Saturday, June 6, 2026

दुर्घटनामा प्रहरी जवानको मृत्यु

0

कात्तिक १२,२०८० बारा : मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो।

प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेका अनुसार शनिबार बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचना पाएपछि खोजी गर्दै जाने क्रममा उनको मोटरसाइकल दुर्घटनामा परेको हो।

आफैँले चलाएको ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनारको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो। प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा १२ः१५ बजे उनको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्न हुन्छ, के गर्न हुँदैन ?

0

काठमाडौँ : आश्विन शुक्ल पूर्णिमामा आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

राति १ : १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ : १९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। राति २ : ३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए। यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो। दिउँसो ४स्१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।

 ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ। अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात्।
पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत्।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर  (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ।

घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ।थाहाबाट

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

0

कार्तिक ४,२०८० बाँके : हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ ।

अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा आज बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष शाहले बताउनुभयो ।

यसअघि नेपालगञ्ज, धरान, सर्लाही लगायत जिल्लामा भएका घटनालाई लिएर बाँकेको नरैनापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठ–मन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई निगरानी बढाउन नरैनापुर गाँउपालिकाले निर्देशन दिएको छ ।

त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झै–झगडा र दुर्घटना हुन नदिन ‘क्वीक रेस्पोन्स टिम’ र चेकिङका लागि मोबाइल गस्ती गरिने प्रहरी निरिक्षक रायमाझीले बताउनुभयो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले चाडपर्व लक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।

कृषिमा पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना: मन्त्री भुसाल

0

दिवाकर पोख्रेल
कात्तिक ४,२०८० :कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताउनुभएको छ ।

बाँझो जमिनमा समेत सिँचाइ सुविधा पु¥याएर खेती गर्न प्रोत्साहन गर्दै अघि बढेको सरकारले धान, मकै, गहुँ, तोरी, तरकारी सबैको उत्पादन बढाउनेगरी काम गरिरहेको मन्त्री भुसालले बताउनु भएको हो । दाङको लमहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोनले सञ्चालन गरेको कार्यक्रमको अनुगमन गर्दै उनले उत्पादन बढाउन कृषि क्षेत्रलाई पूर्ण यान्त्रीकरण गरिने बताउनुभयो ।

उहाँँले भन्नुुभयो,‘अब हलो, कुटो–कोदालोबाट खेती सम्भव छैन, जाने भनेकै यान्त्रीकरणमा हो’, मन्त्रीसरकारले पूर्ण यान्त्रीकरणको लागी कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ मन्त्री भुसालले बाँझो जमिनलाई खेतीयोग्य बनाउन सिँचाइ सुविधा पु¥याउने कार्यक्रम पनि अघि बढाइएको बतानुभयो । यस्तै, किसानले राखेको अनुदानको रासायनिक मल समयमै नआएको गुनासोलाई सम्वोधन गर्दै उहाँले विस्तारै रासायनिक मलको समस्या समाधान हुँदै गएको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो,‘अनुदानको रासायनिक मलको समस्या समाधान हुँदै गएको छ, सरकारले मल ल्याएकै छ, वितरणमा सहजता ल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ ।’ यस्तै, मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी संकलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गर्नुभएको छ । उहाँले ठूलो कोल्ड स्टोर निर्माणको कार्यक्रम असफल भएको भन्दै चिस्यान केन्द्रलाई चेम्बर राखेर सानो आकारमा अघि बढाउन सुझाव दिनुभयो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले किसानले उत्पादन गरेका कृषि उपज र पशुधनको बजारीकरणको लागि संकलन केन्द्रले भूमिका खेल्ने बताउनुभयो । लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले किसानहरूले भोग्दै आएको बजारीकरणको समस्या समाधान गर्न काम अघि बढेको जानकारी दिनुभयो ।

 

तरकारी संकलन केन्द्र, बिक्री केन्द्र र चिस्यान केन्द्र बनाउन ठूलो लगानी लाग्ने अनुमानसहित डिपिआर बनाइएको छ । यस वर्ष १९ लाख २० हजार प्राप्त बजेटलाई कार्यान्वयन गर्न भवन बनाउन थालिएको छ ।

लुम्बिनीको रोक्का जग्गा फुकुवा

0

दिवाकर पोख्रेल
कात्तिक ४ ,२०८० देउखुरी : लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणको लागि रोक्का राखेको जग्गा खुलेको छ । कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

सकारको तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा फुकुवा भएको जानकारी गराइएको छ । २०७७ साल असोज १६ गते तत्कालीन सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो। लामो समय सम्म जग्गा रोक्का हुदा जनजिवन प्रभावित भएको थियो । प्रदेश सरकारले जग्गा फुकुवाको लागि शर्त निर्धारण गर्न समिति गठन गरेको थियो । समितिको निर्णय सिफारिस अनुसार कित्ताकाट नहुने गरी किनबेच सम्म फुकुवा गर्दा जग्गा एकीकरण कार्यमा प्रतिकुल असर नपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्वाधार विकास समितिको बैठकबाट रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो ।

 

सोही निर्णय सिफारिसका आधारमा राप्ती गाउँपालिकाको सबै वडा, गढ़वा गाउँपालिकाको वडा नं. १, २, ३ र अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ मा जग्गा कित्ताकाट नहुने गरी प्रदेश राजधानी क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरिएको हो ।

 

प्रदेश राजधानी गुरुयोजनाले राप्ती नदीको दुवै किनारमा सहरीकरण गर्ने भनी नदी सभ्यतामा आधारित विकसित सहरको अवधारणा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । लक्ष्य कार्यान्वयनका लागि जग्गा एकीकरण आयोजनाले निर्धारण गरेका कार्ययोजनाका शर्तहरु पालना गर्न मन्जुर छु भनि कित्ताकाट नहुने गरी जग्गा खरिदकर्तालाई शर्त निर्धारण गरिएको फाराम हस्ताक्षर सहिछाप गराउने र उक्त फाराम जग्गा बेचविखनको सिफारिस गर्ने स्थानीय तहले जग्गा किनबेचको लिखत पारित हुनुपूर्व चारकिल्ला सिफारिस गर्दा समयमा प्रत्येक जग्गा खरिद र बिक्री कर्ता दुवै पक्षलाई निर्धारित फाराममा सहीछाप गराउने गरी उक्त फाराम जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को अनुसूची ११ मा समावेश गर्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल असोज १६ को निर्णयबमोजिम राजधानी क्षेत्रमा रोक्का रहेका जग्गा पुनः खरिद विक्री रोक्का नगरे सम्मका लागि एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी किनबेच फुकुवा गर्ने लनिर्णय भएको हो । लुम्बिनी प्रदेश राजधानीमा समावेशका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ मा जुनसुकै प्रकारको भवन, जग्गा आदि अचल सम्पतिको कुनै प्रकारले स्वरूप परिवर्तन गर्न नपाउने वा कित्ताकाट गर्न नपाउने वा नयाँ संरचना निर्माण गर्न नपाउने गरी पूर्वाधार विकास प्राधिकरण ऐन, २०७७ को दफा ७ बमोजिमको जग्गा रोक्काको सूचना प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रकाशन गर्ने निर्णय गरिएको हो ।

गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत

0
ग्रामीण स्तरका सडक मर्मत गर्दै । तस्बिर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक ३,२०८० गुल्मीः दशै तिहार जस्ता महान पर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु धमाधम मर्मत गर्न थालिएको छ ।
चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत गर्ने कार्यलाई तीव्रता दिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो । देश तथा विदेशबाट दशै तिहार जस्ता पर्वहरु मनाउन गाउँमा आउनेको सङख्या पनि बढी हुने र वर्षा पनि रोकिएकाले सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ ।

वर्षा रोकिए सङगै विग्रिएका सडकहरुलाई मर्मत तथा सफा गर्दा यात्रामा सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने आफूहरुले विश्वास लिएको दर्लामीले बताउनुभयो ।

यस्तै रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका सबै सडकहरु मर्मत गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । केही दिन पहिले देखी सडक मर्मतका लागि डोजरहरु लगाइएको बताउँदै सडकहरु मर्मत गर्ने कार्यअन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

चन्द्रकोट गाउँपालिकाले वडाबाट कार्यन्वयन हुने गरी बजेट विनीयोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको अध्यक्ष युवराज केशीेले जानकारी दिनुभयो ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ग्रामीण स्तरका सडक मर्मत गर्ने कार्य भइरहेको भन्दै दशैमा वर्षा नभएमा ग्रामीण स्तरका सडकहरु पनि सफा र चिटिक्क हुने दाबी गर्नुभयो ।
जिल्लाका दुई नगर र १० गाउँपालिका सहित १२ स्थानीय तहहरुले ग्रामीण स्तरका सडकहरु मर्मत तथा सफा गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै आएका छन् ।

यता मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले राजमार्गमा खसेका पहिरोहरु पन्छाएको र सामान्य सडक मर्मत गर्नका लागि लेन्थ वर्करहरु लगाएको बताउनुभयो ।

कोशी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियोः सुर्य थापा

0

मनोज कार्की
कात्तिक २,२०८०गुल्मी : कोशी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलिएको नेकपा एमालेका नेता सुर्य थापाले बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपा एमाले गुल्मीका इन्चार्ज थापाले बताएका हुन् ।

उनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको बताए । ‘सत्तागठबन्धनको एउटा टायर पन्चर भएको छ,बाँकी हुँदै जान्छन्’ पत्रकार सम्मेलनमा थापाले भने,“अहिलेको गठबन्धनले दसैं तिहारमात्रै मनाउँछन्, बाँकी भन्न सक्ने अवस्था छैन् ।” पत्रकारले सोधेको प्रश्नमा थापाले केन्द्रमा एमालेले भोगेको नियती प्रदेशमा भोग्न नपर्ने र कोशी प्रदेशमा एमाले सहितको सरकार विस्तार भएको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सुर्य बहादुर थापाले देशमा केही प्रतिगामी स्याल कराईरहेको पनि बताएका थिए । उनले पछिल्लो समय देशमा प्रतिगामी स्याल कराईरहेको र त्यसले केही फरक नपार्ने बताएका हुन् । सत्ता संचालनको नेतृत्वमा पुगेको गठबन्धन सरकारले नागरिकको हक हित विपरीत काम गरिरहेको आरोप लगाए । देशको नेत्रित्व पाएको गठबन्धन सरकारले बजारमा मंहगी,कालोबजारी,विकास निर्माण थप्प,चिनीको हाकार लगायतका समस्याले जनताको ढाड सेकिरहेको उनले बताए ।

गुल्मीमा डोजरले ठक्कर दिँदा ९२ वर्षीय वृद्धको मृत्यु

0

कात्तिक २,२०८० गुल्मीः गुल्मीमा कच्ची सडक सफा गर्ने क्रममा डोजरले ठक्कर दिँदा ९२ वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १४ मा तम्घास देखी पराल्मी जाने कच्ची सडक मर्मत गरीरहेको लु १ क ५०२४ नम्वरको डोजरले ठक्कर दिँदा स्थानीय ९२ वर्षीय कृष्णबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

स्थलगत मुचुल्का तयार गरी मृतकको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका ल्याइएको छ । बिहीबार शबको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने र डोजर चालक प्रहरीको नियन्त्रणमा रहेको पाण्डेले बताए । घटनाको बारेमा थप अनसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

बझाङ केन्द्र विन्दु भएर ४ दशमलव ६ रेक्टरको भूकम्प

0

कात्तिक २,२०८० : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

0

गुल्मी : गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित भएका छन् ।
मङगलबार ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीहरुलाई सम्मान गरिएको गुल्मी जिल्लाका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा कार्यालय मातहतमा रहेर सूचना संकलन, विपद् ,अपराध न्यूनिकरणका साथै विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मान गरिएको हो । यसरी उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्दा काममा थप उत्प्रेरण जाग्ने र आन्तरिक रुपमा पनि प्रतिस्पर्धा हुने उहाँ

को भनाई छ । सम्मानित हुनेमा कार्यालय सहयोगी देखी प्रहरी निरीक्षकसम्म रहेको पाण्डेले जानकारी दिनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले इश्मा र रुरुक्षेत्रमा प्रहरी चौकी निर्माणका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराउँने जग्गादातालाई समेत सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले प्रहरीले गरेको कार्य उत्कृष्ट रहेको बताउँदै आफनो क्षेत्रमा थप परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले विपद्,अपराध अनुसन्धान ,सुरक्षा र नागरिकको सेवामा नजिकबाट कार्य गरेको भन्दै प्रहरीको खुलेरै प्रशंसा गर्नुभयो ।

गृह मन्त्रालयको कार्य सम्पादन मुल्याङकनमा गुल्मी जिल्ला प्रशासन प्रथम हुनुमा पनि प्रहरीको ५० प्रतिशत देन रहेको उहाँको तर्क छ ।