Saturday, June 6, 2026

दश बर्ष सम्म पनि उपभोक्ताले फिर्ता पाएनन जग्गा

0
तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, भदौ ९ गते । दाङको भालुवाङ नगरविकास समितको पहलमा नगरविकास समिति र आसपासका जग्गालाई समेटेर जग्गा विकास कार्यक्रम लगाु गर्ने भनिएपनि उक्त कार्यक्रम लागु हुन सकेको छैन । दश बर्ष पहिले नगरविकास समितिको आठ कठ्ठा र व्यक्तिको नाममा रहेको तीन वीगाहा जमीन लाई समेटेर जग्गा विकास कार्यक्रमको पहल थालेको थियो । पहल थालेको लामो समय वित्रितसक्दा पनि उक्त जग्गामा आधारभुत विकासका कामहरु समेत हुन सकेका छैनन ।
भालुवाङमा बन्दै गरेको बसपार्क देखि उत्तर पूर्व र प्युठान सडक र पुरानो बजारको विचको जग्गाले नगरविकास समितिले जग्गामा जग्गा विकास कार्यक्रम लागु गनेृ भनिएको थियो । जग्ग विकास कार्यक्रममा व्यत्तिको नाममा जग्ग नगरविकास समितिको नाममा ल्याउने र त्यही जग्गामा खानेपानी, विधुत, सडक लगायतका विकासका पूर्वाधार सहितका काम सम्पन्न् गरी ६० प्रतिसत जग्गा उपभोक्तालाई फिर्ता गर्ने कार्यक्रम हो ।
लामो समय देखि नगरविकास समितिले जग्गा विकास कार्यक्रम लागु नगरेपछि जग्गा उपलव्ध गराएका ४१ जना जग्गा धनिले यथाशिघ्र आफुहरुको जग्गा उपलव्ध गराउन आग्रह गरेका छन् । २०६९ सालमा आकर्षक सुविधा सम्पन्न घडेरीको रुपमा फिर्ता गर्ने सहमति अनुसार जग्ग उपलव्ध गराउनु भएका राप्ती गाउँपालिका भालुवाङ जिवलाल न्यौपानेले १० बर्ष सम्म कुनैपनि काम नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘दश बर्ष सम्म कुनै काम नै भएन १३ कठ्ठा जग्ग उपलव्ध गराएको हुँ त्यहाँ केह िकाम भएन,जग्गा विकास कार्यक्रम अलपत्र प¥यो ।’ स्थानीय अगुवाले समेत नगरविकास समितिले जग्गा विकास कार्यक्रम मार्फत काम गर्न नसकेको गुनासो गरेका छन ।
नगरविकास समितिको अध्यक्ष सम्बन्धित पालिकाको प्रमुख अध्यक्ष हुने नयाँ प्रावधानले केहि आसा गरेका स्थानीयहरुले आफुहरु जग्गा फिर्ता पाउन नसकेको गुनासो गर्न थालेका छन् । यस विषयमा नगर विकास समितिका पूर्व अध्यक्ष ओम प्रकाश बुढाथोकीले आफ्नो कार्यकालमा सबै प्रक्रिया पुरा गरेर उपभोक्ताको जग्ग्गा फिर्ता गर्ने तयारी गरिरहदा कार्यकाल सकिएपछि गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रीपषिदको निर्णयबाट उपभोक्ताको जग्गा फिर्ता गर्ने भएप्छि मन्त्रालयबाट आदेश सहितको पत्रबाट पनि आएको हो, पछिल्ला समितिबाट काम भएन जस्तो लाग्छ ।’

भालुवाङ नगरविकास समितिका अध्यक्ष प्रकाश विष्टले आफुले भरखर मात्रै यस विषयमा जानकारी पाएकोले यथासक्य छिटो उपभोक्ताको जग्गा फिर्ता गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी भरखरै निर्वाचित भएर आएका छौ, नगर विकास समितिलाई पनि पूर्णता दिन वााकी छ, दशै तिहार लगायतका चाडपर्व लगत्तै जग्गा विकास कार्यक्रमको लागि आवश्यक पर्ने सबै काम पूरा गरेर उपभोक्तामा हातमा लालपूर्जा दिने योजना बनाएका छु, यो काम ढुक्कका साथ हुन्छ ।’
जग्गा विकास कार्यक्रमको लागि भालुवाङ नगरविकास समितिले आफ्नो नाममा ल्याएको स्थानीयको जग्गा ।

रेसुंगा क्याम्पसका संचालक र प्रशासन नेतृत्वले राजिनामा देउ : एमाले

0

हुमाकान्त पोखरेल

भदौ ९,२०७९ गुल्मीः नेकपा एमाले, रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो । ४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरीप्रसाद पोखरेलले बताए ।

क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले लामो समयदेखि आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आएको एवम् मेधावी विद्यार्थीको नाममा ठुलो धनराशि खर्च गर्ने निर्णय गरेको रेसुङ्गा नगरपालिकाको समेत क्याम्पसको बिषयमा सही दृष्टिकोण नभएको एमालेको आरोप छ ।

‘संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने, ‘आर्थिक संकटको नाममा विद्यार्थीको भविष्य अन्यौल बनाउने, प्रध्यापक एवम् कर्मचारीको पेशागत हकहित सुनिश्चित गराउन नसक्ने संचालक समिति र प्रशासन नेतृत्वले तत्काल राजिनामा दिनुपर्छ ।’
त्यसका साथै उनले संकटकालको बिषयमा आफुहरुसँग कुनै छलफल नभएको समेत प्रतिक्रिया दिए ।

एमालेबाट निर्वाचित प्रतिनिधिद्धारा कार्यपालिका बैठक बहिष्कार

0

हुमाकान्त पोखरेल
गुल्मी, ०८ साउन । रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । मंगलबार तोकिएको कार्यपालिका बैठकमा छलफलमा नराखिएको बिषयलाई लिएर एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले शिक्षा समतिलाई टुंगोमा पु¥याउनुपर्ने माग गरेका थिए । तर मंगलबारको बैठकमा उक्त बिषय समावेश थिएन । सोही बिषयलाई लिएर कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित वडा नम्बर ४ का वडाध्यक्ष मोति प्रसाद श्रेष्ठले शिक्षा जस्तो महत्वपूर्ण बिषय पनि पालिका अध्यक्षले छलफलको बिषय नबनाएको भन्दै बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए । उनले शिक्षाको बिषय टुंगाएपछि मात्र अरु एजेण्डामाथि छलफल गर्ने आफुहरुको योजना रहेको बताए । माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष समेत रहेका प्रवक्ता हरी प्रसाद ज्ञवालीले अर्को बैठकमा शिक्षा समितिको बिषय छलफल गर्ने कार्यतालिका रहेपनि एमालेले बहुमतको दम्भ देखाएर कार्यपालिका बैठक बहिष्कार गरेको आरोप लगाए । ‘साथिहरुले पार्टीको बहुमतको दम्भ देखाउनुभएको छ ।’ उनले भने, ‘यसले कसैलाई राम्रो गर्दैन ।’ रुरुक्षेत्र गाउँकार्यपालिकामा पालिका अध्यक्ष र ५ नम्बर वडाध्यक्ष गरी माओवादीबाट दुईजना एवम् उपाध्यक्षसहित अन्य सबै प्रतिनिधि एमालेबाट निर्वाचित छन् ।
म्ांगलबारको बैठकमा विद्युत महशुल छुट दिने, टोल विकास संस्था गठन तथा संचालन, मृगौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघातका बिरामीहरुको लागि उपचार खर्च बिनियोजन गर्ने लगायतका २१ बिषय छलफलको लागि राखिएको थियो । तर एजेण्डा पढिसकेपछि एमाले प्रतिनिधिहरुले शिक्षा समितिको बिषय उठाउदैँ बैठक नै बहिष्कार गरेको प्रवक्ता ज्ञवालीले बताए । गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले अध्यक्षले बैठक स्थगित भएको जानकारी नदिदैँ वडाध्यक्ष र कार्यपालिका सदस्य उठेर हिडेको बताईन् । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बैठकमा शिक्षाको बिषय समेट्ने बताएपनि कार्यपालिका सदस्यहरुले नमानेको प्रतिक्रिया दिए । ‘अब अर्को बैठकमा सबै बिषयहरुको बारेमा छलफल हुन्छ ।’ ज्ञवालीले भने, ‘म आफै पनि पहिले विद्यार्थी संगठनमा काम गरेकोले शिक्षासँग सम्बन्धित बिषयमा पूर्ण जानकार छु ।’

आज ६३४ जनामा संक्रमण पुष्टि : एक जनाको मृत्यु

0

भदौ ७,२०७९ काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।

हाल उपत्यकाको काठमाडौंमा १८७९ जना, ललितपुरमा ६८८ जना र भक्तपुरमा ६१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै देशभर ९४ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको पहिलो मात्रा र ९१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

बन्दकर्ताले बिहानै गरे सवारीसाधनमा आगजनी

0

भदौ ७,२०७९दाङ : बन्दकर्ताले जिल्लामा बिहानै सवारीसाधनमा आगजनी गरेका छन्।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन्।

चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

बामपन्थी एकता आवश्यक तर तत्काल सम्भव छैन : झलनाथ खनाल

0

सन्तोष महतारा
गुल्मी, ६ भदौ ÷ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बामपन्थी एकता असम्भव रहेको बताएका छन् । नेपालमा वामपन्थी एकता आवश्यक रहेपनि असम्भव रहेको पूर्वप्रधानमन्त्री खनालले बताएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले नेकपा एमालेतर्फ केन्द्रित गर्दै वामपन्थी राजनीतिक नेतृत्वले एकताको महसुश नगरेको बताए ।

‘वामपन्थी एकता आवश्यक भएपनि अहिले असम्भव छ ।’ नेता खनालले भने, “वामपन्थी राजनीतिक नेतृत्वहरु तयार नभएकोले अहिले एकता असम्भव छ ।” अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले अन्य दलहरुसंग एकीकरणको सम्भावना नभएको भन्दै निार्वचनपछि एकीकरणतर्फ लाग्ने बताए ।

संबिधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको नेता खनालले बताए । नेतृत्वको दम्भ र अंहकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संबिधानको रक्षा गरेको दाबी गरे ।

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँडको लागि कार्यदलले काम गरिहेको भन्दै चुनौती नहुने उनले बताए । नागरिकता बिधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाई छ । राष्ट्रियताको सन्र्दभमा सबै दलहरु एकताबद्ध नभएको उनले बताए । समाजबादी पार्टी नीति र विधि अनुसार अगाडि बढ्ने उनले बताएका छन् ।

भीरबाट लडेर ४० वर्षीय पुरुषको मृत्यु

0

भदौ ६,२०७९बैतडी : बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय धर्मेन्द्र दमाईको मृत्यु भएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

सदरमुकामस्थित गोठलापानी बजारबाट घर जाने क्रममा भर्सिपुर भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

“नेकपा माओवादीको नीति र नेतृत्वमा नै नेपाल अगाडि बढेको छ” : महरा

0

मानसिंह विश्वकर्मा

भदौ ५,२०७९ रोल्पा ःनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जोखबहादुर महराले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कै नीति अनुसार नेपाल अगाडि बढेको बताउनुभएको छ ।
रोल्पामा आयोजित जनवर्गिय संगठन, मोर्चा, विभागहरुको समन्वयात्मक बैठकलाई संवोधन गर्दै उहाँले माओबादीको नेतृत्व र नीतिमा नेपाल र नेपालको राजनीतिक दलहरु नै अगाडि बढीरहेको कुरा बताउँदै यसलाई जनताको बीचमा लग्नको लागि सबै जनवर्गियका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

स्थायी समितिका सदस्य जोखबहादुर महराले माओवादी केन्द्र सधै सम्पूर्ण विभेदको लागि लड्ने पार्टी भएको यसलाई अझै जनताको बीचमा लग्नका पार्टीका जनवर्गिय संगठन मोर्चाहरुको महत्पूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सबै विभेदको विरुद्धमा लडिएको आन्दोलनलाई नयाँ ढंगले विकास गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।

स्थायी समिति सदस्य जोखबहादुर महराले नेपालको जनमुक्ति आन्दोलनमा उत्पीडित समुदाय, वर्ग, लिंग, क्षेत्रहरुकोको महत्पूर्ण सहयोग गरेकोले जनयुद्ध सफल भएको बताउँदै त्यसलाई अझै निरन्तर रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

महराले आम जनताको बीचमा पार्टीलाई लाग्नका लागि आम जनवर्गिय संगठन नै लाग्न निर्देशन दिर्दै आम जनताको बीचमा गएर जनसंगठन निर्माण गर्ने सबै जनविर्गय संगठनलाई अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार पुनमगर सिजलले पार्टीलाई चलायमान र क्रियाशील गराउने जनवर्गिय संगठनहरु भएकोले सबै जनवर्गिय संगठनहरु गतिवान र चलायमान गराउनुका लागि लाग्न जनवर्गिय संगठनहरुलाई निर्देशन दिनुभएको छ । जनवर्गिय संगठननहरुलाई केन्द्रीकृत र एकीकृत योजना निर्माण गरी पार्टीले परिचालन अगाडि बढाउनको लागि नै नै पार्टी लाग्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज समेत रहनु भएका दीपेन्द्र कुमार पुनमगरको रोल्पा जिल्लालाई पार्टी र संगठन सुद्धित गराउनको लागि सबैको साझा प्रयासबाट मात्रै सम्भव भएको बताउँदै त्यसका लागि आगामी दिनमा सबैले अगाडि बढाउनको लागि सबैलाई निर्देशन दिनुभएको छ । रोल्पा जिल्लालाई माओवादी आन्दोलनको केन्द्रलाई बचाई राख्नका लागि सबै जनविर्गय संगठनहरुको साझा दायित्व भएकोले त्यसमा आम जनताको घर दैलोसम्म पुग्नका लागि निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य सुरेन्द्र थापा घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष बीरबहादुर खत्री रहनुभएको थियो । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य अखिल (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज रेशम पुनमगर, अखिल नेपाल महिला संघका फ्याक्सन इन्चार्ज त्रिपणी बैजाली, नेपाल दलित मुक्ति मोर्चाका फ्याक्सन इन्चार्ज मानिसंह विश्वकर्मा, अखिल नेपाल महिला संघका फ्याक्सन इन्चार्ज त्रिपनी बैजाली मगर, अखिल नेपाल किसान संघका फ्याक्सन इन्चार्ज ऋषिराम रोकामगर लगायतले रिपोटिङ मनतव्य राख्नुभएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक तुलसी सुनार, अखिल नेपाल महिला संघ रोल्पाका संयोजक हितकुमारी बुढा, अखिल (क्रान्तिकारी) रोल्पाका सह सचिव सुमन विश्वकर्मा, मगर राष्ट्रिय मुक्ति मार्चाका कर्ण बुढामगर, शहीद परिवार समाज रोल्पाका देउकला घर्तीमगर, जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संघका भानबहादुर घर्तीमगर, अखिल नेपाल खेलकुद संघका केन्द्रीय सदस्य हिमाल डाँगी, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवि गुरुङ, अखिल नेपाल किसान संघ रोल्पाका अध्यक्ष विरबल खड्का, अखिल नेपाल कर्मचारी संगठन रोल्पाका अध्यक्ष लबलाइट वली, अखिल नेपाल शिक्षक संगठन जिल्ला संगठन समितिका अध्यक्ष मधुसुदन पोखेल, अखिल नेपाल स्वास्थ्य कर्मी संगठनका जिल्ला संयोजक सुमन आचार्य लगायले रिपोटिङ राख्नुभएको थियो ।

जनवर्गियहरु संगठनहरुको बैठक बस्ने, सबै जनवर्गिय संगठनहरुको रसिद वितरण, केन्द्र र प्रदेशहरुको विभागहरुको बैठक तलसम्म सर्कुलरहरु अनुसार असोज १५ गतेसम्म सबैको भेला सम्मेलन गरि सक्नु पर्ने, चुनाव केन्द्रीत गरी सबैलाई मंसिर ४ को निर्वाचनमा केन्द्रीयत हुने गरी नै अगाडि बढाउने निर्णय गरेको छ । समन्वय बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण केसीले सञ्चालन गर्नुभएके थियो । बैठकले सबै जनवर्गिय संगठनहरु संगठन निर्माणमा लागेर सबै प्रशिक्षण भेला, सम्मेलनहरु गर्ने निर्णय गरेको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित

0

सूर्य सुनार भदौँ ०५ गुल्मी : प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीका अध्यक्ष अधिवक्ता खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल, उपाध्यक्ष अधिवक्ता टुक बहादुर कुवँर, सचिब अधिवक्ता हीरा कुवँर, कोषाध्यक्ष अधिवक्ता युवराज अचार्य, सदस्यहरुमा अधिवक्ता गणेश श्रीपाली अधिवक्ता हिरा अर्याल, अधिवक्ता जिवलाल पाण्डे, अधिवक्ता ओम बहादुर कार्की, अधिवक्ता भिम बहादुर पाण्डे कार्य समितिमा रहनुभएको छ ।

अधिवेशनले लुम्बिनी प्रदेश समिति सदस्यमा अधिवक्ता बोमलाल भण्डारी र अधिवक्ता चिरञ्जीवी शर्मालाई सिफारिस गरेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीकी सचिब अधिवक्ता हीरा कुवँरले बताउनुभयो ।

समितिले विध्यमान सम्बिधान कानुनको कार्यान्वयनमा थप सहजीकरण गर्ने र नागरिकहरुको न्याय प्राप्तिका लागि निरन्तर पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष खनालले बताउनुभयो ।

इश्मा गाउँपालिकामा जनप्रतिनिधिको उपहार : ब्यवसायीलाई झण्डै तीन गुण बढी करको भार

0

खबरमार्केट ब्युरो
भदौ ५,२०७९ गुल्मीः गुल्मीको इश्मा गाउँपालिकाले ब्यवसाय नवीकरणमा झण्डै तीन गुण बढीले कर वृद्धि गरीे स्थानीयहरुलाई करको उपहार दिएको छ ।

यस अगाडि ब्यवसाय नविकरण गर्दा रु चार समयमा गर्दै आइएको र अहिले यसलाई बढाएर एक हजार पाँच सय रुपियाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

इश्मा गाउँपालिका नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको अध्यक्षको उम्मेद्वार समेत रहनुभएका हीरा एसीले बर्तमान सरकारले जनतालाई करको उपहार दिएको टिप्पणी गरे । स्थानीय सरकारले जनतालाई राहत दिने भन्दा पनि करको दर बढाएर जनताको ढाड सेक्ने गरी काम गरेको आरोप उनले लगाए ।

अहिलेको स्थानीय सरकारको ध्यान बाटो खन्ने ,खरिद गर्ने , भवन निर्माणमा र निश्चित ब्यक्तिलाई लाभ हुने बाहेकका अन्य कामहरु नभएको उनको आरोप छ । यहि गतिमा स्थानीय सरकार अगाडि बढेमा जनताले बिद्रोह गर्न समेत पछाडि नपर्ने उनले चेतावनी दिए ।
इश्मा गाउँपालिका वडा नम्वर पाँचमा सिर्जना स्टोर्सका संचालक पशुपति पैयानीले स्थानीय सरकारले राहत देला भनेको त कर बढाएर करको उपहार दिएको गुनासो गरिन् ।

गाउँमा बार्षिक ५० हजारको पनि ब्यापार नहुने भन्दै उहाँले कर कार्यालय र गाउँपालिकालाई कर बुझाउनुपर्ने समस्याले गर्दा ब्यापार नै बन्द गर्नुबाहेकको बिकल्प नरहेको उनले गुनासो गरिन् ।

यता गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहनुभएका भगतसिंह खडकाले करको दरमा परिवर्तन गरिएको बताए । उनले अहिलेको अवस्थामा बार्षिक रुपमा एक हजार पाँच सय रुपियाँ तिर्न नसक्ने कोही पनि नभएको बताएका छन् ।

ब्यवसायीहरुलाई यो कुनै ठूलो कुरा नभएको भन्दै बाहिर यसलाई अतिरञ्जित बनाइएको खडकाको भनाई छ ।