मालिकाका अपाङ्गलाई गोला सहित माहुरीका घार वितरण

0
165

जेठ २९,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिका (१ नेटामा (ग) वर्गका सात जना अपाङ्गलाई गोला सहित माहुरीको घार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७९र८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत माहुरीका घार वितरण गरिएको वडा अध्यक्ष दिपक श्रीसले जानकारी दिए ।
वडा नम्बर १ नेटा का (ग) वर्गका सबै अपाङ्गलाई प्रतिब्याक्ती तीन र तीन वटा घार उपलब्ध गराईएको गाउँपालिकाका प्रशासन शाखाका प्रमुख गोपाल सेनले बताए ।

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।
९ग० वर्गका अपाङ्गको शारीरिक अवस्था अनुसार माहुरी उपयुक्त हुने भट्टराईले उल्लेख गरे ।

 

साथै वडा नम्बर एक नेटा माहुरीको लागि उपयुुक्त क्षेत्र रहेको हुँदा त्यस बाट किसानले राम्रो अवसर लिन सक्ने अपेक्षा गाउँपालिकाको रहेको छ ।

क र ख वर्गका अपाङ्गले राज्य बाट सेवा सुविधा पाउने तर ग र घ वर्गका अपाङ्गले राज्य बाट कुनै सेवा सुविधा नपाउने हुँदा पछिल्लो समय मालिका गाउँपालिकाले ती ब्याक्तिहरुको लागि विभिन्न किसिमका सिपमुलक कार्य गर्दै आएको छ ।

SHARE