चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

0
103

पुस १२,२०८०काठमाडौं : सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एमपी, एससीएफ, इसीसी जेभी सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

 

जेभीअन्तर्गत पश्चिम बंगाल भारतको एमपी सितानी एण्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म र काठमाडौं सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रालि रहेका छन्। यी निर्माण कम्पनीलाई सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, राजमार्ग योजना कार्यालय कुश्मा पर्वतको सिफारिसमा कालोसूचीमा राखिएको हो।

 

त्यसैगरी पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय कास्कीको सिफारिसमा भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

SHARE