बामपन्थी एकता आवश्यक तर तत्काल सम्भव छैन : झलनाथ खनाल

0
186

सन्तोष महतारा
गुल्मी, ६ भदौ ÷ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बामपन्थी एकता असम्भव रहेको बताएका छन् । नेपालमा वामपन्थी एकता आवश्यक रहेपनि असम्भव रहेको पूर्वप्रधानमन्त्री खनालले बताएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले नेकपा एमालेतर्फ केन्द्रित गर्दै वामपन्थी राजनीतिक नेतृत्वले एकताको महसुश नगरेको बताए ।

‘वामपन्थी एकता आवश्यक भएपनि अहिले असम्भव छ ।’ नेता खनालले भने, “वामपन्थी राजनीतिक नेतृत्वहरु तयार नभएकोले अहिले एकता असम्भव छ ।” अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले अन्य दलहरुसंग एकीकरणको सम्भावना नभएको भन्दै निार्वचनपछि एकीकरणतर्फ लाग्ने बताए ।

संबिधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको नेता खनालले बताए । नेतृत्वको दम्भ र अंहकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संबिधानको रक्षा गरेको दाबी गरे ।

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँडको लागि कार्यदलले काम गरिहेको भन्दै चुनौती नहुने उनले बताए । नागरिकता बिधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाई छ । राष्ट्रियताको सन्र्दभमा सबै दलहरु एकताबद्ध नभएको उनले बताए । समाजबादी पार्टी नीति र विधि अनुसार अगाडि बढ्ने उनले बताएका छन् ।

SHARE