Saturday, June 6, 2026

उच्च शिक्षामा विद्यार्थी घट्दो : सामुदायिक क्याम्पसलाई प्रदेश सरकारले जिम्मा ल्याउन आग्रह

0

दिवाकर पोख्रेल
पुस १४,२०८० देउखुरी : लुम्बिनी प्रदशेको श्रङीश्वर बहुमुखी क्याम्पस गुल्मीमा अहिले जम्मा दुइसय पचास जना मात्रै विद्यार्थी छन् । उक्त क्याम्पसमा प्रध्यापनरत् प्रध्यापक संख्या नौ जना छन् । यस्तै दाङको सिद्ध पृथ्वी क्याम्पस श्रीगाउँमा ६३ जना मात्रै विद्यार्थी छन् ।

उक्त क्याम्पसमा अध्यापनरत् प्राध्यापकका संख्या सातजना छ । योत एउटा उदाहरण मात्रै हो । अहिले उच्च शिक्षा अध्यन गर्ने विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक क्याम्पसमा अध्यापनरत् प्राध्यापकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । पुर्ण रुपमै विद्यार्थी शुल्कमा भर पर्ने साुमदायिक क्याम्पसले विद्यार्थी संख्या घट्न थालेपछि नियमित रुपमा पारीश्रमीक समेत पाउन छाडेका छन् । दाङको गढवा बहुमुखी क्याम्पसमा विद्यार्थी न्युन भएका कारण आम्दानी नभएपछि लामो समयदेखि पारीश्रमिक पाउन छाडेको गढवा क्याम्पसका क्याम्पस प्रमुख विकास रजौरेले जानकारी दिनुभयो ।

 

सरकारी स्तरबाट सामुदायिक क्याम्पसलाई बचाइराख्न प्रयास नभएको भन्दै सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्रध्यापकहरुको छाता संङठन पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालले सरकारलाई पटक पटक दवाव समेत गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रिय अध्यक्ष नरेन्द्र प्रसाद कोइरालाले उच्च शिक्षाको हकमा प्रदेश सरकारले हेर्ने संविधानमै स्पष्ट्र उल्लेख भएकोले प्रदेश सरकार यस्मा गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सामुदायिक क्याम्पसको लागि संघीय सरकार अन्तरगर्त विश्व विद्यालयबाट प्राप्त हुने न्युन मात्राको नियमित अनुदान वाहेक अरु आम्दानी कुनै हुन सकेन, संविधानमा प्रदेश सरकारले उच्च शिक्षा हेर्ने भनेपछि प्रदेश सरकार पन्छन मिल्दैन ।” विद्यार्थी संख्या र नतिजाको आधारमा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको मत छ ।

 

यसैगरी सामुदायिक क्याम्पसको छाता सङ्घठन सामुदायिक क्याम्पस सङ्घले पनि संघीय सरकार र त्रिभुवन विश्व विद्यालयमा पुगेर पटक पटक आफ्ना समस्या अवगत गराएको छ । सङ्घका केन्द्रिय अध्यक्ष शत्रुधन प्रसाद गुप्ताले अब प्रदेशसभाबाट सामुदायिक क्याम्पस व्यवस्थापन ऐन वनाएर सामुदायिक क्याम्पसको व्यवस्थापन तथा नियमन गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्रध्यापकले आधा भन्दा पनि कम पारीश्रमीकमा अध्यापन गरीरहेको स्मरण गराउँदै उहाँले सरकारले सामुदायिक क्याम्पसको पिडा बुझ्न नसकेको भन्दै निराशा व्यक्त गर्नुभयो । त्रिभुवन विश्व विद्यालयमा नयाँ नेतृत्व आउने क्रममा रहेको भन्दै उहाँले साुमदायिक क्याम्पसको संस्थागत र दिर्घकालिन बनाउनको लागि नयाँ नेतृत्वसंग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

 

पब्लिक क्याम्पस प्रध्यापक संङ्घ नेपालको दोस्रो लुम्बिनी प्रदेश भेला तथा अधिवेसनको लागि दाङको लमही स्थित देउखुरी बहुमुखी क्याम्पसमा जम्मा भएका प्रध्यापकहरुले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम वनाउँदा प्रध्यापकहरुको सहयोग ल्याउन आग्रह गर्दै क्याम्पसको योजना विज्ञले बनाउँदा प्रभावकारी हुने बताएका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले सामुदायिक क्याम्पसको समस्या समाधान गर्न सकिने बताउनुभयो । संघ र प्रदेशले धेरै विश्व विद्यालय वनाएर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले उच्च शिक्षाको गुणस्तर कायम राख्दै विद्यार्थीहरुमा सकरात्मक भाष्य मात्रै सिर्जन गर्न सकेमा कक्षा छाड्ने सङ्ख्या कमगर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले ज्यादै नकरात्मक भाष्यको विकास भयो, केहि हुदैन, सकिदैन यहाँ काम छैन भन्ने भान विद्यार्थीमा छ, यस्लाई रोक्ने र विद्यार्थीहरुले अनुसन्धान गर्दै आम्दानी गर्दै पढ्नसक्ने योजना ल्याएर प्रदेश सरकारलाई नीति निर्माणमा सहयोग गर्नुस ।” प्रदेश सरकारले सामुदायिक क्याम्पसलाई राम्रोसंग बुझेको भन्दै उहाँले अनुदान माग्ने र शुल्क बढाउने भन्दा नयाँ विकल्प खोज्न प्रध्यापकलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा ९० वटा सामुदायिक क्याम्पस छन् । उत्त क्याम्पसबाट छानिएका प्रतिनिधिहरुको भेलाले पब्लिक क्याम्पस प्रध्यापक संङ्घको लुम्बिनी प्रदेशको नेतृत्व छान्ने छ ।

 

 

बिहेको भोज खर्च कटाएर निःशुल्क स्वास्थ्य शिविर

0

तिलाचन पाण्डे
पुस १४,२०८० गुल्मीः संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च कटाएर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको छ ।

बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको उहाँले बताउनुभयो । आफनो जन्मभूमी रेसुङ्गा नगरपालिका वडा नम्वर तीनमा रहेको भाडगाँउ माध्यमिक बिद्यालयमा पुस १४ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बस्नेतले बताउनुभयो ।

 

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर सम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मीद्धारा स्वास्थ्य परीक्षण हुने भएको छ । शिविरमा निःशुल्क औषधिको समेत ब्यबस्था गरिएको बस्नेतले जानकारी दिनुभयो । यसका साथै आवश्यकता अनुसार निःशुल्क इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको समेत प्रवन्ध मिलाइएको छ ।

 

शिविरबाट सबैले भरपुर सेवा लिन बस्नेतले आग्रह गर्नुभएको छ । शिविरको प्राविधिक सहयोग शुभलक्ष्मी फर्मा तम्घास र हाम्रो पोलिक्लिनिक रुपन्देही रहेको छ।

यस अगाडि पनि संचारकर्मी बस्नेतले विपन्न र दिनदुखीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

 

अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा बम्रेल

0

पुस १३,२०८० गुल्मी : अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा गिता बम्रेल चयन हुनुभएको छ ।
दोस्रो भेलाले उहाँलाई उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

 

जसको उपाध्यक्षमा निर्मला श्रेष्ठ,कमला राना रहनुभएको छ । यस्तै सचिवमा सोलु रेग्मी क्षेत्री, सह सचिवमा अमृता ज्ञवाली, कोषाध्यक्षमा इन्दिरा ज्ञवाली सहित २९ सदस्य रहेको कमिटि गठन भएको छ ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक युवराज केशी, जिल्ला सचिव अशोक थापा, महिला नेत्रीहरु लीला थापा,गीता थापा लगायत जिल्ला स्तरीय र पालिका स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

१८ वर्षीय किशोरी टहराभित्र मृत फेला

0

पुस १२,२०८० :दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

घरदेखि करिब ६० मिटर दक्षिणतर्फ तुलसीपुर उपमहानगरपालिका –१६ मा रहेको एमटी इट्टा भट्टाले बनाएको खाली टहराभित्र मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

 

मृत भेटिएकी किशोरीलाई बाख्रा चराउन गएका गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मालिकामा प्रावी तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर

0

पुस १२,२०८० गुल्मीःमालिका गाउँपालिकाका प्रावि तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ । अहिले सम्म ल्यापटप र प्रिन्टर नभएका विद्यालयलाई एक कार्यक्रमका बिच वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखाका सुरज जिसीले जानकारी दिए ।

वडा नम्बर दुई दर्लिङ्गको तम्मुडाडा प्रावि,वडा नम्बर ६ अर्जैको कालिका प्रावि, वडा नम्बर ७ घमिरको मैदान चौर प्रावि र वडा नम्बर ८ मर्भुङ्गको सिदेश्वरी प्राविले एक एक सेट ल्यापटप र प्रिन्टर पाएका छन् ।

सूचना प्रविधी मैत्री ,सुचनाको पहुँच विस्तार गर्ने उदेश्यले प्रविधिका सामाग्री वितरण गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्तीमगरले बताए । चार वटा विद्यालयलाई ल्यापटप ,पृन्टर उपलब्ध गराए सङै अब मालिका गाउँपालिकाका सबै प्रावी तहका विद्यालयमा ल्यापटप , प्रिन्टर पुगेको छ ।

निमावि र मावी तहका विद्यालयमा भने यस अगावै पुगिसकेको थियो ।ल्यापटप र प्रिन्टर पाएपछि शिक्षकहरु पनि खुसी भएका छन ।
ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।

चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

0

पुस १२,२०८०काठमाडौं : सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एमपी, एससीएफ, इसीसी जेभी सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

 

जेभीअन्तर्गत पश्चिम बंगाल भारतको एमपी सितानी एण्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म र काठमाडौं सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रालि रहेका छन्। यी निर्माण कम्पनीलाई सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, राजमार्ग योजना कार्यालय कुश्मा पर्वतको सिफारिसमा कालोसूचीमा राखिएको हो।

 

त्यसैगरी पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय कास्कीको सिफारिसमा भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

तीन प्रदेशमा मौसम बदली

0
फाइल फोटो

पुस १२,२०८०काठमाडौं :देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिदिचौरमा लडेर घाइते महेन्द्रको टाउकोको अप्रेसन हुने

0

टोपलाल अर्याल
पुस ११,२०८० गुल्मीः फुटबल खेलाडी १६ बर्षिय महेन्द्र खत्री ०८ पुसमा चिदिचौर खेल मैदानमा लडेर गम्भीर घाइते बने । केहिबेर खेल प्रभावित बन्ने अवस्था रह्यो । खेलाडीको अवस्था देखेर दर्शक र आयोजकले समेत जिब्रो टोक्ने स्थिति बन्यो । उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन ।

फोर्टिन स्टार कप फुटबलमा खेलीरहेकै बखत अचानक लडेपछि चिउडोमा चोट टाउकोसहित शरीर बजारियो । गुल्मी अस्पतालमा सामान्य उपचारपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार गरिरहेका छन । सिटि स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको र चिउडोको हड्डी चर्किएकाले अप्रेसनको तयारी भैरहेको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन ।

उनले कक्षा १० मा अध्ययन गर्छन । पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्याल अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर र भाइ पनि लडेपछी थप समस्या र चोट परेको बताए । त्यसैमा आमा ३९ बर्षिया राधिका केसी लामो समयदेखि मृगौला पिडित छन । बुवा ४० बर्षिय हरि केसी काठमाडौ कुखुरा फर्ममा काम गर्छन । अप्रेसनको लागि रकम धेरै लाग्ने भएकाले अहिले विभिन्न ठाउँमा चन्दा संकलन भैरहेको छ ।

विद्यार्थी घाइते भएपछि अहिलेसम्म फोर्टिन स्टार क्लबले खत्रीको नाममा आर्थिक सहयोग संकलन गरिरहेको छ । थुप्रै खेलप्रेमीहरुले स्टेजमा आएर स्वतस्फूर्त रुपमा महेन्द्रको लागि सहयोग गरेको र आफुहरुले पनि उपचारमा चासो र सहजीकरण गरिरहेको क्लबका उपाध्यक्ष सुरज पोख्रेलले बताए । संकलन भएको रकम आवश्यक अनुसार प्रदान गरिने बताए । मालिका माबी समूह चरणमा रिडि माबीसंग प्रतिस्पर्धा गरेर बिजयी बनेपछि क्वाटर फाइनलमा प्रबेश गरेको थियो ।

क्वाटर फाइनलमा महेन्द्र माबिसङ पराजित बनेको छ । मालिका खेलबाट बाहिर रहेपनी गाउँबाट प्रतिनिधित्व गरेर खेल मैदानमा देखाएको मालिकाको खेलको थुप्रैले प्रसंशा गरेका थिए । खेलमा मालिकाका खेलाडीको उत्साह निकै राम्रो थियो । महेन्द्र रिडि माबिको गोलकिप्पर संग ठोक्किएर लडेका थिए ।

घाइते भएपछि पनि मैदान महेन्द्रसग क्वाटरफाइनल खेल्ने खेलाडीलाई महेन्द्रले बेडबाटै हौसला दिइरहेको खेल शिक्षक तिर्थ बहादुर शाहीले बताए । खेल ७ देखी १२ पुससम्म संचालन हुनेछ ।

मानसिक रोगका बिरामी स्वास्थ्य सेवाभन्दा बाहिर

0

दिवाकर पोख्रेल
पुस ११,२०८० देउखुरी : दाङको लमही नगरपालिका निवासी नीमा भट्टराई मनोसामाजिक परामर्शदाता हुनुहुन्छ । उहाँले यो क्षेत्रमा काम गर्न थालेका चारवर्ष भयो । दाङको लमही नगरपालिका भित्रमात्रै एकसय बढीको औपचारिक रुपमै मनोसामाजिक रुपमा परामर्श गर्नुभयो ।

यो बाहेक अनौपचारिक रुपमा दिइने सल्लाह,सुझाव र परामर्शको तथ्याङ उहाँसंग छैन । उहाँका अनुसार दैनिक रुपमा १० देखि १५ जनामा मानसिक रोगको मिल्दोेजुल्दो लक्षण उहाँले भेटाउनुहुन्छ ।तर पहलिो भेटमै मानसिक स्वास्थ्य समस्या हो भनेर छुट्टाउन सकिदैन । व्यत्तिले आफ्नो समस्या स्पष्ट रुपमा नभन्ने र गोपनियता भङग हुने डरले नखुल्ने समस्या पनि मानसिक स्वास्थ्य समस्या पहिल्याउनै गारो हुन्छ । उहाँ भन्नुहुन्छ,‘मैले बैदेशिक राजगारमासंग सम्बन्धित विवरणको मात्रै तथ्याङ राख्ने भएकोले कम देखिएपनि अन्य कारणबाट मानसिक समस्यामा परेकाहरुको तथ्याङ छैन,तर दैनिक रुपमै मैले सेवा दिइरहेकी छु, एकभेटमा थाहा हुँदैन वाह्रपटक सम्म भेटेपछि मात्रै समस्या पत्ता लागेको उदाहरण पनि छन ।’

उहाँको अनभुवमा आर्थिक, शारिरीग,दुर्घटनाजन्य समस्याबाट मानिसमा मानसिक स्वास्थ्य समस्या सिर्जना हुने गरेको छ । मानसिक स्वास्थ्य समस्या जतिबेलापनि पर्नेभएकाले यसमा तीनै तहका सरकार गम्भिर हुनुपर्ने सुझाव उहाँको छ । यस्तै कपिलवस्तु जिल्ला निवासी इशा खड्का स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँले मनोसामाजिक परामर्शको तालिम लिएपछि मात्रै दैनिक रुपमा ओपीडी कक्षमा उपचारमा आउने विरामीको समस्यालाई मानसिक स्वास्थ्य समस्याको कोणबाट पनि हेर्न थाल्न्ुभयो । अहिले उहाँले जिल्लामा मानसिक स्वास्थ्य समस्याको अवस्था बढ्दो अवस्थामा रहेको पाउनु भएको छ ।

भट्टराई र खड्का जस्ता दुइजना मनोसामाजिक परामर्शदाताको अनुभवले मात्रै होइन मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने स्वास्थ्यकर्मी र सरोकारवाल निकायकै तथ्याङले पनि देशमा मानसिक स्वास्थ्य समस्या बढ्दो छ भन्ने पुष्ट्रि गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानमा १३ बर्ष देखि १७ बर्ष उमेर समुहका नागरिक पाँचप्रतिसत र त्यो भन्दा माथिका उमेर समुहका १० प्रसतसतमा मानसिक रोगको समस्या रहेको प्रतबेदन जारी गरेको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी.) ले गरेको अध्यनमा नेपालको शन्दर्भमा ९० प्रतिसत बढी मानसिक स्वास्थ्य समस्या भएका विरामीहरु उपचारसेवाबाट बन्चित रहेको पाइएको छ । सीएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले मानसिक स्वास्थ्यको जनचेतनाको अभाव अझैपनि धामीझाँक्रीमा विश्वास गर्ने प्रचलनका कारण समस्इा बढ्दो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मानसिक स्वास्थ्य समस्या भएका व्यत्तिले अस्वभाविक प्रतिmित्रया देखाउने तर समाज दैविशक्तीको पछाडी लागेर धामीझाँक्रीको पछी लाग्दा झनै समस्या बढेको छ ।’ मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको छ । मुलभुत रुपमा आप्रवासी सवाल, आन्तरिक बसाई दर बढ्दो, लैगिंक हिंसा तथा विविध सामाजिक . प्रजनन उमेर समुहमा आत्महत्याको दर बढ्दो छ । गत आर्थिक वर्ष सम्म मात्रै लुम्बिनी प्रदेशमा एक हजार तीन सय नौ जनाले आत्महत्या रोजेका छन् । लागुपदार्थ तथा मादक पदार्थ दुव्र्यसनीको जोखिम बढ्दै भएकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरोकारवाल संघसंस्थाले सबै पेशामा रहेकाहरुमा यो समस्या पर्ने भएकाले यस्मा गम्भिर हुन आग्रह गरेका छन् ।

सरकारी स्तरबाट मानसिक स्वास्थ्य समस्यालाई गम्भिर रुपमा लिएर यसमा चासो दिन आग्रह गर्दै उनिहरुले लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई ध्यानकर्षण समेत गराएका हुन । लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थीले नीतिगत रुपमा जनप्रतिनिधीहरुले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गदौ भावानामा डवेर भन्दा वास्तविकतामा रहेर गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘समस्या साँच्चै छ, यो मानसिक समस्या जतिबेला पनि जस्लाई पनि पर्नसक्छ,यस्मा जनप्रतिनिधिले नीतिगत रुपमा शम्बोधन गर्ने र व्यवहारिकता जोड दिनुपर्ने देखिन्छ,बजेट विनियोजन गर्दा भावानामा बग्दा कार्यान्वयनमा समस्या आउन सक्छ ।’

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले आफुहरुले मानसिक स्वास्थ्य समस्याको बारेमा धेरै जानकारी नभएका कारण पनि विषय ओझेलमा परेको जानकारी दिदै अव प्रदशेसभाबाट स्वास्थ्य क्षेत्रमा बन्ने नीतिमा यो मानसिक स्वास्थ्य समस्यालाई समेटेर लैजाने बताउनुभयो । लुम्बिनी प्रदशेसभा सदस्य लोका विकले आफुहरुले मानसिक स्वास्थ्य समस्या शम्बोधन गर्ने गरी नीति बनाउन पहल गर्ने जानकारी दिनुभयो ।

गुल्मीको मुसिकोटमा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

0

सूर्य सुनार

पुस ११,२०८० गुल्मीःगुल्मीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलको सभापतित्वमा सोमबार संचालन भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पँुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताउनुभयो । कृषि पेशालाई अधुनिकिकरण गर्नुपर्ने धारणा राख्दै, कृषिलाई परम्परागत भन्दा पनि ब्यबसायीकरण गर्दै लैजानुपर्ने बताउनुभयो छ । नगरपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उनले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले साना किसान कृषि सहकारी संस्थाले शेयर सदस्यको क्षेत्रमा कृषि उत्पादन संगै रोजगारीको वातावरण सिर्जना गरेको भन्दै जिल्लामै नमूना काम गरेको प्रति प्रशंसा गर्नुभएको थियो ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलले संस्था संचालन गर्दा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि यसै गरि सहयोगको अपेक्षा राख्नुभएको छ ।

सहकारीबाट शेयर सदस्यलाई ऋणप्रवाह गर्दा कृषि र पशुपालन क्षेत्रमा लगानी गरिएको हुँदा त्यसको प्रतिफल स्वरुप संस्थाको साधारण सभामा कृषि प्रर्दशर्नी गरिएको साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विवेक पेमी मगरले बताउनुभयो । यसले गर्दा अन्य सदस्यलाई पनि पे्ररणाको स्रोत बन्ने बताउनुभयो ।


मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख गंगा प्रोखरेल, मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रविन्द्र केसी लगायतले १८ औ वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उत्कृष्ट कृषक सम्मान, ७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कृषि प्रर्दशर्नी, अध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


सहकारीमा हाल सदस्य संख्या एक हजार दुई ६४ जना रहेका छन् । जस मध्ये महिला आठ सय ६७ र पुरुष तीन सय ९७ रहेका छन् । संस्थामा चुक्ता शेयर पुँजी ८५ लाख ७० हजार रहेको छ । चालु आर्थिक वर्षमा ऋण लगानी १३ करोड ६६ लाख रहेको छ । लगानी हिसाब ४२ लाख सात हजार रहेको छ ।

नगद बाँकी रकम ३३ लाख ७० हजार रहेको छ । बैंक बाँकी रकम रकम १० करोड ५५ लाख रहेको संचालक समिति अध्यक्ष हरिप्रसाद छन्तेलले जानकारी दिनुभयो । हाल सहकारीमा पाँच जना कर्मचारीले काम गरिरहेका छन् ।