तीन प्रदेशमा मौसम बदली

0
109
फाइल फोटो

पुस १२,२०८०काठमाडौं :देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

SHARE