Friday, June 5, 2026

लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा हुने

0

टोपलाल अर्याल
माघ ६,२०८० गुल्मीः लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी फागुन २६ र २७ गते गुल्मी तम्घासमा हुने भएको छ ।

शनिबार मदनआश्रित स्मृती भवन एमाले पार्टी कार्यालयमा सम्पन्न लोकतान्त्रिक आदिबासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले अधिवेशनको मिति र स्थान निर्धारण गरेको हो । अधिवेशनको उद्घाटन गर्न एमाले उपाध्यक्ष राम बहादुर थापा आउने कार्यक्रम रहेको छ । अधिवेशनका लागि आठ वटा उपसमिति गठन गरिएको छ ।

अमर सिंजापतिको संयोजकत्वमा प्रतिनिधी व्यावस्थापन, बालसिंह काउछाको संयोजकत्वमा आर्थिक तथा प्रतिवेदन लेखन उपसमिति, शुशिला पुनको संयोजकत्वमा अतिथी सत्कार, बोम बहादुर छन्तेलको संयोजकत्वमा आवास तथा भोजन, शान्ता थापाको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कमला पुनको संयोजकत्वमा मञ्च तथा हल व्यावस्थापन उपसमिति र भुवन चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको प्रेस चौतारी नेपालमा पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

बैठकमा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका इन्चार्ज तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्ति, एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका लुम्बिनी इन्चार्ज प्रेम गुरुङ्ग, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बालसिंह काउछा, सचिव विवेक श्रेष्ठ, प्रेस चौतारी नेपालमा पुर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

एकीकृत समाजवादीको आम्दानी आठ करोड

0

माघ ६,२०८०काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।

लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार ७०९ भएको छ। पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ।

चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए।

अनेमसंघ गुल्मीको ११ औ सम्मेलन माघ २६ र २७ गते हुने

0

टोपलाल अर्याल
माघ ५,२०८० गुल्मीःनेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११ औ जिल्ला अधिबेशन आगामी माघ २६ र २७ गते तम्घासमा हुने भएको छ ।

 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको संयुक्त भेलाले ११ औ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजना समेत निर्माण गरेको छ । अधिवेशनको लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्काका अनुसार माघ २० गते १२ वटै पालिका र वडामा प्रतिनिधी छनौट हुनेछन् ।

 

बैठकले अधिवेशन व्यावस्थापनको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । प्रतिवेदन लेखन उपसमितिको संयोजन कार्यवहाक अध्यक्ष सपना पन्थी, आर्थिक परिचालन उपसमितिमा कोषाध्यक्ष लक्ष्मी पन्त, आवास तथा भोजन उपसमितिमा नेतृ रिता बराल, प्रतिनिधी व्यावस्थापन उपसमितिमा नेतृ सपना पन्थी र बिष्णु विक, मंचहल व्यावस्थापनमा नेतृ शान्ता पोख्रेल, सांस्कृतिक कार्यक्रममा उपसमितिमा नेतृ अन्जु कंडेल, स्वयसेवक परिचालन उपसमितिमा नेतृ विमला केसी, आर्थिक प्रतिवेदन संयोजकनमा लक्ष्मी पन्त र प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्का रहेकी छन् ।

नवनिर्वाचित अध्यक्ष गौतमद्धारा पदभार ग्रहण

0

माघ ४,२०८० गुल्मीः मैत्री बहुउद्देश्यीय सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष शंकरप्रसाद गौतमले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच गौतमले पदभार ग्रहण गर्नुभएको हो । पुस २७ गतेको २२ औँ साधारण सभाको अधिवेशनबाट उहाँ सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

यस्तै नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठक पनि बिहीबार नै बसेको छ । समितिको बैठकले साधारण सभाको समिक्षा समेत गरेको छ ।

 

साधरण सभालाई भब्य रुपमा सम्पन्न्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरिएको थियो ।

गुल्मीका सात स्थानीय तहमा आफ्नै प्रहरी

0
रेसुङगा नगरपालिकाका नगर प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा तालिम प्रदान पश्चात लिइएको सामुहिक तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
माघ ४,२०८० गुल्मी ः गुल्मीका सात स्थानीय तहले आफ्नै निजी प्रहरी भर्ना गरेका छन् । केही दिन अगाडि रुरुक्षेत्र गाउँपालिकाले पनि निजी प्रहरी भर्ना गरेपछि गुल्मी जिल्लाका सात स्थानीय तहमा निजी प्रहरी भएका हुन् ।

गाउँपालिकाले गाउँकार्यपालिकाको मातहतमा रहने गरी गाउँपालिकाको नगर प्रहरी ऐन २०७९ तथा नगरप्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ अनुसार नगरप्रहरी भर्ना गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

नगरप्रहरी सहायक निरीक्षक एक जना र अन्य चार जना जवान रहने गरी नगरप्रहरी भर्ना गरिएको हो । जसमा सहायक निरीक्षक खुल्ला, एक जना प्रहरी जवान खुल्ला, अन्य तीन जना महिला, दलित, जनजाती, आदीवासी आरक्षणबाट भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

नगरप्रहरी सहायक निरीक्षकको रासन सहित २० हजार ,जवानको १८ हजार पारिश्रमिक निर्धारण गरिएको पाण्डेले बताउनुभयो ।
यस्तै जिल्लाको मुसिकोट नगरपालिका ,रेसुङगा नगरपालिका, मालिका,इश्मा,धुर्कोट र सत्यवती गाउँपालिकाले यस अगाडि नै पालिका मातहतमा रहने गरी नगर प्रहरी भर्ना गरिसकेका छन् ।

रेसङुगां नगरपालिकाले २०७६ सालमा सातजना नगरप्रहरी नियुक्त गरेका मध्ये एकजना हवल्दारले बीचमै छाडेकाले अहिले सो पद खाली छ । बाँकी रहेका ६ जना जवान मध्ये दुई महिला र चार पुरुष छन् । उनीहरुले सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाई, कार्यालय सुरक्षा, बजार अनुगमनलगायतका कार्य गरेका छन् ।

आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले जवानको लागि मासिक १५ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक वार्षिक दुई सेट कपडा र रासन भत्ता स्वरुप मासिक तीन हजार पाँच सय उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकाले सबैभन्दा पहिले २०७५ चैत १ गते पाचँजना नगरप्रहरी नियुक्त गरेको थियो । जसमध्ये दुई महिला र तीन पुरुष छन् । त्यसमध्ये पनि एकजनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ ।

प्रहरी सहायक निरीक्षकको लागि २२ हजार र जवानको लागि १९ हजार पारिश्रमिक निर्धारण गरिएकोे गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

 

 

इश्मामा संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

0

तिलाचन पाण्डे
माघ ४,२०८० गुल्मीः गुल्मीमा संस्कृति संरक्षण गर्नका लागि नौमती बाजा हस्तान्तरण गरेको छ ।
जिल्लाको इश्मा गाउँपालिकाले संस्कृति संरक्षण गर्न र ब्यवसायीक बनाई आत्मनिर्भर बनाउनका लागि नौमती बाजा हस्तान्तरण गरेको जनाएको छ ।

पालिकाको दुई लाख रुपियाँ बजेटबाट मगर समुदायका लागि नौमती बाजा हस्तान्तरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो । इश्मा गाउँपालिका ४ हुलको देवीस्थान युवा समूहलाई ब्यवसायीक बनाउनका साथै बाजा बजाएरै आत्मनिर्भर बनाउनका लागि यस्तो कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ छ ।

गाउँपालिकाले संस्कृति संरक्षण गर्नुका साथै सीप प्रदान गर्ने र ब्यवसायीक बनाइ आत्मनिर्भर बनाउनका लागि यस कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिएको कुँवरले बताउनुभयो ।

पछिल्लो समयमा बाजा बजाउने सिप दोस्रो पुस्तामा हस्तान्तरण हुन नसकेको र लोप हुँदै गएकाले यसको संरक्षण गर्नमा पालिकाले सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँमै सीपको साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकेमा पछिल्लो समयमा मौलाएको बसाइँ सराइँलाई पनि रोक्न सकिने गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभएको छ । यसका साथै युवाहरुलाई स्वदेशमा नै टिकाई राख्न र ब्यवसायीक बनाउनका लागि पालिकाले थप योजनाहरु बनाएको खड्काको भनाइ छ ।

युवा समूहको नेतृत्व नीरा हिताङले गर्नुभएको छ । महिलाले पनि समूहको नेतृत्व गर्न सक्छन् र आत्म निर्भर बन्न सक्ने उदाहरण प्रस्तुत गर्नका लागि पालिकाले थप सहयोग गर्दै जाने जनाएको छ । आफूहरुले नौमती बाजा बजाएरै संस्कृति संरक्षणको साथमा आत्मनिर्भर बन्ने गरी लागेको समूहकी अध्यक्ष नीरा हिताङले बताउनुभएको छ ।

महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नका लागि आफूहरु लागेको उहाँको दाबी छ ।

मदाने गाउँपालिकाले पनि महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नौमती बाजा हस्तान्तरण गरेको छ । महिलाहरुको नेतृत्वले सभा समारोहमा समेत नौमती बाजा बजाएर आत्मनिर्भर बन्न थालेका छन् ।

बुटवलमा जुट्दै इस्माली: इस्माली समाज रुपन्देहीमा नयाँ नेतृत्व

0

पुस २९,२०८० गुल्मी:इस्माली समाज रुपन्देहीको अधिवेशनले कृष्ण बहादुर जिसीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

 

समाजको वरिष्ठ उपाध्यक्षमा लोक प्रसाद खरेल, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, उपाध्यक्ष गृष्मा कुँवर, सचिवमा राजिव अर्याल, कोषाध्यक्ष पुनाराम पोखरेल, सहसचिवमा पदम बहादुर घर्ती, सहकोषाध्यक्ष हरिलाल पैयानी चयन भएका छन् । साथै समाजको सदस्यहरूमा हरि गौतम, विमला कुँवर, राम बहादुर अर्याल, शिव बहादुर खत्री, गिता खत्री, रामलाल कुँवर, विष्णु बहादुर अधिकारी, प्रकाश अधिकारी र नेत्र प्रसाद अधिकारी निर्वाचित  भएको निर्वाचन मण्डलका संयोजक लिलाधर मरासिनीले बताए ।

 

अधिवेशनको गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य तथा एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खगड बस्नेत, इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, गाउँपालिकाका संस्थापक अध्यक्ष लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी, वडाध्यक्षहरु शेर बहादुर कुवंर, ज्योतिराज कुवंर, राजु बस्नेत, झविन्द्र अर्याल र ढाल बहादुर कुवंर तथा पुर्व जनप्रतिनिधीहरु, गुल्मी रुपन्देही सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थ, राजनैतिक दलका स्थानीय तथा प्रदेश तहका नेताहरुको उपस्थिती रहेको थियो । पुर्व अध्यक्ष बाबुराम गौतमले सांगठनिक र कोषाध्यक्ष राजिब अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

 

त्यस्तै समाजले इस्माका सम्पूर्ण बर्तमान तथा पुर्व जनप्रतिनिधी, कर्मचारी, आजिवन सदस्य, युवा उद्यमी र पत्रकारलाई सम्मान गरेको थियो ।

 

साढे चार बर्ष अघि स्थापना भएको समाजले इस्माबाट बुटवलमा बसाई सरेर आएकाहरुको बिरामी पर्दा, पारिवारीक घटना, बिपद् लगायका कार्यमा सहयोग गर्ने काम गरेको समाजका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद घिमिरेले जानकारी दिए । समाजमा अधिवेशनसम्म करिव साढे चार सय इस्माली आवद्ध छन् । साधारण सदस्य हुन इस्मामा पैतृक सम्बन्ध भएर संस्थामा २ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै ५५ सय बुझाएर आजिवन सदस्य हुने व्यावस्था रहेको छ । अधिवेशनसम्म ३६ जना आजिवन सदस्य रहेको उपाध्यक्ष घिमिरेले जानकारी दिए । साथै ५१ हजारमा मानार्थ हुने व्यावस्था अनुसार अधिवेशनबाट प्रतिनिधी सभा सदस्य गोकर्ण बिष्ट र गाउँपालिका अध्यक्ष  भगतसिंह खड्का मानार्थ सदस्य भएको घिमिरेले जनाए ।

बझाङमा भूकम्प

0

पुस २८,२०८० काठमाडौं : बझाङमा गएराति भूकम्प गएको छ ।

 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११स्३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।

 

बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।

भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २३ घाइते

0

पुस २८,२०८० : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।

काठमाडौंको चन्द्रागिरीका ६५ ताराकान्त पाण्डे, बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको छ। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजनाको बुटवल​मा र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो। थाहाबाट

मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा शंकर गौतम

0

पुस २७,२०८० गुल्मी : मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा शंकरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संस्थाको २२औं साधारण सभाबाट गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिवमा हरिप्रसाद पोखरेल, सह.सचिवमा ओमबहादुर कार्की, कोषाध्यक्षमा रामबहादुर कुँवर , सहं कोषाध्यक्ष सरिता सुनार विश्वकर्मा , सदस्यहरुमा जङ्गबहादुर नेपाली , चोलराज शर्मा , पुस्पा अर्याल पन्थी ,टेकबहादुर खत्री , रिता पाण्डे , तिलाचन पाण्डे , जयबहादुर चुँदरा चयन हुनुभएको हो ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजक श्री शिवराज मरासिनी ,सदस्यमा विस्नुप्रसाद ज्ञवाली र हरिप्रसाद भण्डारी चयन हुनुभएको छ ।

नव निर्वाचित अध्यक्ष शंकर गौतमले संस्थाको विकास र उन्नतीका लागि आफूले समय खर्चिने र संस्थालाई नमूना बनाउनका लागि सवैको साथ रसहयोग आवश्यक रहेको बताउनुभयो ।