
पुस २८,२०८० : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।
काठमाडौंको चन्द्रागिरीका ६५ ताराकान्त पाण्डे, बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको छ। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजनाको बुटवलमा र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो। थाहाबाट






