“नेकपा माओवादीको नीति र नेतृत्वमा नै नेपाल अगाडि बढेको छ” : महरा

0
178

मानसिंह विश्वकर्मा

भदौ ५,२०७९ रोल्पा ःनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जोखबहादुर महराले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कै नीति अनुसार नेपाल अगाडि बढेको बताउनुभएको छ ।
रोल्पामा आयोजित जनवर्गिय संगठन, मोर्चा, विभागहरुको समन्वयात्मक बैठकलाई संवोधन गर्दै उहाँले माओबादीको नेतृत्व र नीतिमा नेपाल र नेपालको राजनीतिक दलहरु नै अगाडि बढीरहेको कुरा बताउँदै यसलाई जनताको बीचमा लग्नको लागि सबै जनवर्गियका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

स्थायी समितिका सदस्य जोखबहादुर महराले माओवादी केन्द्र सधै सम्पूर्ण विभेदको लागि लड्ने पार्टी भएको यसलाई अझै जनताको बीचमा लग्नका पार्टीका जनवर्गिय संगठन मोर्चाहरुको महत्पूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सबै विभेदको विरुद्धमा लडिएको आन्दोलनलाई नयाँ ढंगले विकास गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।

स्थायी समिति सदस्य जोखबहादुर महराले नेपालको जनमुक्ति आन्दोलनमा उत्पीडित समुदाय, वर्ग, लिंग, क्षेत्रहरुकोको महत्पूर्ण सहयोग गरेकोले जनयुद्ध सफल भएको बताउँदै त्यसलाई अझै निरन्तर रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

महराले आम जनताको बीचमा पार्टीलाई लाग्नका लागि आम जनवर्गिय संगठन नै लाग्न निर्देशन दिर्दै आम जनताको बीचमा गएर जनसंगठन निर्माण गर्ने सबै जनविर्गय संगठनलाई अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार पुनमगर सिजलले पार्टीलाई चलायमान र क्रियाशील गराउने जनवर्गिय संगठनहरु भएकोले सबै जनवर्गिय संगठनहरु गतिवान र चलायमान गराउनुका लागि लाग्न जनवर्गिय संगठनहरुलाई निर्देशन दिनुभएको छ । जनवर्गिय संगठननहरुलाई केन्द्रीकृत र एकीकृत योजना निर्माण गरी पार्टीले परिचालन अगाडि बढाउनको लागि नै नै पार्टी लाग्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज समेत रहनु भएका दीपेन्द्र कुमार पुनमगरको रोल्पा जिल्लालाई पार्टी र संगठन सुद्धित गराउनको लागि सबैको साझा प्रयासबाट मात्रै सम्भव भएको बताउँदै त्यसका लागि आगामी दिनमा सबैले अगाडि बढाउनको लागि सबैलाई निर्देशन दिनुभएको छ । रोल्पा जिल्लालाई माओवादी आन्दोलनको केन्द्रलाई बचाई राख्नका लागि सबै जनविर्गय संगठनहरुको साझा दायित्व भएकोले त्यसमा आम जनताको घर दैलोसम्म पुग्नका लागि निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य सुरेन्द्र थापा घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष बीरबहादुर खत्री रहनुभएको थियो । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य अखिल (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज रेशम पुनमगर, अखिल नेपाल महिला संघका फ्याक्सन इन्चार्ज त्रिपणी बैजाली, नेपाल दलित मुक्ति मोर्चाका फ्याक्सन इन्चार्ज मानिसंह विश्वकर्मा, अखिल नेपाल महिला संघका फ्याक्सन इन्चार्ज त्रिपनी बैजाली मगर, अखिल नेपाल किसान संघका फ्याक्सन इन्चार्ज ऋषिराम रोकामगर लगायतले रिपोटिङ मनतव्य राख्नुभएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला संयोजक तुलसी सुनार, अखिल नेपाल महिला संघ रोल्पाका संयोजक हितकुमारी बुढा, अखिल (क्रान्तिकारी) रोल्पाका सह सचिव सुमन विश्वकर्मा, मगर राष्ट्रिय मुक्ति मार्चाका कर्ण बुढामगर, शहीद परिवार समाज रोल्पाका देउकला घर्तीमगर, जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संघका भानबहादुर घर्तीमगर, अखिल नेपाल खेलकुद संघका केन्द्रीय सदस्य हिमाल डाँगी, प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवि गुरुङ, अखिल नेपाल किसान संघ रोल्पाका अध्यक्ष विरबल खड्का, अखिल नेपाल कर्मचारी संगठन रोल्पाका अध्यक्ष लबलाइट वली, अखिल नेपाल शिक्षक संगठन जिल्ला संगठन समितिका अध्यक्ष मधुसुदन पोखेल, अखिल नेपाल स्वास्थ्य कर्मी संगठनका जिल्ला संयोजक सुमन आचार्य लगायले रिपोटिङ राख्नुभएको थियो ।

जनवर्गियहरु संगठनहरुको बैठक बस्ने, सबै जनवर्गिय संगठनहरुको रसिद वितरण, केन्द्र र प्रदेशहरुको विभागहरुको बैठक तलसम्म सर्कुलरहरु अनुसार असोज १५ गतेसम्म सबैको भेला सम्मेलन गरि सक्नु पर्ने, चुनाव केन्द्रीत गरी सबैलाई मंसिर ४ को निर्वाचनमा केन्द्रीयत हुने गरी नै अगाडि बढाउने निर्णय गरेको छ । समन्वय बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण केसीले सञ्चालन गर्नुभएके थियो । बैठकले सबै जनवर्गिय संगठनहरु संगठन निर्माणमा लागेर सबै प्रशिक्षण भेला, सम्मेलनहरु गर्ने निर्णय गरेको छ ।

SHARE