मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा शंकर गौतम

0
231

पुस २७,२०८० गुल्मी : मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा शंकरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संस्थाको २२औं साधारण सभाबाट गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिवमा हरिप्रसाद पोखरेल, सह.सचिवमा ओमबहादुर कार्की, कोषाध्यक्षमा रामबहादुर कुँवर , सहं कोषाध्यक्ष सरिता सुनार विश्वकर्मा , सदस्यहरुमा जङ्गबहादुर नेपाली , चोलराज शर्मा , पुस्पा अर्याल पन्थी ,टेकबहादुर खत्री , रिता पाण्डे , तिलाचन पाण्डे , जयबहादुर चुँदरा चयन हुनुभएको हो ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजक श्री शिवराज मरासिनी ,सदस्यमा विस्नुप्रसाद ज्ञवाली र हरिप्रसाद भण्डारी चयन हुनुभएको छ ।

नव निर्वाचित अध्यक्ष शंकर गौतमले संस्थाको विकास र उन्नतीका लागि आफूले समय खर्चिने र संस्थालाई नमूना बनाउनका लागि सवैको साथ रसहयोग आवश्यक रहेको बताउनुभयो ।

SHARE