चिदिचौरमा लडेर घाइते महेन्द्रको टाउकोको अप्रेसन हुने

0
255

टोपलाल अर्याल
पुस ११,२०८० गुल्मीः फुटबल खेलाडी १६ बर्षिय महेन्द्र खत्री ०८ पुसमा चिदिचौर खेल मैदानमा लडेर गम्भीर घाइते बने । केहिबेर खेल प्रभावित बन्ने अवस्था रह्यो । खेलाडीको अवस्था देखेर दर्शक र आयोजकले समेत जिब्रो टोक्ने स्थिति बन्यो । उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन ।

फोर्टिन स्टार कप फुटबलमा खेलीरहेकै बखत अचानक लडेपछि चिउडोमा चोट टाउकोसहित शरीर बजारियो । गुल्मी अस्पतालमा सामान्य उपचारपछि अहिले भैरहवा मेडिकल कलेजमा उपचार गरिरहेका छन । सिटि स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको र चिउडोको हड्डी चर्किएकाले अप्रेसनको तयारी भैरहेको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन ।

उनले कक्षा १० मा अध्ययन गर्छन । पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्याल अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर र भाइ पनि लडेपछी थप समस्या र चोट परेको बताए । त्यसैमा आमा ३९ बर्षिया राधिका केसी लामो समयदेखि मृगौला पिडित छन । बुवा ४० बर्षिय हरि केसी काठमाडौ कुखुरा फर्ममा काम गर्छन । अप्रेसनको लागि रकम धेरै लाग्ने भएकाले अहिले विभिन्न ठाउँमा चन्दा संकलन भैरहेको छ ।

विद्यार्थी घाइते भएपछि अहिलेसम्म फोर्टिन स्टार क्लबले खत्रीको नाममा आर्थिक सहयोग संकलन गरिरहेको छ । थुप्रै खेलप्रेमीहरुले स्टेजमा आएर स्वतस्फूर्त रुपमा महेन्द्रको लागि सहयोग गरेको र आफुहरुले पनि उपचारमा चासो र सहजीकरण गरिरहेको क्लबका उपाध्यक्ष सुरज पोख्रेलले बताए । संकलन भएको रकम आवश्यक अनुसार प्रदान गरिने बताए । मालिका माबी समूह चरणमा रिडि माबीसंग प्रतिस्पर्धा गरेर बिजयी बनेपछि क्वाटर फाइनलमा प्रबेश गरेको थियो ।

क्वाटर फाइनलमा महेन्द्र माबिसङ पराजित बनेको छ । मालिका खेलबाट बाहिर रहेपनी गाउँबाट प्रतिनिधित्व गरेर खेल मैदानमा देखाएको मालिकाको खेलको थुप्रैले प्रसंशा गरेका थिए । खेलमा मालिकाका खेलाडीको उत्साह निकै राम्रो थियो । महेन्द्र रिडि माबिको गोलकिप्पर संग ठोक्किएर लडेका थिए ।

घाइते भएपछि पनि मैदान महेन्द्रसग क्वाटरफाइनल खेल्ने खेलाडीलाई महेन्द्रले बेडबाटै हौसला दिइरहेको खेल शिक्षक तिर्थ बहादुर शाहीले बताए । खेल ७ देखी १२ पुससम्म संचालन हुनेछ ।

SHARE