अत्यधिक गर्मीका कारण रामपुरमा पाँच दिन विद्यालय बन्द

0
292

जेठ २९ ,२०८० पाल्पाः अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गर्मीका कारण विद्यार्थी प्रभावित भएकाले अभिभावक तथा सरोकारवालाको माग अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विकल काफ्लेले जानकारी दिए । वर्षे र हिउँदे बिदा मिलान हुने गरी हाललाई पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको उनको भनाई छ ।

गर्मीका कारण रामपुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरी विद्यालयहरू सञ्चालनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको काफ्लेले बताएका छ्न् । रामपुरमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । रामपुर क्षेत्र पाल्पाको सबैभन्दा गर्मी हुने क्षेत्र मानिन्छ ।

शिक्षा शाखाले गर्मीको मौसममा विद्यालयहरूबाट निरन्तर तातो हावा तथा लूबाट बच्न सन्देशमूलक सूचना प्रवाह गर्न आग्रह गरेको छ ।

SHARE