जुम्ल्याहा शिशुको शव फेला

0
132

मंसिर११,२०८० सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५।६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

SHARE