जेठ २०,२०८० गुल्मीःगुल्मीको मालिका गाउँपालिका – ४ अर्खबाङ्ग स्थित भ्यागुतेघाट झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन । उद्घाटनगर्दै अध्यक्ष अर्यालले झोलुङ्गे पुलले नागरिकको जीवन यापनमा सहजता ल्याएको बताए ।
६९ मिटर लम्बाई र १ दशमलव ६ सेन्टिमिटर चौडाइ रहेको पुल यसै आर्थिक वर्षमा पुल सम्पन्न भएको गाउँपालिकाका प्राविधिक डिल्लीराज खनालले बताए ।
झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम अन्तर्गत३६ लाख १४ हजार ९५ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो । जहाँ केन्द्रिय सरकारको ८५ प्रतिशत ,गाउँपालिकाको १३ प्रतिशत र स्थानीय उपभोक्ताको २ प्रतिशत लगानी रहेको छ ।
पुलले वडा नम्बर चारको अर्खबाङ्ग र काभ्रेलाई जोडेको छ । यस झोलुङ्गे पुलबाट एक सय १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन भने वडा नम्बर तीन ह्वाङ्दी र दुई दर्लिङ्गका जनताले समेत सेवा लिने गाउँपालिकाले जनाएको छ ।