Friday, June 5, 2026

थानपती निमाविमा पहिलो पटक ईन्टरनेट जडान

0

जेठ २३.२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयमा पहिलो पटक ईन्टरनेट जडान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको विशेष पहलमा वल्ड लिन्क कम्पनीको नेट जडान गरिएको शिक्षक राजु पौडेलले जानकारी दिए ।

विद्यालयमा नेटको सुविधा नहुदा शिक्षक तथा विद्यार्थी ईन्टरनेट बाट बञ्चित भएका थिए ।

अहिलेको एक्काइसौं शताब्दीमा पनि विद्यालयमा ईन्टरनेट पहुँच नहुनु दु:खद विषय रहेको हुँदा आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न साथ त्यस तर्फ चासो दिदै विद्यालयमा नेट जडान गरेको अध्यक्ष खड्काले बताए । साथै ईन्टरनेटको दुरुपयोग भन्दा पनि उपयोग गर्न शिक्षक तथा विद्यार्थीलाई अध्यक्ष खड्काले आग्रह गरेका छन ।

 

इन्टरनेटले विद्यालयमा पठनपाठनमा सहजता ल्याउने हुँदा सिक्ने र सिकाउने कार्य प्रभावकारी हुने शिक्षक राजु पौडेलले बताए ।

दुर्घटना कम गर्न सडकमै सवारी साधन र चालकहरुको स्वास्थ्य परीक्षण

0

जेठ २२,२०८० गुल्मीः सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा बस, ट्रक, जीप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा सवारी चेकजाँच तथा चालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो ।

 

जिल्ला आँखा उपचार केन्द्र, गुल्मी मोडल हस्पिटल, प्राबिधिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ को तम्घास–सिमलटारी सडक खण्डको अर्खलेमा सडकमै पुगेर चेक जाँच तथा स्वास्थ्य परीक्षण गरिएको थियो । ८५ वटा साना–ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या देखिएको थियो । सवारीहरुमा समेत समय–समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी सवारी साधन चलाउनको लागि चालकहरुलाई आग्रह गरिएको आचार्यले बताउनुभयो ।

 

दुर्घटनाको एउटा पक्ष चालकको स्वास्थ्य र सवारी साधानको अवस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको गुल्मी यातायात प्रालिका सञ्चालक हिमाल कुँवरले बताउनुभयो । चेक जाँचको क्रममा समस्या भए यातयात प्रालिले आफना सदस्यहरुलाई सहजीकरणका लागि बिभिन्न सहयोग गर्ने उहाँको भनाई छ ।

जिल्लाको उपल्लो तम्घासबाट सुरु भएको अभियान जिल्लाका बिभिन्न स्थानमा पुगेर चेकजाँच गरिने छ । ट्राफिक प्रहरीको सक्रियतामा यो अभियान जिल्ला भर सञ्चालन गरिने कुँवरले बताउनुभयो ।

 

बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रशिक्षण दिँदै आएको छ

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

0

जेठ २२,२०८० : पाल्पामा आइतबार साँझ भएको जीप दुर्घटमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारको क्रममा गएराति अरु २ जनाको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

मृतक सबै अर्घाखाँचीका हुन्। अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का जीप चालक २६ वर्षीय रमेश विक, ५५ वर्षीया श्यामकला परियार र ४४ वर्षिय बिजय पोख्रेल, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतमको मृत्यु भएको हो। तीनजनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताए।

 

रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार बेलुकी रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका १० जनाको उपचार विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पाल्पा जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

0

जेठ २२२०८०पाल्पा : पाल्पामा आइतबार बेलुकीपख भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।  ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पाल्पाबाट अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ की ५५ वर्षीया श्यामकला परियार,  जिप चालक सोही ठाउँका २६ वर्षीया रमेश विक, सोही गाउँपालिका वडा नम्बर २ पोखराथोकका २५ वर्षीया सीता गौतम, सोही ठाउँका २ वर्षीय संयोग गौतम रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु१च ९०२४ नम्बरको बोलेर जिप रैनादेवी छहरा- ८ सत्यवतीस्थित किउरे छेडामा हिजो बेलुकी साढे ५ बजे दुर्घटना भएको हो।

घाइतेमध्य ५ जनाको अवस्था गम्भीर छ। उनीहरूको रुपन्देहीको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिप माथिल्लो सडकबाट तल्लो सडकमा खसेको छ। करिब ७० मिटर तल खसेको थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

0

जेठ २१,२०८०पाल्पा : पाल्पामा आइतबार साँझपख जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

पाल्पाबाट अर्घाखाँचीको पाणिनी जाँदै गरेको लु१च ९०२४ नम्बरको बोलेर जिप रैनादेवी छहरा- ८ सत्यवतीको चिउरे छेडामा दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीले तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार तीन जनाको मृत्यु भएको आशंका गरिएको छ। १२ जना घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन।

घाइते सबैको उद्वार गरि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको छ।

जिपमा १५ जना सवार थिए। जसमध्ये ८ जना बालबालिका रहेका घटनास्थल पुगेका थापाले बताए।

जिप माथिल्लो सडकबाट तल्लो सडकमा खसेको छ। करिब ७० मिटर तल खसेको उनले बताए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यार्सा टिप्न गएका एक भुलको मृत्यु

0

जेठ २०,२०८०सुर्खेत : डोल्पामा यार्सा टिप्न गएका जाजरकोटका एक पुरुषको मृत्यु भएको छ। जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेनाका अन्दाजी ३९ वर्षीय जंगबहादुर भुलको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनी गत वैशाख २२ गतेदेखि यार्सा टिप्न डोल्पोबुद्ध गाउँपालिका– ३ तास्कीको थाङबुचे पाटनमा थिए।

 

शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याइएको थियो। स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भइरहेकै अवस्थामा उनको आज शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

 

रामपुर साहित्यिक प्रतीष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन

0

सुशीला रेग्मी
जेठ २०,२०८० पाल्पा : रामपुर साहित्यिक प्रतीष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन कार्यक्रम भएको छ ।

प्रतीष्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा राधाकृष्ण मन्दिर रामपुर नगरपालिका वडा नं ५ मा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष ढकालले संस्था स्थापना देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनु भएको छ । रामपुर क्षेत्रमा लुकेर रहेका साहित्य श्रष्टाहरु संस्था गठन भएपछि संस्थागत रूपमा अगाडि बढेको र पछिल्लो समय साहित्यमा विभिन्न उमेर समुहको आकर्षण बढेको अध्यक्ष ढकालले बताउनुभएको छ ।

प्रमुख अतिथि लुम्बिनी वाङमय प्रती ष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भण्डारी रहनु भएको हो । प्रमुख अतिथि भण्डारीले अन्य साहित्यिक संस्थाको तुलनामा यश संस्थाले रचनात्मक कार्य गरेको बताउनुहुदै संस्थका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । संस्थाका सचिव गोविन भट्टराईले संस्थाको वार्षिक प्रतीवेदन पढेर सुनाउनु भएको छ । उपाध्यक्ष हुमा देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव गोविन भट्टराईले गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार दिपकमणि अर्याल र राधाकृष्ण मन्दिरका अध्यक्ष शिवकुमारी वाग्लेलाई सम्मान गरिएको छ । अधिवेशनले मित्रलाल गौतम अध्यक्ष रहेको ११ सदस्यीय नया साहित्यिक प्रतीष्ठान गठन भएको छ । समितिको उपाध्यक्षमा हुमा देवकोटा, सचिवमा दिपकमणि अर्याल, सह सचिवमा शोभा केसि, कोषाध्यक्ष कुन्तादेवि गैरे, सदस्यहरुमा समीर पौडेल, नारायण प्रसाद ओस्ति, मनोज भुजेल, दानस मल्ल, तारा तिवारी, नोलराज भण्डारी र सरिता रेग्मी चुनिनु भएको छ ।

नवनिर्वाचित समितिका अध्यक्ष मित्रलाल गौतमले संस्थाको नीति नियममा रहेर काम गर्ने प्रतीवद्द्ता जनाउनु भएको छ । संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले साहित्यिक प्रतिष्ठानले रामपुरमा हरेक महिना नियमित रचनावाचन गरेर छरिएर रहेका साहित्यिक श्रष्टालाई एकिकृत गरेको बताउनुभएको छ ।

मुसिकोटमा आफ्नै नगर प्रहरी

0

जेठ २०,२०८० गुल्मीः स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ ।

 

नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ अनुसार मुसिकोटले एकजना नगर प्रहरी सहायक निरिक्षक र ४ जना जवान गरी ५ नगर प्रहरी भर्नाका लागि लागि दरखास्त आह्वान गरेको थियो । तर नगर प्रहरी सहायक निरिक्षकका लागि एक जनाको दरखास्त परेकोमा सक्षम उम्मेदवार नभएपछि पहिलो चरणमा ४ जना नगरप्रहरीको भर्ना गरिएको हो ।

बुधवार एक कार्यक्रमकाबीच नवनियुक्त नगर प्रहरीको आधारभुत तालिम समापन तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कँुवरका अनुसार नगरवासीको शान्ति सुरक्षा र अपराधका घटना न्यूनीकरण र नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने सोच स्वरुप नगर प्रहरीको भर्ना गरिएको हो । उनीहरुले औपचारिक रुपमा बिहिवारबाट काम सुरु गर्ने मुसिकोट नगरपालिका नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलका अनुसार नगर प्रहरी कार्यविधिले ३५ बुँदामा रहेर उनीहरुको काम, कर्तव्य तोकेको छ । नगरका नीति, कानुन मापदण्ड कार्यान्वयन गर्र्ने, नगरको सम्पति र सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, स्थानीय स्तरमा हुने मेला, महोत्सव तथा चाडपर्वमा सुरक्षा व्यवस्था, प्राकृतिक, सांस्कृतिक सम्पदा र गौरवका योजनाको संरक्षण, सार्वजनिक जग्ग्गा अतिक्रमण, विपद व्यवस्थापनमा खोजी, राहत तथा पुर्नस्थापना र नगर सरसफाइ व्यवस्थापन लगायत शान्ति सुरक्षाका काम नगर प्रहरीले गर्ने उहाँको भनाई छ ।

नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । संविधानले स्थानीय सरकारलाई आवश्यकता अनुसार प्रहरी भर्ना गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि ८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११९२० मा नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरीसम्बन्धी नीति, कानुन र मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ । संविधानले दिएको सोही अधिकारमा टेकेर स्थानीय सरकारले गाउँ तथा नगर प्रहरी सञ्चालनसम्बन्धी ऐनकार्यविधि निर्माण गरी काम गरिरहेका छन् ।

जिटिभी नेपालबाट

अर्खबाङ्गमा ६९ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन

0

जेठ २०,२०८० गुल्मीःगुल्मीको मालिका गाउँपालिका – ४ अर्खबाङ्ग स्थित भ्यागुतेघाट झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन । उद्घाटनगर्दै अध्यक्ष अर्यालले झोलुङ्गे पुलले नागरिकको  जीवन यापनमा सहजता ल्याएको बताए ।

६९ मिटर लम्बाई र १ दशमलव ६ सेन्टिमिटर चौडाइ रहेको पुल यसै आर्थिक वर्षमा पुल सम्पन्न भएको गाउँपालिकाका प्राविधिक डिल्लीराज खनालले बताए ।

झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम अन्तर्गत३६ लाख १४ हजार ९५ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो । जहाँ केन्द्रिय सरकारको ८५ प्रतिशत ,गाउँपालिकाको १३ प्रतिशत र स्थानीय उपभोक्ताको २ प्रतिशत लगानी रहेको छ ।

 

पुलले वडा नम्बर चारको अर्खबाङ्ग र काभ्रेलाई जोडेको छ । यस झोलुङ्गे पुलबाट एक सय १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन भने वडा नम्बर तीन ह्वाङ्दी र दुई दर्लिङ्गका जनताले समेत सेवा लिने गाउँपालिकाले जनाएको छ ।

सभापति देउवाविरुद्ध गगनले संघर्ष गर्ने

0
फाइल फोटो

जेठ १९,२०८० काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

 

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने लगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन्।

 

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमति आफूलाई सह्य नहुने बताए। उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरे।