गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा

0
126

मंसिर ७,२०८० गुल्मीः हरिबोधनी एकादशीको दिन गुल्मीका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार स्थानीय सरकार मातहतका सम्पुर्ण कार्यालयहरु,शैक्षिक संस्थालगायतका कार्यालयहरु बन्द रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आज रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएको छ ।

पबित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

SHARE