Friday, June 5, 2026

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

0

असार ,२०८० सिन्धुली : घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताउनुभयो ।

यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

अनेमसंघ क्रान्तिकारी गुल्मीको संयोजकमा थापा

0

जेठ ३२ ,२०८० गुल्मी : नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीको संयोजकमा गीता थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

 

बिहीबार गुल्मी जिल्ला सदरमुकाम तम्घास स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न जिल्ला भेलाले थापालाई संयोजकमा सर्वसम्मत निर्वाचित गरेको हो । जसको सह–संयोजकमा मञ्जु दर्लामी, सचिवमा तारा खनाल निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेकी संगठनकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पनुले राज्य व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब प्राप्त उपलब्धिको रक्षाका लागि सबै महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

त्यसका साथै उनले महिलाहरुको हित र रक्षा माओवादी केन्द्रले मात्रै गर्न सक्ने दाबी गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज वीरबहादुर कार्की, संगठनकी केन्द्रीय सदस्य बिनिता रोका, प्रदेश उपाध्यक्ष सृजना तरामु, संगठनकी जिल्ला इन्चार्ज लीला थापा, प्रदेश सचिव टिका ओली लगायतका नेताहरुले मन्तव्य राखेको पार्टीका जिल्ला सचिव अशोक थापाले जानकारी दिनुभयो ।

धुर्कोटमा ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

0

हुमाकान्त पोखरेल

गुल्मी, ३१ जेठ : गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण गरिएको छ ।

मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा ३४ जना अपाङ्गाता भएका नागरिकलाई थर्मस एवम् १३ विपन्न परिवारलाई विद्युत जडानबापतको रकम प्रदान गरिएको वडाध्यक्ष लीला गिरीले जानकारी दिए ।

रामपुरमा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ जेठ : रामपुर नगरपालिका वडा नं ७ को आयोजनामा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल कार्यक्रम भएको छ ।

वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम अल्फा डिजाईन एण्ड डेप्लभमेण्ट प्राईभेट लिमिटेडका परामर्शदाता प्राविधिक अनुराग जोशिले सहजिकरण गर्नुभएको हो ।

जोशिले अहिलेको सडकको मापदण्ड, विकास निर्माणको दिगो व्यवस्थापनका विषयमा सहजिकरण गर्नुभएको छ । अब घर तथा भवन निर्माण गर्नेले न्युनतम छ मिटरसम्मको बाटोको मापदण्ड अनुसार बनाउनुपर्ने जानकारी दिइएको छ । कार्यक्रमको संचालन वडा सचिव गीता पौडेलले गर्नुभएको हो ।

वडाध्यक्ष तिवारीले अन्धाधुन्ध वजेट विनियोजन गरेर गरिएको विकासले गति लिन नसक्ने भएको हुदा गुरुयोजना अनुसार काम गरेपछि विकास निर्माणको कामले तिव्रता लिने बताउनुभएको छ । कार्यक्रममा टोल विकास संस्था, सामुदायिक वन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि लगायतको सहभागीता रहेको थियोे ।

गुनासो सुनुवाईमा प्रतिस्पर्धा गरौः सञ्चारमन्त्री शर्मा

0

दिवाकर पोख्रेल
जेठ ३१,२०८० देउखुरी : नेपाल सरकारका संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दुरसंचार प्राधिकरणले गुनासो सम्बोधन गर्नेमा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ ।

 

नेपाल दुरसंचार प्राधिकणरले दाङको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दुरसंचारको बर्तमान अवस्था समस्या समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले सेवाग्राहीको गुनासो समयमै शम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोस थपिएकोले अविलम्ब गुनासो शम्बोधन गरेर समस्या समाधान गर्ने गरी प्रदेश प्रदेशमा प्रतिष्पर्धा गर्ने निर्देशन दिनुभएको हो ।

 

उहाँले भन्नुभयो,“ अब उही पुरानै शैलिलै हुदैन,जनगुनासो शम्बोधन गरेर सेवाग्राहीको समस्या तत्काल हलगर्ने र तत्काल समाधान हुन नसक्ने खालको समस्या भएपूर्व सूचना गर्ने परिपाटी वसालौ,लागत र जनशक्तीको हिसावले यो काम त्यति ठूलो छैन ।”

नेपाल सरकारको प्रवक्ता शर्माले सरकारको नीति तथा कार्यक्रममा सन २०२३ सम्म नेपालका सबै ठाउँमा संचार सुविधा पु¥याउने लक्ष्य लिएकाले लक्ष्य प्राप्तीको लागि समय तालिका वनाएरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।
पालिकाका केन्द्रसम्म मात्रै संचार सुविधा पु¥याएर नपुग्ने भन्दै उहाँले नेपालको कुना कन्दरा गाउँ बस्तीमा संचार सुविधा पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले पातलो बस्ती छ, थोरै घर छन भनेर हामी पन्छन मिदैन, सामाजिक उत्तरदायित्वको हिसावले पनि हामी सबैलाई संचार सुविधा उपलव्ध गराउनु पर्छ,यो कामको लागि आजै देखि समय तालिका वनाएर काममा लाग्नुस ।”

 

सुगम र प्रदेश राजधानीको जिल्ला भने चीनीने दाङ जिल्लाको नाका क्षेत्र,बंगालाचुली र पश्चिम दाङको गंगटे क्षेत्रमा अझैपनि टेलिफोन सेवा प्रभावकारी नभएको उहाँको भनाई थियो । मन्त्री शर्माले भन्नुभयो । “हाम्रो राजधानीको जिल्लामा संचार सुविधा पुग्न सकेको छैन, लुम्बिनीको पहाडी क्षेत्रमा समस्या झनै बढी छ, सबै सेवाग्राहीको गुनासो सुनेर हलगर्नेगरी गुणस्तरीय सेवा पु¥याउन आवश्यक छ ।” अहिले सूचना र प्रविधि विनाको जीवनको कल्पना पनि गर्न नसकिने भएकोले हाइवेमा देखिने टेलिकमको समस्या तत्काल हलगर्ने गरी कामगर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रम प्रतिनिधि सभा सदस्य नारायणी शर्माले दाङ देउखुरी विशेषगरी नेपाल भारत सिमावर्तीत क्षेत्रका नेपाली नगारिकले भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यतालाई तत्काल हलगर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ हामी यहीबर्ष भित्र सबै ठाउँमा संचार सुविधा पु¥याउने लक्ष्य लिइरहँदा भारतीय सिम प्रयोग गरिरहेका नेपालीले विश्वास गरेरका छैनन, त्यसको लागि युद्धस्तरबाट काम थाल्नुपर्ने देखिन्छ ।” कार्यक्रमका अध्यक्ष तथा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरषोत्तम खनालले सरकारले लिएको लक्ष्य अनुसार प्राधिकरण आफ्नो काम अघि बढाउने जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका नौ वटा जिल्लाका दुरसंचार प्राधिकरण र जनप्रतिनिधीको सहभागिता रहेको थियो । सातैवटै प्रदेशका अन्तरक्रिया थालेको प्राधिकरणले पाँचवटा प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ भने गण्डकी र वागमती प्रदेशमा छलफल र अन्तक्रिया गर्नेछ ।

गुल्मीमा अचेत अवस्थामा फेला परेका  झबिन्द्रको मृत्यु

0

जेठ ३१,२०८० गुल्मीः   गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ ।

 

जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासका  ६० वर्षीय झबिन्द्रप्रसाद मरासिनी वडा नं ७  साखिनेडाँडामा अचेत अवस्थामा फेला परेका थिए ।  उपचारका लागि मरासिनीलाई जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

निजको शबलाई बुधबार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको पाण्डेले बताए ।  मरासिनीका दूई वटी श्रीमती रहेको र केही दिनदेखी घरमा एक्लै रहेको स्थानीयहरुले जनाएका छन् ।

 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

लिची टिप्दा लडेर धनाको मृत्यु

0

जेठ ३०,२०८०पाल्पा : पाल्पाको बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ।

आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

 

गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अत्यधिक गर्मीका कारण रामपुरमा पाँच दिन विद्यालय बन्द

0

जेठ २९ ,२०८० पाल्पाः अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गर्मीका कारण विद्यार्थी प्रभावित भएकाले अभिभावक तथा सरोकारवालाको माग अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विकल काफ्लेले जानकारी दिए । वर्षे र हिउँदे बिदा मिलान हुने गरी हाललाई पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको उनको भनाई छ ।

गर्मीका कारण रामपुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरी विद्यालयहरू सञ्चालनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको काफ्लेले बताएका छ्न् । रामपुरमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । रामपुर क्षेत्र पाल्पाको सबैभन्दा गर्मी हुने क्षेत्र मानिन्छ ।

शिक्षा शाखाले गर्मीको मौसममा विद्यालयहरूबाट निरन्तर तातो हावा तथा लूबाट बच्न सन्देशमूलक सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

मालिकाका अपाङ्गलाई गोला सहित माहुरीका घार वितरण

0

जेठ २९,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिका (१ नेटामा (ग) वर्गका सात जना अपाङ्गलाई गोला सहित माहुरीको घार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७९र८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत माहुरीका घार वितरण गरिएको वडा अध्यक्ष दिपक श्रीसले जानकारी दिए ।
वडा नम्बर १ नेटा का (ग) वर्गका सबै अपाङ्गलाई प्रतिब्याक्ती तीन र तीन वटा घार उपलब्ध गराईएको गाउँपालिकाका प्रशासन शाखाका प्रमुख गोपाल सेनले बताए ।

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।
९ग० वर्गका अपाङ्गको शारीरिक अवस्था अनुसार माहुरी उपयुक्त हुने भट्टराईले उल्लेख गरे ।

 

साथै वडा नम्बर एक नेटा माहुरीको लागि उपयुुक्त क्षेत्र रहेको हुँदा त्यस बाट किसानले राम्रो अवसर लिन सक्ने अपेक्षा गाउँपालिकाको रहेको छ ।

क र ख वर्गका अपाङ्गले राज्य बाट सेवा सुविधा पाउने तर ग र घ वर्गका अपाङ्गले राज्य बाट कुनै सेवा सुविधा नपाउने हुँदा पछिल्लो समय मालिका गाउँपालिकाले ती ब्याक्तिहरुको लागि विभिन्न किसिमका सिपमुलक कार्य गर्दै आएको छ ।

रूपन्देहीमा जीप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

0

जेठ २८,२०८०रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो।

बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्।

घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।