताउनुभएको थियो ।

 

यस्तै जिल्लाको छत्रकोट गाउँपालिकाले पनि पत्रकार सम्मेलन मार्फत आफ्नो एक वर्षको कार्यकालमा पालिका भित्र भएका सवै क्षेत्रको गतिविधिहरुको सर्वजनिक गरेको छ ।

छत्रकोटमा एक वर्षकोे उपलब्धी :विपन्न ३४ परिवारलाई मिटर जडान देखि प्रशासकीय भवनका लागि जग्गा प्राप्तीसम्म

0
तिलाचन पाण्डे
जेठ ८,२०८० गुल्मी : छत्रकोट गाउँपालिकाले पदवहाली गरेको एक वर्षमा पालिकाका नागरिकहरुको पक्षमा धेरै उपलब्धी हासिल गरेको दाबी गरेको छ ।

उसले पालिका भित्रका विपन्न नागरिकहरु , स्वास्थ्य क्षेत्र , कृषि र पशुपालन लगायत बिकास निर्माणमा धेरै उपल्बधी हासिल गरेको जनाएको हो ।

 

पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले पदवहाली गरेको एक बर्षमा नागरिक मैत्री कार्य गरेको र नागरिकहरुलाई नजिकको सरकारको रुपमा अनुभूती दिन सक्ने गरी काम गरेको दाबी गरेका हुन् ।

 

पाण्डेले पालिका भित्रका ३४ जना विपन्न नागरिकहरुको घरमा अझै पनि आर्थिक अभाबका कारण बिद्युत मिटर जडान गर्न नसकेर बत्तिमुनिको अध्यारोमा बस्न बाध्य भएकाहरुका लागि निशुल्क रुपमा मिटर जडान गरी घर उज्यालो बनाएको बताए ।
यस्तै पालिका भित्रका पाँच हजार २७७ घरधरीका लागि २० युनिट सम्मको बिद्युत महशुल पालिकाले तिरेको र यस कार्यलाई निरन्तरता दिदैँ जाने बताए ।

यस्तै स्वास्थ्य क्षेत्रमा लामो समयसम्म टोल टोलमा नागरिकको सेवामा खटने स्वास्थ्य स्वंय सेबिकाहरुका मासिक एक हजारका दरले पेन्सन दिने कार्य पनि आफूहरुको मुख्य उपलब्धी भएको दाबी गरेका छन् ।
यसरी टोलटोलमा खटने स्वास्थ्य स्वंयसेबिकाहरु उमेर हदबन्दीका कारण ६० वर्षमा सेवा निवृत्तीभरण स्वरुप मासिक एक हजारका दरले पेन्सन दिने कार्य सुरु गरेको हो ।

 

यस्तै पालिकाले शिक्षा,स्वास्थ्य ,सडक , खानेपानी ,कृषि र पशुपालनको क्षेत्रमा पनि बिकासले फड्को मारेको जनाएको छ ।
लामो समयको कसरत पश्चात प्रशाासकीय भवन निर्माणका लागि जग्गा प्राप्ती गर्नु आफलूहरुको  अर्को मुख्य उपलब्धी भएको पाण्डेले बताए ।

आफूले पदभार ग्रहण गर्दाको पहिलो निर्णय पालिकाले  दुई वटा एम्बुलेन्स खरिद गरेर नल्याएसम्म सरकारी सुबिधा वापतको सवारी नचढ्ने घोषण गरेका पाण्डेले एम्वुलेन्स ल्याए पश्चात मात्रै सरकारी गाडी चढेका हुन् ।

 

यस्तै पालिकामा नागरि वडापत्र र हेल्प डेस्क स्थापना गर्नाले सेवाग्राहीहरुलाई सेवा लिनमा सहजता भएको भन्दै आफू सदैव जनताको पक्षमा रहेको र रहने उल्लेख गरे ।

हिमालय माविको अध्यक्षमा खत्री निर्वाचित

0

जेठ ८,२०८० गुल्मी : गुल्मीको हिमालय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुराबहादुर खत्री निर्वाचित हुनुभएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ हस्तिचौरमा रहेको हिमालय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षामा खत्री सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

इस्मा गाउँपालिका–१ का पूर्वअध्यक्ष समेत रहनुभएका चुरा बहादुर खत्री समाजसेवामा क्रियाशील हुनुहुन्छ । उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि विद्यालयको शैक्षिक सुधारमा लाग्ने बताउनुभयो ।

साथै खत्रीले विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नकाे लागि अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले १५ हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो ।

खत्रीले हिमालय माविले २०७३ माघ २५ गतेदेखि सुरु भएको महायज्ञमा पहिलो सहयोग दाताको रुपमा नगद रु एक लाख पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको थियो ।

हिमालय माध्यमिक विद्यालयमा कृषि धार तर्फ प्राविधिक बिषय पनि अध्ययन अध्यापन गराउने एक विद्यालय हो । विद्यालयको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षमा आफु गम्भीर भएर लाग्ने विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित चुरा बहादुरखत्रीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गुल्मीदरबार गाउँपालिकाका घोषणा

0

राम कृष्ण कंडेल

जेठ ७ ,२०८० गुल्मी : नेपालमा पहिलो पटक २०८० साल जेष्ठ ६ गते गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ भब्य कार्यक्रमका विच पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्विनि प्रदेशका प्रदेश साम्सद माननिय धनेन्द्र कार्कीले भब्य कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

प्रमुख अतिथि कार्कीले कार्यक्रममा बोल्दै यस घोषणालाइ दिगो बनाइराख्न र पोषणमैत्रि स्थानिय सासन संचालन तर्फ उन्मुख गाउपालिकालाइ गराउन आफ्नो तर्फबाट सदैव सहयोग रहने बताउनुभयो । पोषणमैत्री स्थानीय तह घोषणाको लागि गाउँपालिकाको स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न आवश्यक १६ वटा सुचक तथा मापदण्डहरु पुरा गर्न हालसम्म भएगरेका गतिविधिहरुको श्रव्य दृश्य सामाग्रि भिडियो डकुमेन्टरी प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकोले पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष तथा पालिका स्तरमा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमितिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिनुभयो ।२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिबद्धता जारी गरी पोषण तथा स्वास्थ्यको क्षेत्रमा थप नविनतम क्रियाकलापहरु संचालन गर्दै ३ बर्षको अथक प्रयास पश्चात शनिवार नेपालमै पहिलो पटक गस गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो ।

 

घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको प्रमुख प्रशासकिय अधिकृत एवम् पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति सदस्य राजिव पन्थीले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका संयोजक थापाले भन्नुभयो–‘पोषणको बस्तुगत बिवरणा संकलन, तयारी, बिश्लेषणा र प्रकाशन, निश्चित सुचक तथा मापदण्डका आधारमा गाउँ, वडा हुँदै शाखागत र पालिका स्तरमा पोषणा सम्पर्क व्यक्ति, पोषण डेस्क स्थापना गर्दै आगामि दिनमा पूर्ण पोषणमैत्री स्थानिय सासनका लागि समेत आवस्यक कार्योजना बनाइनेछ ।

‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ बमोजिम ७ वटै वडाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले सवै सूचकहरु पुरा गरेको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका सदस्य सचिव नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिका, जिल्ला समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मुल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि घोषणा गरिएको छ ।

गर्भवति महिलाले ८ पटक पूर्व प्रसुति जाँच, प्रसुति पछीको ४ पटक जाँच गर्भवति महिलाले टिडि खोप लिएको तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराएको, २४ महिनासम्म वालवालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ ।’ स्वास्थ्य अधिकृत अर्यालले भन्नुभयो –‘जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराएको, कम तौलका शिशुको जन्म नभएको पाईएको, पूर्ण खोपयुक्त वडा घोषणा गरेको लगायतका स्वास्थ्यका सूचक पुरा भएको छ ।’ ‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ मा उल्लेख गरिए अनुसार स्वास्थ्यका सम्पूर्ण सुचकहरु पुरा भएको स्वास्थ्य अधिकृत अर्यालको भनाई रहेको छ ।

‘आईरन चक्की सेवन गर्ने विद्यालयभित्रका रहेका १० देखि १९ वर्षका किशोरीको प्रतिशत सतप्रतिशत रहेको गुल्मीदरबार गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । गाउँपालिकाका सातै वडामा भएका स्वास्थ्य संस्थाहरुमा स्थापना सम्बन्धी तालिम दिइ नमुना करेसाबारी संचालन गरेर सुनौलाहजार दिनका घरपरिवारमा करेसाबारी स्थापना तथा नियमित रुपमा फलफुल, सागसब्जी, गेडागुडीको उपभोग गर्ने सम्वन्धि परामर्श स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको कृषि विकास शाखाका प्रमुख आविश्कार खत्रीको भनाई रहेको छ ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको लागि आवस्यक खानेपानी तथा सरसफाईको पनि महत्वपूर्ण भूमिका हुने गरेको स्वास्थ्य शाखा प्रमुख अर्यालको भनाई रहेको छ । उहाँले अहिले गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा स्वच्छ खानेपानीको लागि पानी शुद्धिकरणका, सफा शौचालय प्रयोग भएको पाइएको छ ।

महिला, किशोरी तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन र पोषण सेवाको सुनिश्चतता र दिगोपना कायमको लागि पालिकालाई पोषण मैत्री स्थनीयशासनको लक्ष्य अनुसार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापाको भनाई रहेको थियो।

उहाँले आगामी दिनमा पोषण मैत्री स्थानीय शासन पद्धतिलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताउनुभयो ।अनुगमन तथा सुचकहरुको प्रमाणिाकरणको लागि सुआहाराका पोषण तथा खाद्य सुरक्षा विषेशज्ञ लिल बहादुर नेपाली र स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले गुल्मीदरबार गाउँपालिकाले सम्पुर्ण सुचक पुरा गरेकाले गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।

गुल्मी जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै समन्वय प्रमुख खत्रीले पोषणको क्षेत्रमा भएका उपलब्धिहरुलाई दिगो बनाई थप प्रगति हासिल गर्नको लागि सवैमा आग्रह गर्नुभयो ।

खत्रीले ‘नेपालले दिगो विकास लक्षअनुरुप सन २०३० सम्ममा कुपोषणलाई अन्त्य गर्ने अन्तराष्ट्रिय प्रतिवद्धता व्यक्त गरिसको छ ।’ समन्वय समितिका प्रमुख खत्रीले भन्नुभयो–‘बहुक्षेत्रीयपोषण योजनाको सफल कार्यन्वयनको कर्तव्य र जिम्मेवारी स्थानीय तहको रहेको छ ।’ स्वस्थ, सुखी र समृछ परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकारलाई बनाएको नारा सफल हुने भएकोले नै पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले बताएको छ ।

शनिवार पालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको रहेको थियो तेस्तै प्रदेश साम्सद धनेन्द्र कार्की प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे र चन्द्रकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष बिष्णु प्रसाद भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो भने गाउँपालिकाका जनप्रतिनिधीहरु छिमेकी पालिकाहरुका जनप्रतिनिधिहरु कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो।

घोषणा समारोहलाई सन्देशमुसलक बनाउनको लागि कार्यक्रम स्थलको बाहिर सात वटै स्वास्थ्य संस्थाहरुको पोषण प्रर्दशनी स्टल राखिएको थियो भने कार्यक्रमको विचविचमा पोषण सम्बन्धि सन्देशमुलक गित नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्यकर्मीहरु विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो ।

विज्ञ केन्द्र गुल्मीको समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

0

तिलाचन पाण्डे
जेठ ६,२०८० गुल्मी : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले स्थानीय तहसंग योजना तर्जुमा तथा समिक्षा बैठक सम्पन्न गरेको छ ।

कार्यालयले शुक्रबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पादन भएका कार्यहरुको समिक्षा तथा आगामी आर्थिक वर्षमा हुने कार्यहरुको योजना तर्जुमा गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख : उपप्रमुख ,अध्यक्ष ,उपाध्यक्षहरुले सुझाब तथा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा पशुहरुमा देखिने लम्की स्किन रोगको बारेमा जिल्ल्लाको हालको अवस्था र आगामी दिनमा रोग नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरुको बारेमा समेत छलफल भएको हो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीको कार्यालयबाट सम्पादित हुने कार्यहरु नागरिक मैत्री ,सहज र सरल रुपमा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजिन्द्र सलामी, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी , स्थानीय तहका प्रमुख :उपप्रमुख ,अध्यक्ष : उपाध्यक्षहरु ,प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक ,सुरक्षा निकायका प्रमुखहरु सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

विज्ञ केन्द्रका डाक्टर भरत काफलेको अध्यक्षतामा भएको कार्यक्रमको  संचालन मदन भण्डारीले गर्नु भएको थियो ।

 

गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप

0

तिलाचन पाण्डे
जेठ ५,२०८० गुल्मीः गर्मीयाम सुरु भएसंगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार सबै भन्दा बढी रेसुंगा नगरपालिका भित्रको करिब ५ सय हेक्टर वनक्षेत्रमा आगलागी भएको हो । शर्माका अनुसार जिल्लाका १२ वटै स्थानीय तहका वनक्षेत्रमा आगलागी भएको छ ।

 

वनक्षेत्रमा आगलागी हुने मुख्य कारण स्थानीयहरुले जानाजानी राम्रो घाँस पलाउने आसले आगलागी हुने गरेको पाइएको र आगो लगाउनेहरुलाई पहिचान गरी पक्राउ गरेको शर्माले बताउनुभयो ।

 

पछिल्लो समय वनक्षेत्रमा आगो लगाउने दुई जनालाई पक्राउ गरी वन ऐन २०७६ अनुसार मद्धा दर्ता भएकोे छ । वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनेलाई तीन वर्ष कैद ,६० हजारसम्म जरिवाना र दुबै हुन सक्ने प्रावधान छ ।

 


आगलागी हुन नदिनका लागि कार्यालयले संचार माध्यमहरुबाट उचित प्रचार प्रसार , ज्वलनशिल बस्तुहरुको ब्यवस्थापन र आगलागी भइ हालेमा नियन्त्रणका लागि जिल्लाका सुरक्षा निकायहरुलाई अग्नि नियन्त्रण सामग्रीहरु खरिद गरी हस्तान्तरण गरेको शर्माले बताउनुभयो ।

बिदा बसेर तलब बुझ्दै मेयरकी श्रीमती

0

जेठ ५,२०८०विराटनगर : खाँदबारी नगरपालिका–८ की कम्प्युटर अपरेटर सुशीला थपलियाले बिदा बसेर तलबभत्ता बुझ्ने गरेको पाइएको छ।

नेपाल सरकारको सामुदायिक क्याम्पस वरुण बहुमुखी क्याम्पसकी स्थायी कर्मचारी रहेकी उनी खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाकी श्रीमती हुन्।
लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा सेवाग्राहीलाई असहज हुने गरेको सर्वसाधारणको गुनासो छ।

सोही वडाका राजमणि भण्डारीले उनी दुईतीन महिनासम्म कार्यालयमा अनुपस्थित रहने तर तलब लिइरहने गरेको बताउँछन्।

करार कर्मचारी कार्यक्षेत्रमा हाजिर नभई लामो समय बिदामा बसेर पनि सेवा सुविधा लिएको बताउँदै उनले भने, ‘मेयर साबको आड भरोसामा लिइरहनुभएको छ।’

क्याम्पसका स्थायी ९पूर्णकालीन० कर्मचारी बिहान ११ बजेसम्म अनिवार्य क्याम्पसमै रहनुपर्ने बताउँदै उनले नगरपालिकामा १० बजे हाजिर हुनुपर्ने भए पनि समयमा हाजिर नहुने गरेको उनले बताए।

‘उहाँ वरुण क्याम्पसमा ११ बजेसम्म रहँदा १० बजे नगरपालिकामा हाजिर हुन सक्नुहुन्न भने नगरपालिकामा १० बजे हाजिर हुँदा ११ बजेसम्म क्याम्पसमा रहन सक्नुहुन्न’, उनले भने, ‘तैपनि नगरप्रमुखकी श्रीमती भएको फाइदा उठाउँदै मिलिभगतमा दुबैतिर मिलाएर जागिर खाइरहनुभएको छ।’

उनले करारको जागिर खाएर लामो समय कार्यालयमा हाजिर नभई निरन्तर सेवा सुविधा लिइरहनु भ्रष्टाचार भएको बताए।

राज्यका दुईवटा निकायमा कसैको सोर्स लगाई पूर्णकालीन नियुक्ति खानु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा हाल्नुपर्ने विषय हो कि हैन प्रश्न गर्दै उनले भने, ‘म यो नगरपालिकाको सेवाग्राही र अहिलेका मेयरलाई भोट हालेको मतदाता पनि भएका कारण यो विषय उठाउने मेरो अधिकार हो।’

यसको विषयमा धेरै अघिदेखि गुनासो आए पनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ। यो विषयमा वडानम्बर ८ का वडाध्यक्ष डम्मर कटुवाललाई बुझ्न खोज्दा थपलिया विरामी भएकाले बिदामा रहेको बताए।

बिदा कसरी स्वीकृत भयो थाहा छैन
वैशाख ३ गतेदेखि हाजिर भएयता थपलिया बिदामा रहेको वडा सचिव राधा कटुवालले बताइन्। उनले फोन सम्पर्कमार्फत बिरामी भएकाले काठमाडौँ जाने भन्ने जानकारी गराएको र त्यसयता अरू थाहा नभएको बताइन्।

‘उहाँ वैशाख ३ गतेदेखि हाजिर हुनुहुन्न, काठमाडौँ जानुअघि मलाई फोनबाट बिरामी भएँ, काठमाडौँ पुगेर आउँछु भन्नुभएको थियो’, उनले भनिन्,‘त्यति मात्रै थाहा छ अरू केही थाहा छैन।’ त्यस दिनदेखि यता कार्यालयमा सम्पर्क समेत नगरेको उनले बताइन्।

वडा कार्यालयमा बिदा स्वीकृत अहिलेसम्म नगरेको बताउँदै उनले बिदा नगरपालिकाले नै स्वीकृत गर्ने गरेको बताइन्।

बैठकमा पनि वडा समितिमा बारम्बार कुरा भएको बताउँदै अहिलेसम्म बिदाको जानकारी नआएको बताउँदै उनले भनिन्, ‘कसरी मिलाउनुभयो, कसरी जानुभयो, हामीलाई थाहा छैन।’

वडामा जनसम्पर्कमा आउने सेवाग्राहीले धेरै गुनासो गर्ने गरेको समेत बताउँदै उनले वरुण क्याम्पसमा शिक्षण पेसा पनि गर्ने भएकाले धेरैपटक गुनासो आएको बताइन्।

थपलिया नहुँदा कहिलेकाहीँ कार्यालय सहयोगीलाई राखेर भए पनि काम गर्ने गरेको बताउँदै उनले धेरै काम आफूले नै गर्ने गरेको बताइन्।

अहिले पाँचौँ तहको कर्मचारी राखेर सेवा प्रवाह गर्दै आइरहेको जानकारी दिँदै उनले कर्मचारीको दरबन्दी हुँदा पनि सास्ती बेहोर्नुपरेको भन्ने गुनासो जनस्तरबाट आइरहेको उनले बताइन्। तलबको विषयमा भने नगरपालिकाले नै तलब हालिदिने हुँदा यो विषयमा जानकार नभएको उनले बताइन्।

यो विषयमा थपलियासँग बुझ्न खोज्दा उनी बोल्न चाहिनन्। यो समाचार हामीले थाहाखबरबाट लिएका हौं ।

विद्यार्थीलाई वर्ष भरी पुग्ने शैक्षिक सामाग्री वितरण

0

जेठ ५,२०८० बाँके : बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिधालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिनु भयो ।विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताउनुभयो ।

 

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’ अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्नु हुने एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यबाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्न तर्फ भूमिका खेली दिन आग्रह गर्नु भएको थियो ।

 

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं। १ को विधालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताउनु भयो ।

उहाँले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देवराली फाउण्डेशनका अध्यक्ष भिम पौडेल, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम उद्घाटन

0

सुशीला रेग्मी
जेठ ४,२०८० पाल्पाः पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको स्वरुम उद्घाटन गरिएको छ ।

नेपालमै ३२ औँ स्वरुमको रुपमा रामपुरमा शुभारम्भ भएको छ । रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिकामा महिन्द्र्रा कम्पनीको स्वरुम सञ्चालनमा ल्याउनुभएको हो ।

बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विधिवत् रुपमा स्वरुमको उद्घाटन गर्नुभएको छ । स्वरुमको शुभारम्भ गर्नुहुदै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा स्वरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताउनुभएको छ ।

पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर ९नवलपरासी पूर्व० को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउनुहुदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताउनुभयो ।

अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताउनुभएको छ । उहाँले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिनुभएको छ । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा स्वरुम शुभारम्भ गरिएको हो ।

कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गर्नुभएको हो । बिगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ । कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको हो ।

मालिका शैक्षिक सुधार वर्ष घोषणा

0

जेठ २,२०८० गुल्मीः गुल्मीको मालिका गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्ष घोषणा गरेको छ ।

शिक्षा क्षेत्रमा यस वर्ष उल्लेखनीय कार्य गर्ने योजनाका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरि विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने र बसाइँसराइ रोक्ने उदेश्यका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

के के छन् त योजना ?

शैक्षिक सुधार वर्ष घोषणालाई सफल बनाउन गाउँपालिकाले विभिन्न योजना अघि सारी काम गर्दै आएको छ ।
गाउँपालिका भित्र रहेका सबै तीन सय ५२ शिक्षकलाई उनिहरु तह,विषय र क्षेत्र अनुसार तालिम प्रदान गरिएको शिक्षा शाखाका प्रमुख भुमबहादुर घर्ती मगरले बताए ।

त्यस्तै यो वर्ष विद्यालय समायोजन र दरबन्दी मिलान गरेर गाउँपालिकाकाले महत्त्वपूर्ण खुड्किला पार गरेको उपाध्यक्ष उपेन्द्र अर्यालको दावी छ ।

पालिका भित्रका २० वटा विद्यालयमा एकर एक तह घटाईएको छ । विद्यार्थी सङ्ख्याका आधारमा कक्षा घटाइएको सहायक शिक्षा शाखा प्रमुख सुरज जिसीले बताए । त्यस्तै कक्षा घटुवा हुँदा आएका ८ वटा दरबन्दीलाई आवश्यक विद्यालयमा पुर्ती गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा एक देखि तीन सम्म एकीकृत पाठ्यक्रम मुल्यांकन प्रणाली लागू गर्ने ,कक्षा पाँचको परिक्षालाई पालिका स्तरीय बनाउनुका साथै कक्षा पाँच र आठको नतिजा अनुसार विद्यालयलाई पुरस्कृत र दण्डीतको प्रावधानको व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

यसका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,विद्यालयका प्रधानाध्यापक र गाउँपालिका बीच कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

विद्यालय भित्र राजनीतिक कार्यक्रम तथा क्रियाकलापलाई पुर्ण रुपमा बन्देज गरिएको छ । नतिजाको जिम्मेवार हुने गरि विद्यालयमा तहगत इन्चार्ज र अनुशासन इन्चार्ज तोकिएको छ ।

महिनाको एक पटक अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समितिको बैठक बस्नु पर्ने ,विद्यालयको व्यवस्थापकीय क्षेत्र र शैक्षिक गुणस्तरको बारेमा समय समयमा पालिकामा प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

५० प्रतिशत व्यवस्थापन र ५० प्रतिशत शैक्षिक गुणस्तरका आधारमा विद्यालयको मुल्यांकन गरि पहिलो हुनेलाई सम्मान र अन्तिम हुनेलाई कारबाही गर्ने मापदण्ड समेत गाउँपालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।