
दिवाकर पोख्रेल
जेठ ३१,२०८० देउखुरी : नेपाल सरकारका संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दुरसंचार प्राधिकरणले गुनासो सम्बोधन गर्नेमा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको छ ।
नेपाल दुरसंचार प्राधिकणरले दाङको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दुरसंचारको बर्तमान अवस्था समस्या समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले सेवाग्राहीको गुनासो समयमै शम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोस थपिएकोले अविलम्ब गुनासो शम्बोधन गरेर समस्या समाधान गर्ने गरी प्रदेश प्रदेशमा प्रतिष्पर्धा गर्ने निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो,“ अब उही पुरानै शैलिलै हुदैन,जनगुनासो शम्बोधन गरेर सेवाग्राहीको समस्या तत्काल हलगर्ने र तत्काल समाधान हुन नसक्ने खालको समस्या भएपूर्व सूचना गर्ने परिपाटी वसालौ,लागत र जनशक्तीको हिसावले यो काम त्यति ठूलो छैन ।”
नेपाल सरकारको प्रवक्ता शर्माले सरकारको नीति तथा कार्यक्रममा सन २०२३ सम्म नेपालका सबै ठाउँमा संचार सुविधा पु¥याउने लक्ष्य लिएकाले लक्ष्य प्राप्तीको लागि समय तालिका वनाएरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।
पालिकाका केन्द्रसम्म मात्रै संचार सुविधा पु¥याएर नपुग्ने भन्दै उहाँले नेपालको कुना कन्दरा गाउँ बस्तीमा संचार सुविधा पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले पातलो बस्ती छ, थोरै घर छन भनेर हामी पन्छन मिदैन, सामाजिक उत्तरदायित्वको हिसावले पनि हामी सबैलाई संचार सुविधा उपलव्ध गराउनु पर्छ,यो कामको लागि आजै देखि समय तालिका वनाएर काममा लाग्नुस ।”
सुगम र प्रदेश राजधानीको जिल्ला भने चीनीने दाङ जिल्लाको नाका क्षेत्र,बंगालाचुली र पश्चिम दाङको गंगटे क्षेत्रमा अझैपनि टेलिफोन सेवा प्रभावकारी नभएको उहाँको भनाई थियो । मन्त्री शर्माले भन्नुभयो । “हाम्रो राजधानीको जिल्लामा संचार सुविधा पुग्न सकेको छैन, लुम्बिनीको पहाडी क्षेत्रमा समस्या झनै बढी छ, सबै सेवाग्राहीको गुनासो सुनेर हलगर्नेगरी गुणस्तरीय सेवा पु¥याउन आवश्यक छ ।” अहिले सूचना र प्रविधि विनाको जीवनको कल्पना पनि गर्न नसकिने भएकोले हाइवेमा देखिने टेलिकमको समस्या तत्काल हलगर्ने गरी कामगर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रम प्रतिनिधि सभा सदस्य नारायणी शर्माले दाङ देउखुरी विशेषगरी नेपाल भारत सिमावर्तीत क्षेत्रका नेपाली नगारिकले भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यतालाई तत्काल हलगर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ हामी यहीबर्ष भित्र सबै ठाउँमा संचार सुविधा पु¥याउने लक्ष्य लिइरहँदा भारतीय सिम प्रयोग गरिरहेका नेपालीले विश्वास गरेरका छैनन, त्यसको लागि युद्धस्तरबाट काम थाल्नुपर्ने देखिन्छ ।” कार्यक्रमका अध्यक्ष तथा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरषोत्तम खनालले सरकारले लिएको लक्ष्य अनुसार प्राधिकरण आफ्नो काम अघि बढाउने जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका नौ वटा जिल्लाका दुरसंचार प्राधिकरण र जनप्रतिनिधीको सहभागिता रहेको थियो । सातैवटै प्रदेशका अन्तरक्रिया थालेको प्राधिकरणले पाँचवटा प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ भने गण्डकी र वागमती प्रदेशमा छलफल र अन्तक्रिया गर्नेछ ।






