गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप

0
241

तिलाचन पाण्डे
जेठ ५,२०८० गुल्मीः गर्मीयाम सुरु भएसंगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार सबै भन्दा बढी रेसुंगा नगरपालिका भित्रको करिब ५ सय हेक्टर वनक्षेत्रमा आगलागी भएको हो । शर्माका अनुसार जिल्लाका १२ वटै स्थानीय तहका वनक्षेत्रमा आगलागी भएको छ ।

 

वनक्षेत्रमा आगलागी हुने मुख्य कारण स्थानीयहरुले जानाजानी राम्रो घाँस पलाउने आसले आगलागी हुने गरेको पाइएको र आगो लगाउनेहरुलाई पहिचान गरी पक्राउ गरेको शर्माले बताउनुभयो ।

 

पछिल्लो समय वनक्षेत्रमा आगो लगाउने दुई जनालाई पक्राउ गरी वन ऐन २०७६ अनुसार मद्धा दर्ता भएकोे छ । वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनेलाई तीन वर्ष कैद ,६० हजारसम्म जरिवाना र दुबै हुन सक्ने प्रावधान छ ।

 


आगलागी हुन नदिनका लागि कार्यालयले संचार माध्यमहरुबाट उचित प्रचार प्रसार , ज्वलनशिल बस्तुहरुको ब्यवस्थापन र आगलागी भइ हालेमा नियन्त्रणका लागि जिल्लाका सुरक्षा निकायहरुलाई अग्नि नियन्त्रण सामग्रीहरु खरिद गरी हस्तान्तरण गरेको शर्माले बताउनुभयो ।

SHARE