अनेमसंघ गुल्मीको ११ औ सम्मेलन माघ २६ र २७ गते हुने

0
91

टोपलाल अर्याल
माघ ५,२०८० गुल्मीःनेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११ औ जिल्ला अधिबेशन आगामी माघ २६ र २७ गते तम्घासमा हुने भएको छ ।

 

अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको संयुक्त भेलाले ११ औ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजना समेत निर्माण गरेको छ । अधिवेशनको लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्काका अनुसार माघ २० गते १२ वटै पालिका र वडामा प्रतिनिधी छनौट हुनेछन् ।

 

बैठकले अधिवेशन व्यावस्थापनको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । प्रतिवेदन लेखन उपसमितिको संयोजन कार्यवहाक अध्यक्ष सपना पन्थी, आर्थिक परिचालन उपसमितिमा कोषाध्यक्ष लक्ष्मी पन्त, आवास तथा भोजन उपसमितिमा नेतृ रिता बराल, प्रतिनिधी व्यावस्थापन उपसमितिमा नेतृ सपना पन्थी र बिष्णु विक, मंचहल व्यावस्थापनमा नेतृ शान्ता पोख्रेल, सांस्कृतिक कार्यक्रममा उपसमितिमा नेतृ अन्जु कंडेल, स्वयसेवक परिचालन उपसमितिमा नेतृ विमला केसी, आर्थिक प्रतिवेदन संयोजकनमा लक्ष्मी पन्त र प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्का रहेकी छन् ।

SHARE