धुर्कोटमा ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

0
133

हुमाकान्त पोखरेल

गुल्मी, ३१ जेठ : गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण गरिएको छ ।

मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा ३४ जना अपाङ्गाता भएका नागरिकलाई थर्मस एवम् १३ विपन्न परिवारलाई विद्युत जडानबापतको रकम प्रदान गरिएको वडाध्यक्ष लीला गिरीले जानकारी दिए ।

SHARE