Thursday, June 4, 2026

अर्घाखाँचीमा दलित महिलामाथि कुटपिट

0

बैशाख१८,२०८२ अर्घाखाँची : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ नुगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई छिमेकीले निर्घात कुटपिट गरेका छन् । बुधबार बिहान धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले बिकलाई निर्घात कुटपिटगरेको प्रहरीले जनाएको छ  ।

रिजालको कुटाईबाट घाइते भएकी बिकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक अनुसार बिकको शरिरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट रहेका छन् । रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गर्दै कुटपिट समेत गरेका हुन् ।

रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरी निर्घात कुटपीट गरेका थिए । रिजाललाई प्रहरीले पीडितको उजुरीका आधारमा तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने प्रहरीले जनाएको छ

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

0

वैशाख १८,२०८२ काठमाडौं : मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।

श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाइन्छ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा पनि विराटननगरमा २००३ सालमा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो। नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक २०१९ सालमा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।

दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

घट्यो इन्धनको मूल्य

0

वैशाख १८,२०८२ काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

गए रातिबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो ।


त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।

नेपाल नेत्रज्योति संघ पाल्पा को २४ औ साधारणसभा सम्पन्न

0

वैशाख १५,२०८२ पाल्पा। नेपाल नेत्रज्योति संघ पाल्पा को २४ औ साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ ।

सभा मा प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेश का उपसभापति सेर बहादुर थापा ले निजि छेत्र बाट संचालित आखा अस्पतालमा नेपाल सरकार को सहयोग न्युन रहेको बताउनुभयो।
प्रमुख अतिथि थापाले संघ मा चुनाव को बेला आजिबन सदस्य लिन को लागि पार्टी कार्यकर्ता को भिड लाग्ने चुनाब पछी निष्क्रिय देखिने हुना ले सदस्य बितरण गर्दा बिचार पुराउन आग्रह गर्नु भयो। बर्तमान समयमा मा आखा जाच गर्ने डाक्टर को अभाव भएको बताउनु हुदै पाल्पा गुल्मी अर्घाखाँची जिल्ला मिलेर समस्या समाधान गर्न लागि परेको भन्नु हुदै लुम्बिनी प्रदेश को तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा साखा का सभापति बाबुराम कार्कि , कालीगण्डकी आखा उपचार केन्द्र तथा सर्जिकल सेन्टर का सदस्य भोजेन्द्र प्रकाश ढकाल आमन्त्रित सदस्य केश लक्ष्मी श्रेष्ठ लगायतले सुभकामना मन्तव्य दिनु भएको थियो।

साधारणसभामा संघका भुतपुर्व सचिब स्वर्गीय लोक प्रसाद ढकाल को स्मृतिमा वहाँ को श्रीमती शारदा ढकाल ले एउटा कोठा निर्माणका लागि रु तिन लाख पाँच रुपैया प्रदान गर्नुभएकोमा प्रमुख अतिथि बाट प्रसम्सा पत्र प्रदान गरिएको थियो।

त्यस्तै गरि आमन्त्रित सदस्य केस लक्ष्मी श्रेष्ठले आफ्नो स्वर्गीय आमा बुबा को स्मृतिमा रु ३० हजार र भवन निर्माण कर्मि प्रेम बुढा ले रु २५ हजार सभापति बुद्धि प्रसाद शर्मा लाइ प्रदान गर्नु भएको थियो ।सो अबसर मा प्रमुख अतिथि थापा लाइ कार्यक्रम का सभापति बुद्धि प्रसाद शर्मा ले ढाका को टोपि र पाल्पालि करुवा माया को चिनो दिनु भएको थियो।

सभा मा सचिब राजेन्द्र लिगल ले बार्षिक प्रतिबेदन , र कोषाध्यक्ष बेद राम सिरिश ले आखा अस्पतालको ४ करोड ४३ लाख र नेत्रज्योति संघ तर्फबाट १६ लाख १५ हजार बराबर को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
आजै भएको बन्द सत्रले सचिब को बार्शिक प्रतिबेदन र कोषाध्यक्ष बाट प्रस्तुत भएको प्रतिबेदन सुझाव सहित पास गरेको थियो।कार्यक्रम मा संघ का उपसभापति भिमसेन कार्कि ले स्वागत सचिब राजेन्द्र लिगल को संचालन र सङ का अध्यक्ष बुद्धि प्रसाद शर्मा को सभापतित्व मा सम्पन्न भएको थियो।

अध्यक्षको निर्देशनपछि सञ्चालनमा आए कालीगण्डकीका विद्यालय

0
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

खवर र्मोकट
वैशाख १५,२०८२ गुल्मी :गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिदैँ विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिनुभएको थियो ।

सोही निर्देशन अनुसार आइतबारबाट विद्यालयहरु सञ्चालनमा आएको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । विद्यालयहरु सञ्चालनमा आए नआएको बारेमा पालिका भित्र आफूहरुले अनुगमन गरेको र विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको उहाँको भनाइ छ ।
केही शिक्षकहरु आन्दोलनमा रहेकाले आउने क्रम जारी रहेको र यहाँ भएका शिक्षकहरुले विद्यालय सञ्चालन गर्दै भर्ना अभियान अगाडि बढाएको पराजुलीले बताउनुभयो ।

गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी संख्या रहेको शिक्षा शाखाले जनाएको छ ।

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

0

वैशाख १५,२०८२ गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका – १ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ भने पालुङटार नगरपालिकाका – ७ का ५० वर्षीय सुक माया आले र उहाँकी बुहारी १८ वर्षीय बिपना आले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जना घाइते

0

वैशाख १५,२०८२ पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गए राति सवा १० बजेतिर सिद्धेश्वरको असारे स्थित भित्री सडक खण्ड हुँदै ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि दुई सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको छ ।

घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनाको कारणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बढ्यो सुनको मूल्य

0

वैशाख १४,२०८२ काठमाडौँ ः नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुनको मूल्य प्रति तोला झण्डै दुई लाख

0

वैशाख ९,२०८२ काठमाडौँ : सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

शिक्षामन्त्रीद्वारा राजीनामा

0

वैशाख ८ ,२०८२ काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।

उहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदमा गत २०८१ असार ३१ गते नियुक्त हुनुभएको थियो । गोरखापत्रबाट