शान्तीपुर घटनाः करणी गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान

0
105

मंसिर १३,२०८० गुल्मीःकिशोरीलाई जवरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस खाँ पुर्पक्षकका लागि जेल चलान भएका छन् ।

कात्तिक १७ गते जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भइ विगत पाँच महिनादेखी शान्तीपुरमा बस्दै आएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक वहस पश्चात अदालतले पुर्पक्षका लागि जिल्ला कागारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

कात्तिक १६ गते खेतबाट खेतलालाई सुर्ति लिन भनी हिँडेकी किशोरी १७ गते विहान अर्ध नग्न अवस्थामा हुग्दी खोलामा मृत फेला परेकी थिइन् ।

SHARE