Saturday, June 6, 2026

राज्यमन्त्री सिर्पालीद्धारा जन्मभूमीको बिद्यालयमा अक्षयकोष स्थापना

0

मंसिर १३,२०८० गुल्मीः संस्कृति,पर्यटन तथा नागरिक उडययन् राज्यमन्त्री सुशीला सिर्पालीले स्वर्गीय आमा बुबाको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको छ ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २ साउनेपानीमा रहेको सिद्धमालिका आधारभूत बिद्यालयमा स्वर्गीय आमा बुवा रमीदेवी र धनबहादुर सिर्पालीको नाममा एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

जन्मभूमीको बिद्यालयमा स्वर्गीय आमा बाबुको सम्झनामा एक लाख रुपियाँको अक्षयकोष स्थापना गरेको राज्यमन्त्रीका प्रेस सल्लाहकार गोपी ज्ञवालीले जानकारी दिनुभयो ।

एक लाख रुपियाँको ब्याजबाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने र सो रकमलाई वृद्धि गर्दै लाने मन्त्री सिर्पालीले बताउनुभएको छ ।

बझाङमा ४:१ रेक्टर स्केलको भूकम्प

0

मंसिर १३,२०८०बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो।

 

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४:१ रेक्टर स्केलको भूकम्प गएको हो।

 

गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारीले बताए।

शान्तीपुर घटनाः करणी गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान

0

मंसिर १३,२०८० गुल्मीःकिशोरीलाई जवरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस खाँ पुर्पक्षकका लागि जेल चलान भएका छन् ।

कात्तिक १७ गते जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भइ विगत पाँच महिनादेखी शान्तीपुरमा बस्दै आएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक वहस पश्चात अदालतले पुर्पक्षका लागि जिल्ला कागारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

कात्तिक १६ गते खेतबाट खेतलालाई सुर्ति लिन भनी हिँडेकी किशोरी १७ गते विहान अर्ध नग्न अवस्थामा हुग्दी खोलामा मृत फेला परेकी थिइन् ।

भुपु सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै

0

सुशीला रेग्मी
मंसिर १३,२०८० पाल्पाः भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाको रजत महोत्सव समारोहको अवसरमा पत्रकार सम्मेलन भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन कार्यक्रम भएको हो । कार्यक्रममा रजत महोत्सव समारोहका अवसरमा हुने विभिन्न कार्यक्रमबारे जानकारी दिईएको छ ।

रजत महोत्सवका अवसरमा अन्तर मावि लगायत विभिन्न कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल गोपि सिग्देलले बताउनुभएको छ । विद्यालयले २५ आँै वर्ष पूरा गरेको उपलक्ष्यमा मङ्सीर १४ गतेदेखि विविध कार्यक्रम आयोजना संचालन हुने र १९ गते विधिवत रुपमा रजत महोत्सव समारोह कार्यक्रम मनाउने कार्यक्रम रहेको प्रिन्सिपल सिग्देलले बताउनुभएको छ । रजत स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम सहित मनाउने तयारीलाई तीब्र पारिएको विद्यालयले जनाएको छ ।

रजत महोत्सव समारोहको उद्घाटन भारतीय राजदुतावासका रक्षा सहचारी सहायक नविन जानुले गर्नुहुनेछ । पूर्वी पाल्पाको शैक्षिक क्षेत्रको विकासका लागि वि.सं २०२५ सालमा स्थापना भएको यस विद्यालय हाल सुबिधा सम्पन्न भवनमा संचालित छ । विद्यालय भवन अभावमा चउर, कोठा भाडा हुदै अहिले भौतिक पूर्वाधारमा आफ्नै करिव पाँच रोपनी चार आना जग्गामा विद्यालय भइरहेको विद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक अध्यक्ष अनेरी क्याप्टेन रोमनबहादुर रानाले बताउनुभयो । यस विद्यालयले उत्पादन गरेका विद्यार्थी नेपाल सरकारका विभिन्न निकाय, डाक्टर, इन्जिनियर, भारतीय सेनामा उच्च पदमा कार्यरत रहेको उहाँ बताउनुहुन्छ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरीमा ६० जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल एक हजार ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायमा पठनपाठन सुरु गरेपछि उच्च शिक्षाका लागि विद्यार्थीलाई धेरै सहज भएको छ । दशवर्षे द्धन्द्धकालमा निकै चुनौतीलाई सामाना गर्दै नियमित पठनपाठन गरेको यस विद्यालयले पाल्पा जिल्लामै छुट्टै पहिचान दिन सफल भएको छ । संस्थागत शैक्षिक गुठी अन्तर्गत संचालित यस विद्यालयले सैद्धान्तिक सिकाईका अलवा अन्य विद्यालयको तुलनामा फरक खालका गुन्द्री बुन्ने, दुनाटपरी बुन्ने, बत्ति कात्ने, कृषि कार्य जस्ता अतिरिक्त व्यावहारिक क्रियाकलाप, बालमनोविज्ञानमा पठनपाठन, खेलकुद लगायतका विभिन्न कार्यक्रममा जोड दिएको छ ।

टाढाका विद्यार्थीलाई मध्यनजर गर्दै तीनवटा स्कुल बस सेवा नियमित रुपमा संचालन भइरहेको छ । दुईवटा विद्यालयको आन्तरिक स्रोतमा र एकवटा भारतीय दुतावासको सहयोगमा स्कुल बस सेवा संचालन गरिएको छ । विद्यालयको आन्तरिक खर्चबाट रजत महोत्सव समारोह सम्पन्न गरिने जनाइएको छ । विद्यालयमा छात्रावासको आवश्यकता रहेकाले अब छात्रावास संचालनमा जोड दिने, समयानुकुल शिक्षा संचालन गर्दै जाने पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रधानाध्यापक कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक हरिप्रसाद भट्टराईले गर्नुभएको हो । विद्यालयमा २१८ जना हाल सेयर सदस्य आबद्ध छन् । कार्यक्रमको अवसरमा अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिता र शिक्षकहरु विचको मैत्रीपूर्ण भलिवलको टाईसेट सार्वजनिक गरिएको थियो । रजत महोत्सवको तयारी र व्यवस्थापनका लागि १५ वटा उपसमिति गठन गरी काम गरिरहेको विद्यालयले जनाएको छ ।

पार्टीको ऋण खोजीखोजी तिर्छौं : गुल्मी कांग्रेस

0

टोपलाल अर्याल
मंसिर ११,२०८०गुल्मी : दलहरुले पार्टी गतिबिधी संचालनका क्रममा खर्च गरेको क्रृण नतिरेका गुनासा निकै आउने गर्छन् । यो सवै पार्टीमा समस्या छ ।

दलहरुले चुनाव परिचालनका बेला धेरै खर्च गर्ने र परिणापछि कुनै वास्ता नर्गदा गाउँगाउँमा पार्टी सराप्नेहरु धेरै छन् । अझै पार्टीभित्रकै नेता कार्यक्रर्ता खर्च गरेको रकम नपाउँदा समस्यामा छन् । सोहि समस्यालाई मध्येनजर गरेर गुल्मी कांग्रेसले क्रृण चुक्ता गर्ने योजना अगाडी सारेको छ ।

दोस्रो जिल्ला सम्मेलनपछि पत्रकारसंग कुरा गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आफुहरुले पार्टीमा सुशासन कायम गर्न पुरानो पार्टीको दायित्वमा रहेको क्रृण खोजीखोजी चुक्ता गरेर क्रृणमुक्त कांग्रेस घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पार्टीका हरेक सहयोगको समेत पारदर्शी कायम गर्ने बताए । गुल्मी कांग्रेसको दोस्रो जिल्ला सम्मेलन आइतबार सम्पन्न भएको छ । गुल्मी कांग्रेसले दोस्रो जिल्ला सम्मेलनबाट संगठन बिस्तार र रक्षाको अठोट बोकेको छ ।

सम्मेलनको बन्दसत्रमा पार्टीको बर्तमान अवस्था र आगामी रणनीतिका बिषयमा विभिन्न प्रतिवेदन माथि छलफल भएको थियो । सोहि क्रममा पहिलो पार्टीकै निरन्तरताका लागि गुल्मी कांग्रेसको अठोट, सवल वडा सक्षम टोल अभियान संचालन गर्ने जनाएको छ । सम्मेलनको पहिलो दिन बृहत आम सभा गरेको कांग्रेसले कार्यकर्ताको उत्साहलाई परिक्षण गरेको थियो । सम्मेलन निकै भव्य र सानदार भएको दाबी गर्दै कार्यकर्तामा देखिएको उत्साहलाई वडास्तरसम्म पुराउन नियमित बैठक, लेवि संकलन, प्रशिक्षण, सवै शाखा बिस्तार र प्रशिक्षण गर्ने नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थीले बताए ।

उनले सम्मेलनमा बिगतको समिक्षा, अग्रजहरुको योगदानको स्मरण र आगामी एक बर्षका योजना निर्माण गरिएको जनाउँदै पार्टीका दिवसहरु भव्य रुपमा मनाउने, युवा सम्मेलन गर्ने, युवा उद्यमी सम्मान र प्रोत्साहनको योजना समेत रहेको बताए । साथै सभापति पन्थीले पार्टीको नाममा रहेको दायित्व खोजीखोजी चुक्ता गरेर क्रृणमुक्त कांग्रेस घोषणाको चरणमा रहेको बताए । कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले पुराना दलहरु प्रतिको सद्भाव र माया कार्यकर्ताहरुमा जिवितै रहेको प्रमाण नेपाली कांग्रेसको जिल्ला सम्मेलनले पुष्टी गरेको बताए ।

जनताका प्राथमिकताका मुद्धामा ठुला दल नचुक्दा कार्यकर्ताहरु कत्तिपनि विचलित नहुने देखिएकाले आफुहरु बिकेन्द्रित भएर वडा र बस्तीसम्म पार्टीका योजना संचालनको तयारीमा लागेको बताए ।

जिल्ला सम्मेलन ९ र १० गते तम्घासमा संचालन भएको थियो । सम्मेलनको पहिलोदिन खुल्ला सभामा कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य नैनसिंह महर, डाक्टर चन्द्र भण्डारी, चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरुले संबोधन गरेका थिए ।

जुम्ल्याहा शिशुको शव फेला

0

मंसिर११,२०८० सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५।६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

गुलरियामा आगलागी हुँदा चारजनाको मृत्यु

0
सांकेतिक तस्बिर

मंसिर९,२०८० : बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गुलरिया–४ स्थित तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले जानकारी दिए।

आगलागीमा परी भरतका दुई छोरा आठ वर्षीय कृष र दुई वर्षीय कार्तिकको मृत्यु भएको हो। यस्तै उनकी दिदी ३५ वर्षीय राधा बुढा र भाञ्जी मानुषीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले बताए।

उनका अनुसार भरतकी २८ वर्षीया करिश्मा श्रीमती घाइते भएकी छिन्। उनलाई उपचारका लागि गुलरिया अस्पताल लगिएको छ।

वडाध्यक्ष गौतमका अनुसार राति १० बजेतिर आगलागी भएको हो। चिसोका कारण बालेर कोठामा छाडिएको मकलबाट बिछ्यौना हुँदै आगो सल्किएको जानकारी पाएको उनले बताए।

जुँवाको खालबाट च्याखे नथाप्न राजावादीलाई गगनको चेतावनी

0

मंसिर ९ ,२०८० गुल्मीः नेपाली कांग्रेसका महामन्त्री गंगनकुमार थापाले राजावादीहरुलाई जुँवाको खालबाट च्याखे नथाप्न चेतावनी दिएका छन् ।

शनिबार नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले राजावादीहरुलाई जुँवाको खालबाट नभएर सिधैं आउन चेतावनी दिएका हुन् । आँट भए निर्वाचनको माध्यमबाट बहुमत ल्याएर आउन र कांग्रेस एक्लै भिड्न तयार रहेको उहाँले राजावादीहरुलाई चेतावनी समेत दिए ।

वर्तमान व्यवस्था उल्ट्याउने कसैले सपना देखेको भए त्यो सम्भावना नरहेको थापाले बताएका छन् । नेपाली कांग्रेसले शान्ती र संबिधानको अगुवाइ गरेको भन्दै कांग्रेसलाई पछाडि हट्ने छुट नभएको बताए । फरक एक प्रसंगमा थापाले गुल्मीका उम्मेदवार गुल्मीबाटै टुंगो लगाउनु पर्नेमा जोड दिए । उम्मेदबार छान्दा केन्द्रबाट नभइ स्थानीय स्तरबाट टुंगो लगाउने गरी व्यवस्था राख्ने थापाको भनाई छ ।

बिदेशमा ६ महिनामा निर्माण हुँने विकासका कामहरु यहाँ ६ वर्षमा पनि विकास निर्माणले गति लिन नसकेको बताए ।
नेपाली कांग्रेस गुल्मीको २ दिनसम्म चल्ने सम्मलेनले गुल्मी घोषणा जारी गर्दै आइतबार सम्मेलन सकिनेछ ।

रेसुङा सेवा समाजद्वारा देउसी भैलो खेलेर दुई मृगौलापीडितलाई ४० हजार सहयोग

0

टोपलाल अर्याल
मङ्सिर ८,२०८०गुल्मी:हाम्रो रेसुङा सेवा समाजले देउसी भैलो खेलेर दुई उदाहरणीय काम गरेको छ । देउसी भैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन् । तर, गुल्मीको हाम्रो रेसुंगा सेवा समाजले देउँसी र भैलो खेलेको ४० हजार रकम रेनपा ८ र ९ का दुई मृगौला पीडितलाई प्रदान गरेको छ ।

 

 

सेवा समाजले बुधबार रेनपा ८ कि ५८ बर्षीया पुतलीदेवि थापा र बिहिवार रेनपा ९ का ५३ बर्षका नारायण सुनारलाई २०/२० हजार प्रदान गरेको हो । रेनपा ८ का वडाअध्यक्ष निरन्जन थापाले दुबै मृगौला पीडित पुतलीदेबि सहयोग हस्तान्तरण गर्दै रेसुङा सेवा समाजले मान्छेमा सामाजिक भावना हराउँदै गएका बेला गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेर निकै प्रसंशायोग्य काम गरेको बताए ।

 

 

थापा आर्थिक अभावको कारण डाइलोसिस समेत गर्न नसकेर घरमै थलिदै गएकी छन ।  त्यस्तै रेनपा ९ का दुबै मृगौला पीडित नारायण सुनारलाई निबर्तमान वडाअध्यक्ष नारन सुनारले सहयोग रकम हस्तान्तरण गर्दै पीडितको परिवारमा सेवा समाजले पुराएको योगदानको उच्च प्रसंशा गरे । पीडित सुनारले दुई बर्षदेखि मृगौला डाइलासिस गरिरहेका छन ।

 

हाम्रो  रेसुङा सेवा समाजले महिला नेतृत्वसहित सामुदायिक कामको नमुना प्रस्तुत गरेको निबर्तमान वडाअध्यक्ष सुनारले बताए । सेवा समाजकी अध्यक्ष सरिश्मा नेपालीले लोककल्याणकारी काममा सहयोग पुराउने हिसाबले आफुहरु एकताबद्द भएर समाज मार्फत सामाजिक काममा लागेको बताइन ।

 

उनले देउसीभैलो खेलेपछी कला सस्कृतिको संरक्षणसंगै सामाजिक सहयोग हुने बताइन । सहयोग हस्तान्तरणमा जनप्रतिनिधि, समाजका पदाधिकारीसहित मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा

0

मंसिर ७,२०८० गुल्मीः हरिबोधनी एकादशीको दिन गुल्मीका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार स्थानीय सरकार मातहतका सम्पुर्ण कार्यालयहरु,शैक्षिक संस्थालगायतका कार्यालयहरु बन्द रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आज रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएको छ ।

पबित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।